नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २०, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ

नेपालगञ्ज । नेपाली कथानक चलचित्र 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरिएको छ । नेपालगञ्जमा आज बादी समुदायका अगुवाले आयोजना गरेको पत्रकार सम्मेलनमा 'लालीबजार' चलचित्रका कार्यकारी निर्माता प्रदिप भट्टराई, निर्माता रविन्द्र सिंह बानियाँ र निर्देशक यम थापालाई कानुन बमोजिम कारवाही हुनुपर्ने माग समेत गरेका छन् । उनीहरुले चलचित्र 'लालीबजार' लाई कुनै पनि हालतमा प्रदर्शनमा आउन नदिने चेतावनी पनि दिए ।

संवैधानिक र कानुनी ब्यवस्थालाई बेवास्ता गरी विगतमा बादी समुदायको केही परिवारमा देखिएको यौन शोषणलाई आधार बनाई आफ्नो समुदायको आत्मसम्मानमा ठेस पुग्ने गरी आपत्तिजनक दृश्य र संवादसहित चलचित्र बनाइएको भन्दै उनीहरुले 'लालीबजार' को प्रदर्शन रोक्नुपर्ने माग गरे । पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश सभा सदस्य सुशिला बादी, राष्ट्रिय वादी सञ्जाल नेपालका केन्द्रीय अध्यक्ष केशव नेपाली, सदस्य प्रकाश बादी, बादी अगुवाहरु मञ्जु नेपाली, बसन्ती नेपाली, कल्पना नेपाली, अभिषेक नेपाली, एकता नेपाली लगायतले चलचित्रले आफ्नो समुदाय र महिलाहरुको इज्जतको खिल्ली उडाएको, कानुनको बर्खिलाप रहेको र आफ्नो समुदायको सामाजिक, मानसिक र शारीरिक अपमान गरेको बताउँदै चलचित्र बन्द गरिनुका साथै निर्माता र निर्देशकहरुलाई कारबाही गरिनुपर्ने माग गरे ।

May be an image of one or more people, dais and text that says 'दिटनो'

चलचित्र 'लालीबजार' को प्रदर्शन रोक्न माग गर्दै वादी समुदायका अगुवाले उच्च अदालत पाटनमा रिट पनि हालेका छन् ।गएको शुक्रबारबाट प्रदर्शनमा आउने तय भएको चलचित्र ‘लालीबजार’ को रिलिज २२ गतेसम्मलाई रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । डा. रोशनी नेपाली वादी लगायत वादी समुदायका केही अभियन्ताहरुले चलचित्रविरुद्ध रिट निवेदन हालेका थिए । ‘लालीबजार’ ले वादी समुदायलाई नैतिक, सामाजिक र व्यवहारिक रूपले गलत देखाएको उनीहरूको आरोप छ ।

चलचित्रले वादी समुदायको सृजना, कला, संस्कृति, पहिचान, संघर्ष र इतिहास कुल्चेर चरित्र हत्या गर्ने उद्दत भएको आरोप बादी समुदायको छ । उनीहरुले चलचित्र हल संचालक र सम्पूर्ण दर्शकहरुलाई समेत चलचित्र 'लालीबजार' बहिष्कार गर्न आग्रह समेत गरे ।

May be an image of one or more people and dais


प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  २०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP