नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार १८, २०८३ बागेश्वरी पोस्ट
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न

नेपालगञ्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद प्रसाद ढकालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा विश्वविद्यालयका सहकुलपति जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राविधिक शिक्षाको गुणस्तर, सीपमूलक शिक्षाको विस्तार र दक्ष जनशक्ति उत्पादनका विषयमा जोड दिइएको थियो ।

प्रमुख अतिथि तिमिल्सिनाले प्राविधिक शिक्षालाई रोजगारी, उत्पादन र उद्यमशीलतासँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले प्राविधिक शिक्षाको विकास र विश्वविद्यालयको संस्थागत सुदृढीकरणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अबको शिक्षा प्रणाली प्रविधिमैत्री र प्राविधिक ज्ञानमा आधारित हुनुपर्नेमा उनको जोड छ ।  समय अनुसार शिक्षा प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्न आवश्यक रहेको तिमिल्सिनाले बताए ।

May be an image of one or more people, speaker, dais and text

मन्त्री तिमिल्सिनाले विश्वविद्यालय केवल लुम्बिनी प्रदेशका नागरिकका छोराछोरीका लागि मात्र नभई कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकका छोराछोरीका लागि समेत महत्वपूर्ण शैक्षिक केन्द्रका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे । उनले गुणस्तरीय प्राविधिक शिक्षा र व्यवहारिक सीप विकासमार्फत युवालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

विश्वविद्यालयका उपकुलपति ढकालले विश्वविद्यालयले छोटो अवधिमै प्राविधिक शिक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै शिक्षा, अनुसन्धान, नवप्रवर्तन बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा विश्वविद्यालय केन्द्रित रहेको बताए । विश्वविद्यालयका रजिष्ट्रार रेग बहादुर भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यहरु मिना श्रेष्ठ, माया पुन, अम्बिका काफ्ले, सुशिला नेपाली (बादी), लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज बराल, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्रमुख लालमणि आचार्य, सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ऋषि शर्मा, धम्बोझी माविका प्रधानाध्यापक बामदेव सुवेदी, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।  । 

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु चौधरी, नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, विभिन्न शैक्षिक संस्थाका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, प्राध्यापक, विद्यार्थी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

May be an image of one or more people, people studying and text

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा कलात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।

No photo description available.


प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  २१:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात मेमोरियल हाई स्कुलको सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात मेमोरियल हाई स्कुलको सहयोग
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP