नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जयेन्दु बाल सुधार गृहमा योग, ध्यान र कानूनी साक्षरताको नवीन अभ्यास
जयेन्दु बाल सुधार गृहमा योग, ध्यान र कानूनी साक्षरताको नवीन अभ्यास
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार २५, २०८३ बागेश्वरी पोस्ट
जयेन्दु बाल सुधार गृहमा योग, ध्यान र कानूनी साक्षरताको नवीन अभ्यास

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान, प्राणायाम तथा कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । सुधार गृहभित्र रहेका कानूनी विवादमा परेका बालकको मानसिक स्वास्थ्य सुदृढीकरण, आत्मबल अभिवृद्धि र कानूनी सचेतना बढाउने उद्देश्यले आयोजित कार्यक्रमलाई सुधारात्मक न्याय प्रणालीको नयाँ अभ्यासका रूपमा हेरिएको छ ।

जयेन्दु बाल सुधार गृहको आयोजनामा सम्पन्न कार्यक्रममा एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक तथा अधिवक्ता वसन्त गौतमले सहजीकरण गरेका थिए । कार्यक्रममा योग, ध्यान र प्राणायामका अभ्याससँगै बाल न्याय प्रणाली, बाल अधिकार तथा कानूनी प्रक्रियाबारे अभिमुखीकरण प्रदान गरिएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा बालकहरूलाई योग, ध्यान र प्राणायामका विभिन्न विधिहरू अभ्यास गराइएको थियो । लामो समयदेखि कानूनी प्रक्रियामा रहेका बालकमा देखिने मानसिक तनाव, हीनताबोध र नैराश्य कम गर्न यस्ता अभ्यास प्रभावकारी हुने विश्वास गरिएको छ । कार्यक्रममा सहभागी बालकहरूले सामूहिक रूपमा योग र ध्यान गर्न पाउँदा आफूहरूमा सकारात्मक ऊर्जा र आत्मविश्वास बढेको अनुभव सुनाएका थिए । केही बालकहरूले गीत तथा कविता प्रस्तुत गर्दै आफ्ना भावना समेत व्यक्त गरेका थिए ।

कानूनी साक्षरता सत्रमा अधिवक्ता गौतमले बाल न्याय प्रणालीको सुधारात्मक अवधारणा, बाल अधिकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था, बाल न्यायका सिद्धान्त, कार्यान्वयन अवस्था तथा चुनौतीबारे जानकारी गराए । छलफलका क्रममा बालकहरूले उमेर मिल्दो वा आपसी सहमतिमा भएका सम्बन्धलाई अन्तर्राष्ट्रिय अभ्यास अनुसार अपराधको दायरामा नराख्ने कानूनी व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरे । उनीहरूले सामान्य गल्तीमा कठोर सजाय भन्दा सुधारात्मक उपाय अवलम्बन गर्नुपर्ने, डाइभर्सन, सजाय स्थगन, प्यारोल र सजाय छुटका व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने तथा आफ्ना मुद्दाको सुनुवाइका क्रममा अदालतमा उपस्थित हुने अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि राखेका थिए ।

जयेन्दु बाल सुधार गृहका प्रमुख किशोर शर्माले योग, ध्यान र प्राणायामले बालकहरूको शारीरिक तथा मानसिक रूपान्तरणमा सकारात्मक प्रभाव पारेको बताए । उनले सुधार गृहलाई बालमैत्री तथा सुधारात्मक केन्द्रका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । कार्यक्रमका सहजकर्ता अधिवक्ता तथा योग प्रशिक्षक गौतमले बालकलाई केवल चार पर्खालभित्र राखेर मात्र व्यवहार परिवर्तन सम्भव नहुने बताउँदै योग, ध्यान, खेलकुद र कानूनी साक्षरता जस्ता कार्यक्रम सबै बाल सुधार गृहमा नियमित सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

हाल जयेन्दु बाल सुधार गृहको क्षमता १२० जनाको भए पनि १७९ जना बालक आश्रित छन् । ती मध्ये ८० जना १८ वर्ष भन्दा माथिका र ९९ जना १८ वर्षमुनिका रहेका छन् । कुल १५४ मुद्दामा १७९ जना बालक कानूनी प्रक्रियामा छन् । जसमध्ये ८५ जनाको फैसला भइसकेको छ भने ९४ जना पुर्पक्षमा रहेका छन् ।

मुद्दागत विवरण अनुसार सबैभन्दा बढी जबरजस्ती करणीका ७४ मुद्दा छन्, जसमा ७६ जना बालक प्रतिवादी छन् । त्यसपछि कर्तव्य ज्यानका १६ मुद्दामा २६ जना, लागुऔषधका १३ मुद्दामा १४ जना तथा सामूहिक जबरजस्ती करणीका ७ मुद्दामा ११ जना बालक कानूनी प्रक्रियामा रहेका छन् । 

सुधार गृहका अनुसार विगतमा भागेका ११५ जनामध्ये हालसम्म ४७ जना अझै फरार रहेका छन् । सरोकारवालाले योग, ध्यान, खेलकुद र कानूनी साक्षरतालाई नियमित कार्यक्रमका रूपमा विकास गर्न सके बाल सुधार गृहहरू वास्तविक अर्थमा सुधार तथा पुनःस्थापनाका केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  २०:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जयेन्दु बाल सुधार गृहमा योग, ध्यान र कानूनी साक्षरताको नवीन अभ्यास
जयेन्दु बाल सुधार गृहमा योग, ध्यान र कानूनी साक्षरताको नवीन अभ्यास
डुडुवामा उद्यमशीलता प्रबद्र्धन तालिम
डुडुवामा उद्यमशीलता प्रबद्र्धन तालिम
मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP