नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १५, २०८३ बागेश्वरी पोस्ट
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१२ मुक्तिपुरमा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले शुक्रबार एक कार्यक्रमबीच जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्रको उद्घाटन गरेका हुन् ।

जेष्ठ नागरिकलाई आफ्नो उमेर समूहका साथीभाइसँग भेटघाट, भलाकुसारी तथा मनोरञ्जनका लागि सहज वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको जेष्ठ नागरिक क्लबका अध्यक्ष अजितकुमार शर्माले बताए । उनका अनुसार जेष्ठ नागरिकका लागि नियमित रूपमा भेटघाट गर्ने, अनुभव आदानप्रदान गर्ने र फुर्सदको समय सिर्जनात्मक रूपमा बिताउने स्थानको अभाव देखिएपछि मिलन केन्द्र स्थापना गरिएको हो ।

‘जेष्ठ नागरिकलाई समय बिताउन, मनोरञ्जन गर्न र आफ्ना दौतरीसँग भलाकुसारी गर्ने थलो नहुँदा विभिन्न समस्या देखिएका थिए,’ अध्यक्ष शर्माले भने, ‘उहाँहरूलाई एकै ठाउँमा भेटघाट गर्ने र आफ्ना अनुभव साटासाट गर्ने वातावरण बनाउन केन्द्र सञ्चालनमा ल्याएका हौँ ।’

केन्द्रको उद्घाटन गर्दै मेयर विष्टले जेष्ठ नागरिक देश र समाजका महत्वपूर्ण सम्पत्ति भएको बताए । जेष्ठ नागरिकको ज्ञान, अनुभव र योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताले उहाँहरूबाट सिक्नुपर्ने उनको भनाइ थियो । ‘जेष्ठ नागरिक समाजका गहना हुन् । गहनाले शरीर सुन्दर देखिए जस्तै जेष्ठ नागरिकले समाजलाई सुन्दर बनाउँछन्,’ मेयर विष्टले भने, ‘उहाँहरूले देखाएको बाटोमा हिँड्न सके मात्र देश र समाजको विकास सम्भव हुन्छ।’

उनले स्थानीय तहले जेष्ठ नागरिकको सम्मान, स्वास्थ्य तथा सामाजिक सुरक्षाका क्षेत्रमा आवश्यक सहजीकरण गर्दै जाने बताए । जेष्ठ नागरिकलाई एक्लोपनबाट टाढा राख्न यस्ता मिलन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठले विकास निर्माणदेखि सामाजिक तथा पारिवारिक क्षेत्रमा जेष्ठ नागरिकको भूमिका महत्वपूर्ण रहेको बताइन् । जेष्ठ नागरिकको अनुभव र ज्ञानलाई समाज निर्माणमा उपयोग गर्नुपर्नेमा उनले जोड दिइन् । ‘जेष्ठ नागरिकको भूमिका अतुलनीय छ । उहाँहरूको सम्मानले मात्र समाज र परिवार सुखी बन्न सक्छ,’ श्रेष्ठले भनिन् ।

नेपालगन्ज उपमहानगरपालिका–१२ का वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले वडा क्षेत्रका जेष्ठ नागरिकका लागि मिलन केन्द्र विश्राम तथा भेटघाट गर्ने ‘बिसौनी’का रूपमा विकास हुने बताए । केन्द्रलाई नियमित रूपमा सञ्चालन गर्दै जेष्ठ नागरिकको आवश्यकता र रुचि अनुसार विभिन्न गतिविधि सञ्चालन गर्ने योजना रहेको उनले बताए । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले जेष्ठ नागरिकको सम्मान र संरक्षण परिवार तथा समाजको साझा दायित्व भएको बताए । जेष्ठ नागरिकले जीवनभर समाज र राष्ट्रका लागि गरेको योगदानको कदर गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा लाइफलाइन अस्पतालका सञ्चालक तथा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. पारस श्रेष्ठले जेष्ठ नागरिकको स्वास्थ्य उपचारलाई सहज बनाउन लाइफलाइन अस्पतालले विशेष छुटको व्यवस्था गर्ने बताए । वरिष्ठ दन्त सर्जन डा. प्रतीक श्रेष्ठले सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा जेष्ठ नागरिकको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको सम्मान र संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

मिलन केन्द्र सञ्चालनको अवसरमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो । स्वास्थ्य शिविरमा जेष्ठ नागरिकको सुगर, प्रेसर, थाइराइड लगायत स्वास्थ्य परीक्षण गरिएको क्लबका अध्यक्ष शर्माले जानकारी दिए । त्यस अघि बृक्षारोपण समेत गरिएको थियो ।

केन्द्रमा जेष्ठ नागरिकले नियमित भेटघाट, भलाकुसारी तथा मनोरञ्जन गर्न पाउनेछन् । आगामी दिनमा स्वास्थ्य सचेतना, सामाजिक अन्तरक्रिया, अनुभव आदानप्रदान तथा अन्य सिर्जनात्मक गतिविधिसमेत सञ्चालन गर्ने योजना रहेको क्लबले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १८:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
विपद व्यवस्थापनमा लगानी र क्रियाकलाप बढाउन जोड
विपद व्यवस्थापनमा लगानी र क्रियाकलाप बढाउन जोड
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP