नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श
डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २९, २०८३ बागेश्वरी पोस्ट
डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको सञ्चार नीति निर्माणका क्रममा विभिन्न चरणमा छलफल तथा परामर्श गरिएको छ । संचार नीतिको मस्यौदामाथि पत्रकार तथा सञ्चार गृहका प्रकाशक-सम्पादकसंग नेपालगन्जमा विहीबार सुझाव संकलन तथा परामर्श गरिएको छ ।

डुडुवा गाउँपालिकाले आयोजना गरेको परामर्श कार्यक्रममा मस्यौदा निर्माण समितिका विज्ञ सदस्य राकेश कुमार मिश्रले नीतिको मस्यौदा प्रस्तुतिकरण गरेका थिए । प्रस्तुत गरिएको मस्यौदामाथि पत्रकारहरुले सञ्चारसंग सम्वन्धित विभिन्न कानूनी कुराहरुमा सुझाव दिएका थिए । स्थानीय तहको सञ्चार तथा सूचना प्रवाहलाई व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन नीति निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले स्थानीय तहमा सञ्चार क्षेत्र तथा पत्रकारहरुको विकासका लागि नीतिगत रुपमा अघि बढने उद्देश्यले कानून बनाउन लागेको बताए ।

कार्यक्रममा स्थानीय सरकार र सञ्चार माध्यमबीचको सम्बन्ध तथा जनउत्तरदायी सञ्चार प्रणाली निर्माणका विषयमा छलफल भएको थियो । कार्यक्रमका सहभागीले यस्तो छलफलले नीति निर्माण प्रक्रियालाई थप व्यवहारिक, समावेशी तथा जनमुखी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्दै सञ्चार नीतिलाई समयसापेक्ष, व्यवहारिक र सञ्चारमैत्री बनाउन आवश्यक सुझावहरू दिएका थिए । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम गिरीले पत्रकार तथा सञ्चार गृहको हित हुने गरी सञ्चार नीति बनाउने प्रतिबद्धता गरे । कार्यक्रममा पालिकाका सूचना अधिकारी तथा मस्यौदा निर्माण समितिका सदस्य सचिव सञ्जयकुमार कर्ण, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष समेत रहेका समितिका संयोजक नवीन गिरी, समिति सदस्य प्रियास्मृति ढकालले नीतिमा भएका विषयबस्तुका बारेमा जानकारी गराएका थिए ।

परामर्श कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अली, पूर्व अध्यक्षहरु निरज कुमार गौतम, प्रेम केसी, झलक गैरे, सामुदायिक रेडियो प्रशारक संघक केन्द्रीय सदस्य मोहम्मद आरिफ अन्सारी तथा पत्रकारहरू डक्ट धिताल, कमल न्यौपाने, शंकर प्रसाद खनाल, कुमार श्रेष्ठ, विश्वराज पछ्लडंग्या, अर्जुन ओली, रूपनी जिएम, रेजिना मल्ल, रूपा गहतराज, शकिल अहमद कादरी, भिष्म लोध, सविता चन्द लगायतले सुझाव दिएका थिए ।

पालिकाले मिडिया नीति निर्माणका लागि पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरीको संयोजकत्वमा पालिकाबाट सूचना अधिकारी सञ्जयकुमार कर्ण सदस्य सचिव र विज्ञ सदस्यमा पत्रकार राकेशकुमार मिश्र र प्रियास्मृति ढकाल रहेका छन् ।


प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १८:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP