नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार १३, २०८३ बागेश्वरी पोस्ट
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण

खगेन्द्र दाहाल - खजुरा । बाँकेको खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण गरिएको छ । एकल महिला, दलित, जनजाति, महिला घरमूली भएको घरलाई विशेष प्राथमिकता दिई चुलो प्रदान गरिएको हो । परम्परागत चुलोबाट निस्कने धुवाँले गर्दा महिला र बालबालिकामा लाग्ने श्वासप्रश्वास सम्बन्धी रोगहरू दम, खोकी कम हुने भएकोले चुलो वितरणपछि स्वास्थ्यमा सुधार हुने अपेक्षा लिइएको खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले जानकारी दिए ।

खजुरा गाउँपालिकामा रहेको सामूहिक आवासका १७ घरधुरीसहित ३ सय जनालाई अहिले सुधारिएको चुलो वितरण गरिएको खजुराका योजना शाखा सहायक तथा वैकल्पिक उर्जा कार्यक्रम फोकल पर्सन तारा थापाले जानकारी दिइन् । खजुराले गत वर्ष पनि सुधारिएको चुलो वितरण गरेको थियो । गत वर्ष ४ सय वितरण गरिएकोमा अहिले थप सुधारिएको चुलो ३ सय घरधुरीको लागि छुट्टाइएको बजेटबाट वितरण गरिएको पालिकाले जनाएको छ । भान्सा सुधार गर्नका लागि विद्युती इलेक्ट्रिक चुलो गत वर्ष ४५० घरधुरीका लागि खजुराले वितरण गरिसकेको अवस्था छ । यस वर्ष पनि विद्युतीय चुलो वितरण गरिसकेको पालिकाले ८६० घरधुरीका एकल महिला, दलित, जनजाति, महिला घरमूली भएको घरलाई प्रदान गरेको हो ।

आगामी आर्थिक बर्ष २०८३/०८४ मा थप १२ सय घरधुरीलाई वितरण गर्ने गरी १० लाख बजेट विनियोजन गरिएको योजना शाखा सहायक तथा वैकल्पिक उर्जा कार्यक्रम फोकल पर्सन थापाले जनाइन् । खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण गर्दा स्थानीय बासिन्दाहरूलाई, विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूलाई धेरै ठूलो राहत पुगेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले बताए । सुधारिएको चुलोले कम दाउरामा छिटो खाना पकाउने हुनाले दाउरा संकलन गर्ने समय र श्रम दुवै जोगिने अध्यक्ष विकले उल्लेख गरे । वातावरण संरक्षण, दाउराको खपत कम हुँदा वनजंगल फँडानी रोक्न र वातावरण सन्तुलन राख्न मद्दत पुग्ने अपेक्षा पालिकाले लिएको खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले जनाइन् । स्थानीय सरकार र सरोकारवाला निकायको यस्तो कदमले समुदायको स्वास्थ्य र वातावरण दुवैमा दीर्घकालीन रूपमा राम्रो प्रभाव पार्ने स्थानीय बताउँछन् ।


प्रकाशित मिति: शनिबार, असार १३, २०८३  २१:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP