Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विपद व्यवस्थापनमा लगानी र क्रियाकलाप बढाउन जोड
विपद व्यवस्थापनमा लगानी र क्रियाकलाप बढाउन जोड
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ८, २०८३ बागेश्वरी पोस्ट
विपद व्यवस्थापनमा लगानी र क्रियाकलाप बढाउन जोड

नेपालगञ्ज । नेपालगञ्जमा विपद् व्यवस्थापनमा लगानी बढाउँदै विपद् पूर्व तयारी, प्रतिकार्य र पुनःस्थापनालाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर ।।) कार्यक्रमको समन्वयमा शुक्रबार आयोजित 'विपद् व्यवस्थापनमा जनप्रतिनिधि तथा विषयगत समिति सदस्यको भूमिका र जिम्मेवारी' विषयक छलफल कार्यक्रममा विपद् व्यवस्थापनलाई योजनाबद्ध, समावेशी र दिगो बनाउनुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा विपद् व्यवस्थापनका सबै चरणलाई प्रभावकारी बनाउन बालमैत्री, वातावरणमैत्री तथा समुदायमैत्री दृष्टिकोण अपनाउँदै स्थानीय तहले आवश्यक नीति, योजना र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली र सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) का प्राविधिक अधिकृत राजु अधिकारीले विपद् जोखिम न्यूनीकरण, पूर्व तयारी, प्रतिकार्य, स्थानीय तहको भूमिका तथा विपद् व्यवस्थापन चक्रका विभिन्न पक्षबारे प्रस्तुतीकरण गरेका थिए । उनीहरूले विपद् व्यवस्थापनमा पूर्व तयारीमा गरिएको लगानीले विपद्को क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै स्थानीय सरकार, जनप्रतिनिधि, विषयगत समिति र समुदायबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए ।

समापन कार्यक्रममा सुपर कार्यक्रम संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समीर प्रताप सिंहले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखी पर्याप्त बजेट विनियोजन, आवश्यक स्रोत–साधनको व्यवस्था र योजनाबद्ध कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए । उनले विपद्को जोखिम न्यूनीकरणका लागि सबै सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले विपद् व्यवस्थापनलाई स्थानीय तहको नियमित विकास योजनासँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्दै विपद् पूर्व तयारीमा गरिएको लगानीले जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत समिति, शाखा प्रमुख लगायतको उपस्थिति थियो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा यूएनडीपी, युनिसेफ, यूएन वुमेन र ह्युम्यानिटी एण्ड इन्क्लुजन (HI) को साझेदारी एवं सीडीएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर ।।) ले विपद् पूर्व तयारी, प्रतिकार्य क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा समुदायस्तरमा विपद् जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमले स्थानीय तहको विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी र दिगो बनाउन सहयोग पुर्‍याइरहेको जनाइएको छ ।

 


प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP