नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदाय स्तरीय अभिमुखीकरण
सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदाय स्तरीय अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ २३, २०८३ बागेश्वरी पोस्ट
सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदाय स्तरीय अभिमुखीकरण

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदाय स्तरीय सचेतना अभिबृद्धि अभियान शुरु गरेको छ । रोजगारीका लागि विदेश जानु भन्दा अघि थाहा पाउनुपर्ने कुराहरुको बारेमा घरपरिवारका सदस्यलाई जानकारी दिन थालिएको हो । नेपालबाट रोजगारीका लागि जाने अधिकांश युवाहरु दुःख पाउने र केहीको अनाहकमा ज्यान जाने घटनाहरु बढीरहेकाले विदेश जानु भन्दा अघि सबै जानकारी भएमा जोखिमबाट बच्न सकिनेबारे जानकारी गराइनेछ ।

डुडुवा गाउँपालिका रोजगार शाखाले पालिकाका सबै वडालाई समेटर गाउँ टोलका अभिभावक, युवा लगायतलाई जानकारी दिन लागेको छ । वडा नंं–५ पदमपुरमा सामुदायिक अभिमुखीकरण गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सचेतना कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यस्ता कार्यक्रमले पालिकाबासीलाई सचेत बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी अभिभावक, युवा, तथा विदेशबाट फर्किएका युवाहरु गरी करिब ५० बढीको सहभागिता रहेको थियो । सुरक्षित आप्रवान (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विभिन्न जानकारी प्रदान गरिएको थियो ।

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने युवायुवती तथा तिनका परिवारलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सहभागीहरूलाई वैदेशिक रोजगारमा जानु अघि पूरा गर्नुपर्ने कानुनी प्रक्रिया, श्रम स्वीकृति, रोजगारदातासँगको सम्झौता, बीमा, सीप तथा अभिमुखीकरण तालिम, वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने सेवासुविधा, विदेशमा श्रमिकको अधिकार तथा कर्तव्य लगायतका विषयमा जानकारी प्रदान गरिएको गाउँपालिकाका रोजगार संयोजक अल्का मिश्रले जानकारी दिइन्।

कार्यक्रममा विदेश जाने युवाले देशको बारे जानकारी लिने, रोजगारीका लागि सिप अनिवार्य हुनुपर्ने सामी कार्यक्रमका जिल्ला संयोजक कमल सिंह नेपालीले बताए । उनले वैदेशिक रोजगारका क्रममा हुने मानव बेचबिखन, ठगी, झुटा प्रलोभन तथा अवैधानिक माध्यमबाट विदेश जाने प्रवृत्तिबाट सावधान रहन आग्रह गरे । कार्यक्रमका सहभागीले वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए । डुडुवाको ६ वटै वडामा अभिमुखीकरण कार्यक्रम संचालन गरिने जनाइएको छ । 
 


प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  १७:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP