नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २०, २०८३ बागेश्वरी पोस्ट
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'

नेपालगन्ज । पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका व्यक्त गरेका छन् । हरेक वर्ष मे ३ मा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाँके शाखाले आज नेपालगन्जमा आयोजना गरेको 'सरकारको विभेदकारी विज्ञापन नीति बनाम प्रेस स्वतन्त्रताः अबको बाटो ?' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकारहरुले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारशिला भएको भन्दै लोकतन्त्रमा सरकार प्रेसमाथि अनुदार बन्ने परिकल्पना नै गर्न नसकिने बताए । तर, सरकारको सुरुवाती पाइला ठीक नभएको उनीहरुको आशंका छ । पत्रकारहरुले सरकारले निजी मिडिया विरुद्ध आर्थिक नाकाबन्दी सुरु गरेर निजी मिडियालाई कमजोर बनाउन उद्यत रहेको टिप्पणी गरे ।

महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषि चौलागाईले संघीय सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढेको टिप्पणी गर्दै संघीय शासन प्रणालीको अभ्यास भइरहेको मुलुकमा प्रदेश र स्थानीय सरकारहरु निरीह बन्नु चिन्ताको विषय रहेको बताए । उनले प्रदेश र स्थानीय सरकारले संघीय परिपत्र र निर्णयको अवज्ञा गर्न हिम्मत गर्नुपर्ने बताए । उनले पछिल्लो समय पेशागत असुरक्षा बढेको बताए । महासंघ बाँके अध्यक्ष नवीन गिरीले प्रेस स्वतन्त्रताको रक्षा गर्नु राज्यको दायित्व भएको बताउँदै सरकारले अभिभावकत्व ग्रहण गर्न चुकिरहेको बताए । उनले सरकारको बिभेदकारी विज्ञापन नीति खारेजयोग्य रहेको जिकिर गरे । यो बर्ष प्रेस स्वतन्त्रता हननका घटना बढेको चित्रण गर्दै गिरीले मिडिया र पत्रकारमाथिको दुर्व्यवहर र आक्रमण बढ्नु चिन्तको विषय बनेको उल्लेख गरे ।

अन्तरक्रिया कार्यक्रममा पूर्व अध्यक्ष झलक गैरेले सरकारको यो कदम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बनाउने लक्ष्यसहित अघि बढेको टिप्पणी गरे । मिडिया बन्द गर्ने सरकारको मनसाय देखिएको उनको आशंका छ । अर्का पूर्व अध्यक्ष निरज कुमार गौतमले निजी मिडियालाई विभेद गर्ने छुट सरकारलाई नभएको बताए । कार्यक्रममा समाजबादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्यद्वय मो. आरिफ अन्सारी, हेमन्त विक, क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष सावित्री गिरी, पत्रकार टेकेन्द्र बस्याल लगायतले बोलेका थिए ।


प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  २०:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP