नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, वैशाख २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा विश्व रेडक्रस दिवस मनाइयो
बाँकेमा विश्व रेडक्रस दिवस मनाइयो
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख २५, २०८३ बागेश्वरी पोस्ट
बाँकेमा विश्व रेडक्रस दिवस मनाइयो

नेपालगञ्ज । 'मानवताका लागि एकबद्ध होऔं' भन्ने मूल नाराका साथ ८ मे अर्थात आज विश्व रेडक्रस दिवस बाँकेमा पनि मनाइएको छ । दिवसका अवसरमा जिल्ला शाखा, उपशाखा र सर्कलहरुमा विविध सन्देशमूलक कार्यक्रमहरुको आयोजना गरी दिवस मनाइएको हो । हरेक वर्ष ८ मे का दिन रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर विश्वका १९१ रेडक्रस तथा रेक्रिसेन्ट सोसाइटीहरुले यो दिवस मनाउने गर्दछन् । 

दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका निवासी रक्तदाता फरमान अलि सिद्धिकी (सोनु) ले आफ्ना स्वार्गीय बुबा इरसाद अलि सिद्धिकीको (मुन्ना दाई) को तेस्रो बार्षिक पुण्यतिथिको अवसरमा रगत राख्ने फ्रिजर नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्रलाई प्रदान गरे । बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले दातालाई सम्मान गरी धन्यवाद व्यक्त गर्दै रेडक्रसका विभिन्न सेवा गतिविधिहरुमा स्वयंसेवकहरु एकबद्ध भई गर्दै आएको सहयोग उल्लेखनीय रहेको बताए ।  

बाँके जिल्ला शाखा अन्तर्गत ८ वटै स्थानीय तहको कार्य क्षेत्रमा १७ वटा उपशाखा रहेका छन । ती उपशाखाहरुमा कुसुम, कचनापुर, सोनारी, गंगापुर, बेतहनी, कोहलपुर, बैजनाथ, खजुरा, सितापुर, जानकी, बेलासपुर, पुरैनी, घरवारीटोल, पिप्रहवा, सदरलाइन, बाँकेबगिया र मनिकापुर रहेका छन् । उक्त उपशाखाहरुले आ–आफ्नो कार्य क्षेत्रभित्र विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन् । 

रक्तसचार केन्द्रमा आयोजित कार्यक्रम बाँके शाखाका सभापति सम्झनाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, कार्यसमिति सदस्यहरु अजीतकुमार शर्मा, सनतकुमार रेग्मी, सरिता ज्ञवाली, खगेसरी भण्डारी र सीता शर्मा पोख्रेल लगायत कर्मचारी र स्वयंसेवकहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन रक्तसंचार केन्द्रका इन्चार्ज उपेन्द्र रेग्मीले गरेका थिए । 


प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  २०:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा विश्व रेडक्रस दिवस मनाइयो
बाँकेमा विश्व रेडक्रस दिवस मनाइयो
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP