नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १४, २०८३ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद

नेपालगञ्ज । राप्तीसोनारी गाउँपालिकाले विद्यार्थीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको शैक्षिक अवस्था, भविष्यको लक्ष्य र विद्यालयको समग्र गुणस्तरबारे जानकारी लिन ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भई विद्यार्थीसँग खुला अन्तरक्रिया गरेका थिए ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले आफ्नो भविष्यको लक्ष्य प्रस्तुत गर्दै नेपालमै बसेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यार्थी विजयकुमार जैसवालले शिक्षक बनेर समाजमा गुणस्तरीय शिक्षा प्रवाह गर्ने लक्ष्य रहेको बताए । रविन पोखरेल र नरेश केसीले पनि भविष्यमा शिक्षक बनेर आफ्नै गाउँ र देशको शैक्षिक विकासमा योगदान पुर्‍याउने इच्छा व्यक्त गरे । त्यस्तै रेनुका खड्का र सृष्टि कसेराले निजामती कर्मचारी बनेर जनताको सेवा गर्ने लक्ष्य रहेको सुनाए । सञ्चिता थारु, समीक्षा चौधरी, स्मृति थारु र रोशनी थारुले शिक्षिका बनेर नयाँ पुस्तालाई शिक्षित र सक्षम बनाउने चाहना व्यक्त गरे । कार्यक्रममा सहभागी अन्य विद्यार्थीले नेपाली सेना, बैंकिङ क्षेत्र, स्वास्थ्य सेवा, इन्जिनियरिङ, प्राविधिक तथा अन्य विभिन्न पेशामा आबद्ध भएर नेपालमै रोजगारी गर्दै देश र जनताको सेवा गर्ने लक्ष्य रहेको बताएका थिए । अधिकांश विद्यार्थीले विदेशभन्दा आफ्नै देशमा अवसर सिर्जना गर्दै योगदान दिन चाहेको धारणा राखेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पौडेलले विद्यार्थीसँग आत्मीय सम्बन्ध स्थापित गर्न र उनीहरूको वास्तविक अवस्था बुझ्न यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनले विद्यार्थीको पठनपाठनको अवस्था, विद्यालयमा उनीहरूको सहभागिता, सिकाइको गुणस्तर, विषयगत शिक्षक–शिक्षिकाको भूमिका तथा विद्यार्थीमा रहेको प्रतिभाबारे प्रत्यक्ष जानकारी लिन कार्यक्रम उपयोगी बनेको बताए । ‘पालिकाको भविष्य विद्यार्थी नै हुन् । आजका विद्यार्थी सक्षम भए मात्र भोलिको समाज र राष्ट्र समृद्ध बन्छ,’ अध्यक्ष पौडेलले भने, ‘विद्यार्थीका समस्या, अपेक्षा र लक्ष्यलाई नजिकबाट बुझेर त्यसअनुसार शैक्षिक नीति तथा कार्यक्रम सञ्चालन गर्न गाउँपालिका प्रतिबद्ध छ ।’ उनले शिक्षालाई केवल परीक्षा उत्तीर्ण गर्ने माध्यमका रूपमा नभई सक्षम, नैतिक र जिम्मेवार नागरिक उत्पादन गर्ने आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । विद्यार्थीलाई आफ्नो लक्ष्यप्रति दृढ रहँदै मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न पनि उनले आग्रह गरे ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तथा वरिष्ठ शिक्षा अधिकृत मोहन विसीले ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमले विद्यार्थी र स्थानीय सरकारबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको बताए । उनका अनुसार कार्यक्रममार्फत विद्यार्थीका आकांक्षा, समस्या, प्रतिभा र आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर प्राप्त भएको छ । यसबाट गाउँपालिकाले आगामी दिनमा विद्यार्थीमैत्री तथा गुणस्तरीय शिक्षा प्रवद्र्धनका कार्यक्रम तर्जुमा गर्न थप सहज हुने विश्वास उनले व्यक्त गरे । उनले विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्ने, नेतृत्व क्षमता विकास गर्ने तथा आफ्नो भविष्यप्रति स्पष्ट लक्ष्य निर्धारण गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा विद्यार्थीहरूले खुलेर आफ्ना विचार, जिज्ञासा र भविष्यका योजनाबारे धारणा राखेका थिए । सहभागी अधिकांश विद्यार्थीले आफ्नो अध्ययन पूरा गरी नेपालमै रोजगारी गर्दै समाज र राष्ट्रको सेवामा समर्पित हुने प्रतिबद्धता जनाएका थिए । गाउँपालिकाले यस्ता संवादमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।


प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १६:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP