नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • वातावरण दिवसमा सचेतनामूलक सडक नाटक प्रदर्शन
वातावरण दिवसमा सचेतनामूलक सडक नाटक प्रदर्शन
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २२, २०८३ बागेश्वरी पोस्ट
वातावरण दिवसमा सचेतनामूलक सडक नाटक प्रदर्शन

नेपालगञ्ज । विश्व वातावरण दिवसको अवसर पारेर बास नेपालको आयोजनामा बाँकेका विभिन्न स्थानमा वातावरण संरक्षण सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । वातावरण संरक्षण, फोहोर व्यवस्थापन, प्लास्टिकजन्य वस्तुको अत्याधिक प्रयोगबाट हुने नकारात्मक असर, जलवायु परिवर्तन तथा मानव जीवनमा वातावरणीय संकटले पार्ने प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त सडक नाटक प्रदर्शन गरिएको हो ।

कोहलपुर नगरपालिकाको समन्वयमा कोहलपुर बजार क्षेत्रमा तथा डिभिजन वन कार्यालय बाँकेको सहयोगमा नेपालगञ्जस्थित मंगल प्रसाद नमुना माध्यमिक विद्यालय र महेन्द्र पार्कमा नाटक प्रस्तुत गरिएको बास नेपालले जनाएको छ । नाटकमार्फत बढ्दो प्लास्टिक प्रदूषण, अव्यवस्थित फोहोर व्यवस्थापन, वन विनाश, जलवायु परिवर्तनका कारण देखिएका असर तथा वातावरण संरक्षणमा नागरिकको भूमिका जस्ता विषयलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो । कलाकारहरूले मनोरञ्जनात्मक शैलीमा वातावरणीय चुनौती र त्यसको समाधानका उपायहरू प्रस्तुत गर्दै वातावरण जोगाउने जिम्मेवारी सबैको साझा दायित्व भएको सन्देश दिएका थिए । सडक नाटकमा मन भण्डारी, माधव कार्की, शोभा भण्डारी, राष्ट्री बुढा, लोकबहादुर घर्ती, सुमिता कुमाल तथा शोभा चौधरीले अभिनय गरेका थिए । कलाकारहरूको प्रभावकारी प्रस्तुतीले दर्शकहरूको ध्यान आकर्षित गरेको थियो ।

प्रस्तुत नाटक ६ सय भन्दा बढी विद्यार्थी, युवा, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले अवलोकन गरेका थिए । नाटकपछि सहभागीहरूबीच वातावरण संरक्षणका लागि अपनाउन सकिने व्यवहारिक उपायहरूबारे समेत छलफल गरिएको थियो । सडक नाटकमा डिभिजन वन कार्यालय बाँकेका वन अधिकृत सुशील सुवेदी, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मा, निर्देशक हेमराज भट्ट, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरूले वातावरण संरक्षणका लागि सरकारी निकाय, स्थानीय तह, विद्यालय, समुदाय तथा नागरिक समाज सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै वातावरणीय चुनौतीहरूको सामना गर्न सामूहिक प्रयास अपरिहार्य रहेको बताएका थिए । विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको उक्त सडक नाटकले वातावरण संरक्षणप्रति नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै वातावरणमैत्री व्यवहार अपनाउन प्रेरित गरेको सहभागीहरुले बताएका थिए ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  २१:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वातावरण दिवसमा सचेतनामूलक सडक नाटक प्रदर्शन
वातावरण दिवसमा सचेतनामूलक सडक नाटक प्रदर्शन
आप्रवासी सेवा केन्द्रको अनुगमन
आप्रवासी सेवा केन्द्रको अनुगमन
राप्तीसोनारीको 'सञ्चार नीति' को मस्यौदामाथि कार्यपालिका र शाखा प्रमुखसंग अन्तरक्रिया
राप्तीसोनारीको 'सञ्चार नीति' को मस्यौदामाथि कार्यपालिका र शाखा प्रमुखसंग अन्तरक्रिया
राप्तीसोनारीका कर्मचारीले भने- दोषीलाई कारबाही र सुरक्षित वातावरण नभए काम गर्न सक्दैनौं
राप्तीसोनारीका कर्मचारीले भने- दोषीलाई कारबाही र सुरक्षित वातावरण नभए काम गर्न सक्दैनौं
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP