नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १७, २०८३ बागेश्वरी पोस्ट
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न

नेपालगञ्ज । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) ले बाँकेको खजुरा गाउँपालिकामा सञ्चालन गर्दै आएको बालिका शिक्षा तथा संरक्षणसम्बन्धी कार्यक्रमको सामाजिक परीक्षण सम्पन्न गरेको छ । मंगलबार खजुरा गाउँपालिकामा आयोजित सामाजिक परीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा रेष्टकी केन्द्रीय उपाध्यक्ष शारदा ज्ञवालीको अध्यक्षता रहेको थियो । प्रमुख अतिथिका रूपमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले रेष्टले बालिका शिक्षामा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए । उनले संस्थाले आफ्नो सेवाको दायरा अझ विस्तार गर्न सके धेरै बालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर पाउने उल्लेख गरे ।

रेष्टले खजुरा गाउँपालिका–३ र ७ का पाँच सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले २०६३ सालदेखि बालिका तथा किशोरीहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्नुका साथै बालविवाह, बालश्रम, असुरक्षित बसाइँसराइ तथा मानव बेचबिखन न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । कार्यक्रममा ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सन्ध्या थारुले रेष्टको सहयोगले आफ्नो जीवनमा ठूलो अवसर प्राप्त भएको बताइन् । उनले आफू जस्तै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका बालबालिकालाई पनि यस्ता अवसर उपलब्ध गराउन आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

सामाजिक परीक्षणको सहजीकरण गर्दै जीवनाथ पराजुलीले रेष्टका कार्यक्रम सञ्चालनपछि समुदायमा बालिकाहरूको आत्मविश्वास वृद्धि भएको, आफ्ना धारणा खुलेर राख्न सक्ने क्षमता विकास भएको तथा माध्यमिक र उच्च शिक्षासम्म अध्ययन निरन्तरता दिने छात्राको संख्या बढेको जानकारी दिए। उनका अनुसार विद्यालय छाड्ने दरमा कमी आउनुका साथै शिक्षामा समान पहुँच सुनिश्चित गर्न पनि कार्यक्रम प्रभावकारी बनेको छ ।

खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले बालिका शिक्षाको क्षेत्रमा रेष्टले गरेको कार्य प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमलाई दीर्घकालसम्म निरन्तरता दिन सहयोगी संस्थाहरूले सहकार्य गर्नुपर्नेमा जोड दिइन् । वडा नम्बर ३ की सदस्य तथा कार्यवाहक अध्यक्ष देउमाया थापाले खजुराका अन्य विद्यालयमा समेत यस्ता कार्यक्रम विस्तार गर्न आवश्यक रहेको बताइन् । ज्ञानोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले समस्याग्रस्त तथा विपन्न परिवारका बालबालिकालाई शिक्षाको अवसर उपलब्ध गराउन रेष्टले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

रेष्टका अनुसार हाल बाँके जिल्लाका २३ सामुदायिक विद्यालयमा अध्ययनरत ३१६ छात्रालाई शैक्षिक सहयोग प्रदान गरिँदै आएको छ । त्यसैगरी, खजुरा गाउँपालिका–३ र ७ का पाँच विद्यालयमा एसजिटी (SGT) र अमर परियोजना मार्फत कक्षा १ देखि १२ सम्म अध्ययनरत १०५ छात्राले प्रत्यक्ष शैक्षिक सहयोग प्राप्त गरिरहेका छन् । कार्यक्रममा रेष्टकी पूर्व छात्रा सुस्मिता क्षेत्रीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण रेष्टका गणेशप्रसाद भट्टराईले गरेका थिए ।


प्रकाशित मिति: बुधबार, असार १७, २०८३  १३:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP