नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ११, २०८३ बागेश्वरी पोस्ट
सीपसँग जोडिँदै कोहलपुरका युवा

कोहलपुर । कोहलपुर नगरपालिकाले युवालाई सीपमूलक तालिममार्फत रोजगारी र स्वरोजगारसँग जोड्ने उद्देश्यले मोबाइल मर्मत तथा हाते कढाइ तालिम प्रदान गरेको छ । नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको ३९० घण्टे तालिम विहीबार समापन गरिएको हो । वैशाख १६ गतेदेखि सुरु भएको तालिममा खुला प्रतिस्पर्धामार्फत सहभागी छनोट गरी प्रशिक्षण प्रदान गरिएको थियो ।

कोहलपुर नगरपालिकाका रोजगार संयोजक आशिष वर्माका अनुसार मोबाइल मर्मततर्फ २० जना र हाते कढाइतर्फ २० जना गरी कुल ४० जनाले तालिममा सहभागिता जनाएका थिए । तालिमको प्राविधिक सहयोग नेशनल मानस विकास ट्रेनिङ इन्स्टिच्युट प्रालि र आदर्श इन्टरनेशनल ट्रेनिङ इन्स्टिच्युट प्रालिले गरेका थिए ।

समापन कार्यक्रम कोहलपुर नगरपालिकाकी आर्थिक विकास समितिकी संयोजक अनिता बुढा क्षेत्रीको सभापतित्व तथा नगर उपप्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । तालिममा सहभागी रमेश सुनारले मोबाइल मर्मतसम्बन्धी सीप हासिल गरेपछि आफूलाई रोजगारीतर्फ अघि बढ्ने नयाँ आधार प्राप्त भएको बताए । उनले सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै हाते कढाइ तालिमकी सहभागी मनिषा चौधरीले तालिमपछि आफूमा आत्मविश्वास बढेको र अब सीपलाई आयआर्जनको माध्यम बनाउने उत्साह जागेको बताइन् ।

समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख सुवेदीले कोहलपुर नगरपालिकाले स्थानीय आवश्यकता र बजारको मागका आधारमा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताइन् । नगरपालिकाले खुला सूचना जारी गरी इच्छुक नागरिकलाई सीप सिकाएर आत्मनिर्भर बनाउने अभियानलाई निरन्तरता दिएको उल्लेख गर्दै उनले तालिमबाट सहभागीहरूले सकारात्मक प्रतिफल प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विकले मोबाइल मर्मत तथा हाते कढाइ दुवै क्षेत्रमा बजारको राम्रो सम्भावना रहेको बताउँदै सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्न सहभागीलाई आग्रह गरे ।

नेशनल मानस विकास ट्रेनिङ इन्स्टिच्युट प्रालिका प्रबन्ध निर्देशक राकेश रोशन धमालले तालिमपछि सीप परीक्षण तथा प्रमाणीकरण प्रक्रियामा सहभागी हुन सुझाव दिएका थिए । तालिममा हेमनारायण चौधरी र दीपिका देवकोटाले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । समापन कार्यक्रममा नगर उपप्रमुख सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी लगायतले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । स्थानीय तहबाट सञ्चालन गरिएका यस्ता सीपमूलक कार्यक्रमले बेरोजगार युवा तथा महिलालाई स्वरोजगारतर्फ आकर्षित गर्नुका साथै स्थानीय स्तरमै आयआर्जनका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने रोजगार संयोजक वर्माले बताए ।


प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  २०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP