नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • खजुरामा अपाङ्गता भएका ब्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर
खजुरामा अपाङ्गता भएका ब्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार १२, २०८३ बागेश्वरी पोस्ट
खजुरामा अपाङ्गता भएका ब्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका–३ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । खजुरा गाउँपालिका वडा नं. ३ कार्यालयको आयोजना तथा गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहयोगमा सञ्चालन गरिएको शिविरबाट ७० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।

शिविरमा सहभागी अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।  सेवा लिन आएका अपाङ्गता भएका व्यक्तिका अभिभावकहरूको समेत स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि उपलब्ध गराइएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज, सम्मानजनक र पहुँचयुक्त सेवा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताए । उनले सबै सेवा प्रदायक सरकारी कार्यालय तथा संस्थाहरूलाई अपाङ्गता–मैत्री बनाउन गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रवाहमा पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए । अध्यक्ष विकले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सेवा सहज बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र आगामी दिनमा थप प्रभावकारी योजनाहरू पनि कार्यान्वयन गरिने जानकारी दिए ।

वडा नं. ३ का अध्यक्ष पूर्णबहादुर भण्डारीले अझै पनि ७० देखि ९० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू राज्यबाट प्रदान गरिने सेवा–सुविधाको प्रत्यक्ष पहुँचबाट वञ्चित रहेको बताए । उनले सरकारी कार्यालय, अदालत तथा प्रहरी चौकीहरू अझै पनि पूर्ण रूपमा अपाङ्गता–मैत्री बन्न नसकेको उल्लेख गर्दै ती संरचनाहरूलाई शीघ्र सुधार गरी सबैका लागि पहुँचयोग्य बनाइनुपर्ने आवश्यकता औँल्याए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शुशिला न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमले उनीहरूको स्वास्थ्य सेवा पहुँच बढाउनुका साथै अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले विशेषगरी सरकारी सेवा प्रणालीलाई अपाङ्गता–मैत्री बनाउँदै लक्षित वर्गको सहज पहुँच सुनिश्चित गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा सहभागीहरूले यस्ता स्वास्थ्य शिविर र अभिमुखीकरण कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । स्थानीय तहबाट अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, अधिकार र सामाजिक सहभागिता सुनिश्चित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  २१:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मदिरा तथा लागुऔषध नियन्त्रणका लागि ज्ञापनपत्र
मदिरा तथा लागुऔषध नियन्त्रणका लागि ज्ञापनपत्र
खजुरामा अपाङ्गता भएका ब्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर
खजुरामा अपाङ्गता भएका ब्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP