नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २७, २०८३ बागेश्वरी पोस्ट
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 

नेपालगन्ज । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिने बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का युवा ऋतिक शाहीलाई प्रदान गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य सुशिला बादी नेपालीको प्रमुख आतिथ्यतामा आज नेपालगन्जमा आयोजित बिशेष कार्यक्रमका बीच बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ बाट युवा, बालवालिका तथा मानवीय कार्यमा क्रियाशील युवा शाहीले हासिल गरेका छन् ।

बास नेपाल र ब्राइटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार यस बर्ष शाहीले प्राप्त गर्न सफल भएका हुन् । सामाजिक कार्यमा समर्पित भई लामो समयदेखि बालमैत्री स्थानीय शासन, बाल अधिकार, मानवीय तथा सामाजिक सेवाका लागि अनवरतरुपमा पुर्याउनु भएको नवीनतम्, सिर्जनशील योगदानको कदर गर्दै सम्मानपत्र, ट्रफीसहित नगद १५ हजार प्राप्त गर्न सफल भएका छन् ।

युवाका क्षेत्रमा कार्यरत रहेको, रचनात्मक कार्य, सृजनात्मक कार्यमा योगदान दिएको, सामाजिक योगदान, संघर्ष पश्चातको सफलता, प्रेरक व्यक्तित्व लगायतको सूचकका आधारमा परियारलाई छनौट गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । कार्यकारी निर्देशक शाहले बास/ब्राइटल्याण्ड युवा पुरस्कारको पृष्ठभूमि, कार्यक्रमको उद्देश्यसंगै बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ को घोषणा गरेका थिए ।

पुरस्कार प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य नेपालीले युवा पुरस्कारले युवाहरुमा उत्साह थप्ने जनाउँदै यस्ता सम्मान तथा पुरस्कारहरुको निरन्तरतामा जोड दिनुपर्ने बताएकी थिइन् । बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ प्राप्त गर्न सफल ब्यक्तित्व शाहीले निश्वार्थ रुपमा बालमैत्री स्थानीय शासन, युवा अभियान, मानवीय कार्यको मूल्यांकन गर्दै प्रदान गरिएको सम्मानले थप जिम्मेवार बनाएको बताए । उनले आफ्नो अभियानमा सहयोग, साथ र समर्थन गर्ने सबै युवाहरुको साथ र सहयोगका कारण अवार्ड प्राप्त गर्न सफल भएको भन्दै सबैलाई धन्यबाद ज्ञापन गरे । उनले निरन्तर युवाहरुको क्षेत्रमा कार्य गरिरहने प्रतिबद्धता गरेका छन् । गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।

२०११ देखि बास युवा पुरस्कारको नामले सुरु गरेको पुरस्कारमा २०१२ देखि ब्राइटल्याण्ड स्कुल नेपालगन्जले सहकार्य गर्दै आएको छ । यो पुरस्कार २०११ मा क्रिकेटर बिनु बुढा मगर, २०१२ मा पत्रकार भेषराज बस्नेत, २०१३ मा कलाकार प्रशान्त केसी, २०१४ मा शैक्षिक उद्यमी किशोर मल्ल, २०१५ मा कलाकार राज बहादुर साने, २०१६ मा मुस्लिम युवा अभियन्ता शवनम प्रबिन, २०१७ मा हरित अभियन्ता हेमन्तराज काफ्ले, २०१८ मा लागुऔषध अभियन्ता अभिराज क्षेत्री, २०१९ मा पत्रकार कमल खत्री, २०२१ मा युवा अभियन्ता आशिष बर्मा, २०२२ मा निलसागर सेवाश्रमका अध्यक्ष सरिता खनाल, २०२३ मा समाज सेवा संस्थाका अध्यक्ष बिनोद थापा, २०२४ मा रक्तदाता उत्प्रेरक सुनिल परियार र २०२५ मा पत्रकार, सामाजिक कार्यकर्ता खगेन्द्र दाहाललाई प्रदान गरिएको बास नेपालका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए । 


प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १९:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP