नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ३, २०८३ बागेश्वरी पोस्ट
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको ‘डुडुवा सूचना आदानप्रदान तथा मिडिया नीति २०८३’ बारे कार्यपालिकाका पदाधिकारी तथा शाखा प्रमुखहरुसंग  छलफल गरिएको छ । कार्यक्रममा मिडिया नीतिको मस्यौदामा समेटिएका विभिन्न व्यवस्था, स्थानीय सञ्चार माध्यमको प्रवद्र्धन, सूचना प्रवाह प्रणालीको सुदृढीकरण, पत्रकारिता क्षेत्रको विकास तथा सञ्चारमैत्री स्थानीय शासनको अवधारणाका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकार र सञ्चार माध्यमबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन मिडिया नीति महत्वपूर्ण आधार बन्ने बताए । उनले सूचना तथा सञ्चारको अधिकारलाई सुनिश्चित गर्दै गाउँपालिकाका गतिविधिलाई नागरिकसम्म पारदर्शी र उत्तरदायी ढंगले सत्यतथ्य रुपमा पु¥याउन नीति निर्माण गरिएको उल्लेख गरे ।

May be an image of studying and table

अध्यक्ष चौधरीले स्थानीय तहका गतिबिधि तथा कार्यलाई जस्ताको त्यस्तै सत्यतथ्य रुपमा पत्रकारिताको मर्यादामा रही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै मिडिया नीतिले संचारको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा मिडिया नीति निर्माण समितिका विज्ञ सदस्य राकेशकुमार मिश्रले मस्यौदा नीतिका विभिन्न विषयबस्तुहरु प्रस्तुत गरेका थिए । त्यस क्रममा कार्यपालिका सदस्यहरूले नीतिमा समावेश गरिएका प्रावधान, स्थानीय सञ्चार माध्यमको सूचीकृत व्यवस्था, लोककल्याणकारी विज्ञापन वितरण, पत्रकार क्षमता विकास, सूचना प्रविधिको प्रयोग तथा मिडिया विकास कोष सञ्चालन लगायतका विभिन्न विषयमा सुझाव प्रस्तुत गरेका थिए ।

May be an image of studying

कार्यक्रममा वडा अध्यक्षहरु पटेश्वर कुर्मी, आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत विक्रम गिरीले स्थानीय तहमा सञ्चार क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउन स्पष्ट मिडिया नीति आवश्यक रहेको धारणा व्यक्त गरे । प्राप्त सुझावहरू समेटेर मस्यौदालाई थप परिमार्जन गरी गाउँसभामा पेश गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।मिडिया नीति निर्माण समितिका संयोजक रहेका नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा गाउँपालिकाका कार्यपालिका, विधायन समिति, शाखा प्रमुखहरू तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नीति निर्माण समितिका सदस्य प्रियास्मृति ढकालले गरेका थिए । मिडिया नीति कार्यान्वयनमा आएपछि गाउँपालिकाको सूचना सम्प्रेषण प्रणाली थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ । 


प्रकाशित मिति: बुधबार, असार ३, २०८३  २१:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श
डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP