नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ३, २०८३ बागेश्वरी पोस्ट
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित

नेपालगञ्ज । कोहलपुर नगरपालिकाले वडावासी नागरिकका लागि लक्षित गरी गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३३ सय नागरिकले सेवा प्राप्त गरेका छन् । नगरपालिकाले गत वैशाख १७ गतेदेखि जेठ ३० गतेसम्म नगरका १५ वटै वडाहरुमा सञ्चालन गरेको ‘समुदायस्तरमा रोग पहिचान र निदानका लागि स्वास्थ्य शिविर कार्यक्रम’ बाट २८ सय ९४ महिला र ४३५ जना पुरुष गरी जम्मा ३३ सय २९ जना लाभान्वित बनेका हुन् । नगरपालिकाले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक र विशेषज्ञ सहयोगमा ‘समुदायस्तरमा रोग पहिचान र निदानका लागि स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गरेको हो ।

३० वर्ष उमेर समूहमाथिका नागरिकमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, स्वास प्रस्वाससम्बन्धी दीर्घ रोग, मिर्गौलासम्बन्धी रोगहरू, थाइराइड, बाथरोग लगायतका नसर्ने रोगहरू र स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र अन्य स्त्रीरोग क्यान्सर लगायतका रोगहरूको विशेषज्ञ चिकित्सकसहितको टोलीले निःशुल्क स्क्रिनिङ सेवा प्रदान गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । उनले नगरवासीको स्वास्थ्यप्रति नगरपालिका सधैँभर सचेत रहेको र नगरवासीको स्वास्थ्य उपचार गर्नु कर्तव्य र जिम्मेवारी रहेको भन्दै विभिन्न समयमा विभिन्न प्रकारका रोगका विरुद्ध निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आइएको बताए । 

कोहलपुर नगर स्वास्थ्य शाखाकी जनस्वास्थ्य अधिकृत सन्ध्या बरालले कुल ३३ सय २९ जनामध्ये २४ सय ४० जनाको स्वास्थ्य जाँच गर्दा २७७ जनामा उच्च रक्तचाप तथा १५९ जनामा मधुमेह भेटिएको बताइन् । शिविरमा २ हजार ७१ जनाले मेडिकल ओपिडी सेवा लिएका थिए । जसमा नसर्ने रोगहरू सिभिए (स्ट्रोक) समस्या भई परामर्श लिने ६ जना, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग ३३ जनामा, थाइराइडको समस्या भइ परामर्श लिने ४० जना, बाथरोग १९१ जना, ग्यासटाइटिस ५३० जना, दम ९ जना, श्वासप्रश्वाससम्बन्धी अन्य समस्या ४४ जना, मानसिक समस्या ८ जना, शरीरमा विभिन्न भागमा दुखाईका १०६ जना रहेका थिए । रोगको प्रकृति हेरी सम्बन्धित स्वास्थ्य संस्थामा प्रेषण गरिएको उनले बताइन् । उनका अनुसार स्तन क्यान्सर परीक्षण सिबिई गरिएका १४ सय ९३ जनामध्ये शंकास्पद ३५ जनालाई पनि सम्बन्धित क्यान्सर अस्पतालमा प्रेषण गरिएको थियो । पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएका १२ सय ३ जनामध्ये भिआइए पोजेटिभ ३६ जना र शंकास्पद १०९ जनालाई पनि सम्बन्धित क्यान्सर अस्पतालमा प्रेषण गरिएको थियो ।

स्त्रीरोगसम्बन्धी समस्या भिडिएस ३५७, यूभी प्रोल्याप्स १५, पिआइडी १०४ जनाका साथै अन्य समस्याको पनि व्यवस्थापन गरी परामर्श सेवा प्रदान गरिएको थियो । भिडिओ एक्स–रे सेवा लिएका ४०३ जनामध्ये मिर्गौलामा पत्थरी ५० जनामा, मिर्गौलामा सिस्ट १४ जनामा तथा अन्य मिर्गौलासम्बन्धी समस्या ३ जनामा, पित्त थैलीमा पत्थरी ९ जनामा, फाइब्राइड युटेराइन ६ जना, पाठेघर सुनिने ३४ जना, शंकास्पद घाँटीको क्यान्सर १ जना, ट्युमर १ जना, शंकास्पद स्तन क्यान्सर १ जना भेटिएका थिए । उनीहरुलाई अन्य परीक्षणका लागी सम्बन्धित स्वास्थ्य संस्थामा प्रेषण गरिएको जनस्वास्थ्य अधिकृत बरालले जानकारी दिइन् ।  त्यसैगरी ५८० जनालाई विभिन्न स्वास्थ्य समस्यासम्बन्धी उपचार तथा व्यवस्थापनका लागि परामर्श सेवा प्रदान गरिएको थियो । स्वास्थ्य शिविरमा निःशुल्क भिडिओ एक्सरे तथा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरमा कन्सल्टेन्ट फिजिसिएन, स्तन क्यान्सर विशेषज्ञ, स्त्रीरोग क्यान्सर विशेषज्ञ, कन्सल्टेन्ट रेडियोलोजिष्ट, मेडिकल अफिसर, प्यारामेडिक्स, तालिमप्राप्त नर्स, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरुले सर्वसाधारण नागरिकका स्वास्थ्य जाँच गरेका थिए ।


प्रकाशित मिति: बुधबार, असार ३, २०८३  २१:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श
डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP