नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जको नगर सभामा कनौजियाले प्रस्तुत गरे विकास खाका (पूर्णपाठसहित)
नेपालगञ्जको नगर सभामा कनौजियाले प्रस्तुत गरे विकास खाका (पूर्णपाठसहित)
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार २७, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जको नगर सभामा कनौजियाले प्रस्तुत गरे विकास खाका (पूर्णपाठसहित)

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वाधार विकास समिति संयोजक, राजश्व परामर्श समिति सदस्य तथा योजना एवं कार्यक्रम अनुगमन समिति सदस्य बसन्तकुमार कनौजियाले नगरको दिगो विकासका लागि स्मार्ट पार्किङ, रिङरोड, नगर प्रहरी सुदृढीकरण, राजश्व वृद्धि तथा योजनाको प्रभावकारी अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

उपमहानगरपालिकाको १९औँ नगर सभामा शनिबार प्रतिवेदन प्रस्तुत गर्दै उनले कार्यकालभर पूर्वाधार विकास समितिले गरेका कामको समीक्षा गर्दै आगामी दिनमा नगरको विकासलाई थप व्यवस्थित र परिणाममुखी बनाउन आवश्यक सुझाव समेत प्रस्तुत गरेका हुन् । अनुगमनबाट प्राप्त अनुभवका आधारमा योजना कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई थप प्रभावकारी बनाउन कर्मचारी क्षमता विकास, नियमित स्थलगत अनुगमन र आवश्यक सवारीसाधन व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ ।

कनौजियाले नेपालगञ्जको पुरानो बजार क्षेत्रमा पार्किङ अभावका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उपयुक्त स्थानमा जग्गा व्यवस्थापन गरी स्मार्ट पार्किङ निर्माण तत्काल अघि बढाउन आग्रह गरेका छन् । राजस्वतर्फ नयाँ बहाल कर नीतिपछि आन्तरिक राजस्वमा उल्लेखनीय वृद्धि भएको जनाउँदै उनले घर नक्सा पास, भवन नियमन र कर संकलनलाई थप प्रभावकारी बनाए राजस्व अझै बढ्ने विश्वास व्यक्त गरे । नगर प्रहरीलाई थप जनशक्ति, स्रोत–साधन र प्रोत्साहन उपलब्ध गराउनुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदन अनुसार गत बर्ष १४ करोड मात्रै राजश्व उठेको यस बर्ष असार मसान्तसम्म करिब २८ करोड संकलन हुनेछ । नगर प्रहरीको संख्या बढाएर ११५ पुर्याउनुपर्ने उनको सुझाब छ । 

त्यसैगरी बागेश्वरी मन्दिर क्षेत्रको सौन्दर्यकरण, खडेश्वर जुंगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान मूर्ति, शपिङ कम्प्लेक्स, जमुनाहा नाकामा आधुनिक प्रवेशद्वार तथा राष्ट्रिय स्तरको बसपार्क निर्माण जस्ता योजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा लामो समयदेखि चर्चामा रहेको नेपालगञ्ज रिङरोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ । नगरभित्र सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि सबै शाखाले वार्षिक कार्ययोजना, वर्किङ डायरी, आन्तरिक नियन्त्रण प्रणाली तथा प्रणाली लागू गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

यस्तै नगरका ताल, पार्क तथा हरियाली संरक्षण, होल्डिङ सेन्टर र बसपार्क व्यवस्थापन, खेलकुद विकास समिति गठन तथा खेलकुद गतिविधिलाई संस्थागत रूपमा अघि बढाउने विषयलाई पनि प्रतिवेदनले प्राथमिकतामा राखेको छ । कनौजियाले प्रस्तुत गरेको प्रतिवेदनमा नगरको पूर्वाधार विकास, राजश्व व्यवस्थापन, सुशासन, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सेवा प्रवाह सुधारका लागि दीर्घकालीन योजना कार्यान्वयनमा जोड दिइएको छ । उनले प्रतिवेदनमा १२ बुँदा समेटेका छन् । 

नगर सभाले आगामी आर्थिक बर्ष २०८३०८४ को १ अर्ब ७६ करोड बजेट पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सम्पन्न नगर सभाले लेखा समितिको प्रतिवेदन, कार्यपालिका बैठकका निर्णयहरु लगायत अन्य महत्वपूर्ण एजेण्डाहरु अनुमोदन गरेको बताइएको छ । 

हेर्नुहोस् प्रतिवेदनको पूर्ण पाठ -

May be an image of textMay be an image of textMay be an image of the Western Wall and textMay be an image of the Western Wall and textMay be an image of the Western Wall and textMay be an image of the Western Wall and text

 


प्रकाशित मिति: शनिबार, असार २७, २०८३  २२:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जको नगर सभामा कनौजियाले प्रस्तुत गरे विकास खाका (पूर्णपाठसहित)
नेपालगञ्जको नगर सभामा कनौजियाले प्रस्तुत गरे विकास खाका (पूर्णपाठसहित)
जयेन्दु बाल सुधार गृहमा योग, ध्यान र कानूनी साक्षरताको नवीन अभ्यास
जयेन्दु बाल सुधार गृहमा योग, ध्यान र कानूनी साक्षरताको नवीन अभ्यास
डुडुवामा उद्यमशीलता प्रबद्र्धन तालिम
डुडुवामा उद्यमशीलता प्रबद्र्धन तालिम
मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP