Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ २४, २०८३ बागेश्वरी पोस्ट
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने

काठमाडौं । भायानेट कम्युनिकेसन्सले वाईफाई–६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ हजार ८०० रुपैयाँ (करसहित) मा उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार उक्त प्याकेजमा सामान्यतया २ हजार ८२५ रुपैयाँ लाग्ने वाईफाई–६ ओएनयू जडान शुल्क नलाग्नेछ भने ग्राहकले १ हजार रुपैयाँ डिपोजिट मात्र तिर्नुपर्नेछ ।

कम्पनीले उच्च गति, भरपर्दो कनेक्टिभिटी र आधुनिक इन्टरनेट अनुभव खोज्ने ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याएको जनाएको छ । यस प्याकेजसँगै ग्राहकले प्रतिमहिना २५० रुपैयाँ (करसहित) मा भायाटिभी सेवा पनि जोड्न सक्नेछन् ।

भायाटिभीमार्फत २०० भन्दा बढी टेलिभिजन च्यानल, लाइभ टिभी पज तथा रिवाइन्ड, कार्यक्रम तालिका, चलचित्र र सिरिजलगायतका सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । वार्षिक प्याकेज लिने ग्राहकले पहिलो सेट–टप बक्समा लाग्ने २ हजार २६० रुपैयाँ सक्रिय शुल्कबाट पनि छुट पाउनेछन् । सेट–टप बक्सका लागि १ हजार रुपैयाँ डिपोजिट भने कायम रहनेछ ।

ग्राहकलाई थप सुविधा दिन कम्पनीले ‘डामी एप’सँग सहकार्य गरेको छ । यस अन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकले १ हजार ५०० रुपैयाँ बराबरको एक वर्षे सदस्यता निःशुल्क प्राप्त गर्नेछन् । डामी एपमार्फत रेस्टुरेन्ट, कपडा पसल, सैलुन तथा अन्य विभिन्न व्यवसायिक प्रतिष्ठानमा छुट सुविधा उपलब्ध हुने बताइएको छ । यो सुविधा हाल काठमाडौं, पोखरा र चितवनका ग्राहकका लागि मात्र लागू हुनेछ ।

कम्पनीले यस वर्षको प्रचार अभियानलाई “अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै” भन्ने नारासहित अघि बढाएको छ ।

यसैबीच, भायाटिभी प्रयोगकर्ताले फुटबल विश्वकप–२०२६ हेर्न आवश्यक कुपन पनि खरिद गर्न सक्ने भएका छन् । विश्वकपको नेपाल प्रसारण अधिकार हिमालय टिभीसँग रहेको छ । निर्धारित शुल्क अनुसार ग्राहकले प्रति टिभी ९९९ रुपैयाँ तिरेर हिमालय स्पोर्ट्स च्यानलमार्फत विश्वकपका खेल प्रत्यक्ष हेर्न सक्नेछन् ।

कुपन ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएस लगायतका डिजिटल भुक्तानी माध्यमबाट खरिद गर्न सकिनेछ । भायाटिभीमा देखिने क्यूआर कोड स्क्यान गरेर पनि कुपन खरिद गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एउटा कुपन एकवटा टिभीमा मात्र प्रयोग गर्न सकिनेछ र एकपटक सक्रिय गरिसकेपछि अर्को टिभीमा स्थानान्तरण गर्न मिल्ने छैन ।

थप जानकारीका लागि ग्राहकले भायानेटको ग्राहक सेवा नम्बर ०१–५९७०६४४ मा सम्पर्क गर्न वा नजिकको सेवा केन्द्रमा पुग्न सक्ने कम्पनीले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १९:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP