नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, जेठ २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विद्यालयका शिक्षकहरूलाई वृत्ति मार्गदर्शन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
विद्यालयका शिक्षकहरूलाई वृत्ति मार्गदर्शन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
बागेश्वरी पोस्ट
सोमबार, जेठ २५, २०८३ बागेश्वरी पोस्ट
विद्यालयका शिक्षकहरूलाई वृत्ति मार्गदर्शन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगञ्ज । विद्यार्थीहरूलाई उचित शैक्षिक तथा व्यवसायिक मार्गनिर्देशन प्रदान गर्न विद्यालयका शिक्षकहरूको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यले वृत्ति मार्गदर्शन (Career Guidance) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

हेल्भेटास नेपाल, दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजना, परियोजना सहयोग इकाई, लुम्बिनी प्रदेश, दाङको प्राविधिक सहयोग तथा नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बमको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालय तहबाट नै विद्यार्थीहरूलाई सही वृत्ति मार्गदर्शन उपलब्ध गराउन सकेमा उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले बदलिँदो श्रम बजार, नयाँ सीप तथा रोजगारीका अवसरहरूबारे शिक्षकहरू अद्यावधिक रहन आवश्यक रहेको धारणा व्यक्त  गरे ।

अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य शिक्षकहरूलाई वृत्ति (Career) र जागिर (Job) बीचको भिन्नता तथा वृत्ति विकासका आधारभूत सिद्धान्तहरूबारे स्पष्ट पार्नु, विद्यार्थीहरूको रुची, क्षमता र प्रतिभा पहिचान गर्ने व्यवहारिक विधिहरू सिकाउनु तथा नेपालको शैक्षिक संकाय, प्राविधिक तथा साधारण धार र उपलब्ध वृत्ति अवसरहरूबारे अद्यावधिक जानकारी प्रदान गरेका थिए ।

कार्यक्रममा प्रशिक्षकहरू असिम पौडेल, सुनिता पौडेल र शान्ति चौधरीले वृत्ति मार्गदर्शनका अवधारणा, विद्यार्थीहरूको क्षमता तथा रुची पहिचानका उपकरणहरू, शैक्षिक तथा व्यवसायिक विकल्पहरू, श्रम बजारको वर्तमान अवस्था तथा विद्यालयस्तरमा वृत्ति परामर्शलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा सहजीकरण गरेका थिए । प्रशिक्षणका क्रममा सहभागी शिक्षकहरूले आफ्ना अनुभव आदानप्रदान गर्दै विद्यालयमा वृत्ति मार्गदर्शन कार्यक्रमलाई नियमित अभ्यासका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रमको सञ्चालन रोजगार संयोजक मञ्जु ज्ञावलीले गरेकी थिइन् । सहभागीहरूले कार्यक्रमबाट प्राप्त ज्ञान तथा सीपले विद्यार्थीहरूलाई उचित शैक्षिक र व्यवसायिक निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरू आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रले विद्यालयस्तरमा वृत्ति मार्गदर्शनलाई संस्थागत गर्दै विद्यार्थीहरूलाई आफ्नो रुची, क्षमता र श्रम बजारको माग अनुसार भविष्यको योजना बनाउन सहयोग पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ । कार्यक्रमले शिक्षकहरूलाई विद्यार्थीहरूको भविष्य निर्माणमा अझ सक्षम मार्गदर्शकको भूमिका निर्वाह गर्न महत्वपूर्ण आधार प्रदान गरेको सहभागीहरूको धारणा रहेको थियो ।


प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  २२:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैजनाथमा तीन दिने डिजिटल पत्रकारिता तालिम सुरु
बैजनाथमा तीन दिने डिजिटल पत्रकारिता तालिम सुरु
विद्यालयका शिक्षकहरूलाई वृत्ति मार्गदर्शन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
विद्यालयका शिक्षकहरूलाई वृत्ति मार्गदर्शन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
नेपालगन्जमा दुई दिने खोज तथा उद्दार तालिम सम्पन्न
नेपालगन्जमा दुई दिने खोज तथा उद्दार तालिम सम्पन्न
सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदाय स्तरीय अभिमुखीकरण
सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदाय स्तरीय अभिमुखीकरण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP