नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • एक पक्षीय सूचना फैलिएको भन्दै शर्माले निकाले विज्ञप्ती, आक्रमण घटनामा निष्पक्ष 'अनुसन्धान' माग
एक पक्षीय सूचना फैलिएको भन्दै शर्माले निकाले विज्ञप्ती, आक्रमण घटनामा निष्पक्ष 'अनुसन्धान' माग
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १४, २०८३ बागेश्वरी पोस्ट
एक पक्षीय सूचना फैलिएको भन्दै शर्माले निकाले विज्ञप्ती, आक्रमण घटनामा निष्पक्ष 'अनुसन्धान' माग
AI Generated

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१० बिन्देवासिनी टोलका नारायण प्रसाद शर्माले आफू र आफ्नो घरपरिवारमा आक्रमण भएको घटनाबारे प्रेस विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । शर्माका अनुसार बैशाख ३ गते बिहान करिब ९.३० बजे केही बालबालिकाले घर अगाडि बाख्रा चराइरहेका थिए । बाख्राले घरको तरकारी बाली खाएको देखिएपछि उनले सामान्य नियन्त्रणका लागि एक बाख्रा समातेका थिए । त्यसपछि बाख्रा लिन आएकी एक बालिकालाई सामान्य रूपमा जिम्मेवार व्यक्तिलाई बोलाएर बाख्रा बुझ्न आग्रह गरिएको उनले बताएका छन् ।

तर, केही समयपछि करिब ३०–३५ जनाको समूह अचानक उनको घरमा प्रवेश गरी आक्रमण गरेको शर्माले विज्ञप्तीमा उल्लेख गरेका छन् । उक्त समूहले कुनै पूर्व जानकारी वा संवाद बिना आक्रामक रूपमा घरभित्र प्रवेश गरी ढुंगा, इँटा तथा घरेलु औजार प्रयोग गरेर तोडफोड र कुटपिट गरेको उनको भनाई छ । घटनामा शर्मा स्वयं घाइते भएका छन् भने परिवारका सदस्य र छिमेकीहरू पनि प्रभावित भएका छन् । घरमा भौतिक क्षति पुगेको र बालबालिका समेत त्रसित बनेको विज्ञप्तिमा उल्लेख छ । घाइते शर्माले आफ्नो उपचार भइरहेको उल्लेख गरेका छन् । 

घटनापछि प्रहरीलाई खबर गरिएको र प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले घटनामा संलग्नमध्ये दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिइएको छ । शर्माले घटनापछि केही व्यक्तिहरूले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत एकतर्फीरुपमा गलत तथा भ्रामक र अप्रमाणित सूचना फैलाएको भन्दै आपत्ति जनाएका छन् । उनले यस्तो गतिविधिले समाजमा भ्रम सिर्जना गर्ने र पीडितलाई झन् अन्यायमा पार्ने उल्लेख गरेका छन् ।

उनले घटनाको निष्पक्ष, पारदर्शी र गहिरो अनुसन्धान गरी दोषीलाई कानुन अनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । साथै आफ्नो तथा परिवारको सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरेका छन् । साथै उनले सञ्चारमाध्यम र सर्वसाधारणलाई सत्यतथ्यमा आधारित सूचना मात्र प्रसारण तथा ग्रहण गर्न अपील गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ती

May be an image of the Western Wall and textMay be an image of the Western Wall and text


प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १८:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP