Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन २२, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि तीन समूहबीच सहमति भएपछि सर्वसम्मत नेतृत्व टोलीको घोषणा गरिएको छ । चिरञ्जीवी ओली, संजय थापा र कमलकुमार कार्की नेतृत्वका समूहबीच सहमति भएपछि सर्वसम्मत उम्मेदवारी घोषणा गरिएको हो ।

सर्वसम्मत टोलीको अध्यक्षमा चिरञ्जीवी ओली रहेका छन् । उद्योग उपाध्यक्षमा कमलकुमार कार्की, वाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा रुपा ओझा (सानु), महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिवमा शिव दाहाल तथा कोषाध्यक्षमा टीकामणि उपाध्याय रहेका छन् ।

सदस्यहरूमा सन्तोष पौडेल, अतुल गुप्ता, शरद अधिकारी, शरद रिजाल, सैयद जहांगिर मुसलमान, तोपबहादुर थापा, आदित्य गुप्ता, नन्दराम जैसी, चाँदबाबु अन्सारी र नगेन्द्र शाही रहेका छन् ।

यस्तै, एसोसिएसनतर्फ अब्दुल वाहिद अन्सारी र राजिब तलंगा तथा वस्तुगततर्फ फणाधर भण्डारी र सुरेशजंग बञ्जारा सर्वसम्मत उम्मेदवार रहेका छन् ।

पूर्व अध्यक्षहरू तथा निवर्तमान अध्यक्षको संयोजनमा आयोजित घोषणा कार्यक्रमको अध्यक्षता पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले गरेका थिए । निर्वाचन परिचालन समिति संयोजक ललित रौनियारले सर्वसम्मत उम्मेदवारहरूको औपचारिक घोषणा गरेका थिए भने त्यसअघि कार्यक्रमको सञ्चालन महासचिव भीम रानाभाटले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष श्रेष्ठले व्यवसायीहरूको एकता नै संघको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सर्वसम्मत नेतृत्व चयनले संस्थालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । उनले नयाँ नेतृत्वले उद्योगी–व्यवसायीका साझा हितको संरक्षण गर्दै संघको गरिमालाई अझ उचाइमा पुर्‍याउने अपेक्षा व्यक्त गरे ।

अध्यक्षका सर्वसम्मत उम्मेदवार ओलीले सर्वसम्मत नेतृत्व निर्माणमा सहयोग गर्ने सम्पूर्ण उद्योगी–व्यवसायी, पूर्व अध्यक्ष तथा अग्रजहरूप्रति आभार व्यक्त गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले नेपालगञ्जको व्यापार, उद्योग र लगानीमैत्री वातावरण निर्माण, व्यवसायीका समस्या समाधान तथा निजी क्षेत्रको आवाजलाई प्रभावकारी रूपमा उठाउन आफ्नो टोली प्रतिबद्ध रहने बताए । अध्यक्ष पदमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघबाट थापाको पनि उम्मेदवारी घोषणा भएको थियो । तर, उनले सर्वसम्मतको वातावरण निर्माणका लागि आफू 'ब्याक' भएको बताए । 

कार्यक्रममा संघका वहालवाला अध्यक्ष टंकबहादुर धामी, पूर्व अध्यक्ष अब्दुल वाहिद मन्सुरी 'चुन्ना', निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायत उद्योगी–व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन भदौ ६ गते हुने तय भएको छ । निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन भइरहेको छ । मनोनयन दर्ताको समय दिउँसो ३ बजेसम्म तोकिएको छ भने साँझ ५ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ । 


प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP