नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवामा उद्यमशीलता प्रबद्र्धन तालिम
डुडुवामा उद्यमशीलता प्रबद्र्धन तालिम
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार २४, २०८३ बागेश्वरी पोस्ट
डुडुवामा उद्यमशीलता प्रबद्र्धन तालिम

डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले उद्यमशीलता प्रवद्र्धन तालिम सञ्चालन गरेको छ । डुडुवा गाउँपालिका रोजगार, सीप तथा उद्यमशिलता केन्द्र शाखाले संचालन गरेको तालिममा वैदेशिक रोजगारीबाट फर्किएका करिब ४० जना युवाहरुको सहभागिता रहेको थियो ।

सहभागीहरूलाई उद्यम सञ्चालनका आधारभूत अवधारणा, व्यवसाय छनोट, व्यवसाय योजना निर्माण, बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन, बचत तथा लगानी, उत्पादनको गुणस्तर सुधार, डिजिटल प्रविधिको प्रयोग तथा सरकारी निकायबाट उपलब्ध हुने सहुलियत र सेवा सुविधाबारे जानकारी प्रदान गरिएको थियो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको सीप, अनुभव र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए । उनले उद्यमशीलता विकासमार्फत आयआर्जन वृद्धि, स्थानीय उत्पादन प्रवद्र्धन तथा आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

तालिममा उद्यम सञ्चालन गर्दा देखिने चुनौती, जोखिम व्यवस्थापन, बजारको आवश्यकता अनुसार व्यवसाय छनोट तथा सफल उद्यमी बन्न आवश्यक व्यवहारिक सीपका विषयमा रविन्द्रकुमार ज्ञवालीले सहजीकरण गरेका छन् । सहभागीहरूले आफ्ना अनुभव आदानप्रदान गर्दै स्वदेशमै उद्यम सञ्चालन गर्ने आत्मविश्वास बढेको बताएका थिए । 

वैदेशिक रोजगारीमा पुनः जानुपर्ने बाध्यता कम गर्दै स्थानीय स्रोत, साधन र सीपको उपयोगमार्फत दिगो रोजगारी सिर्जना गर्न सहयोग पुग्ने रोजगार संयोजक अल्का मिश्रले बताइन् । उनका अनुसार गाउँपालिकाले आगामी दिनमा उद्यम स्थापना, वित्तीय पहुँच, बजारसँगको समन्वय तथा व्यवसाय विस्तारका लागि आवश्यक परामर्श र सहजीकरणलाई समेत निरन्तरता दिइनेछ । तालिम दुई दिनसम्मा चल्नेछ ।
 


प्रकाशित मिति: बुधबार, असार २४, २०८३  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट
नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट
नेपालगञ्जमा अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न
नेपालगञ्जमा अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP