नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २७, २०८३ बागेश्वरी पोस्ट
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न

नेपालगन्ज । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा दोस्रो बाँके युथ कन्क्लेभ बुधबार नेपालगन्जमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको आयोजनामा, बास नेपालको संयोजन तथा स्थानीय तह, नागरिक समाज र विभिन्न संघसंस्थाको सहकार्यमा कन्क्लेभ आयोजना गरिएको हो ।

गैरसरकारी संस्था महासंघ बाँके शाखाका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य सुशिला बादी नेपालीले युवालाई विकासको साझेदारका रूपमा अघि बढाउन शिक्षा, सीप, रोजगारी र उद्यमशीलतामा राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताइन् ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले स्थानीय तहले युवाका लागि सीप विकास, रोजगारी र नेतृत्व विकासका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताइन् । युवालाई स्वदेशमै टिकाइराख्न स्थानीय तहका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले युवाले अधिकारसँगै कर्तव्य र सामाजिक उत्तरदायित्वलाई पनि आत्मसाथ गर्नुपर्ने बताए । युवाको इच्छाशक्ति र सक्रिय सहभागिताबिना सरकारी तथा संस्थागत लगानीले अपेक्षित परिणाम दिन नसक्ने उनको भनाइ थियो ।

राप्तीसोनारी गाउँपालिका प्रवक्ता मिनराज खड्काले युवाका लागि पर्याप्त बजेट तथा कार्यक्रम हुन नसकेको बताउँदै बाँकेमा बढ्दो लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए । उनले युवाको सहभागिता स्थानीय तहको योजना निर्माणदेखि कार्यान्वयनसम्म सुनिश्चित गर्नुपर्ने बताए ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले युवालाई शिक्षा, खेलकुद, सीप र नेतृत्व विकाससँग जोड्दै अवसर सिर्जना गर्न स्थानीय तह प्रतिबद्ध रहेको बताए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले युवाका आवाजलाई नीति निर्माण र सार्वजनिक बहसमा प्रभावकारी रूपमा उठाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका सल्लाहकार निर्मला सुनारले युवाको विविधता र सम्भावनालाई सम्बोधन गर्ने समावेशी नीति तथा कार्यक्रम आवश्यक रहेको बताइन् ।

गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले ‘अन्तर्राष्ट्रिय युवा दिवस र युवाको विश्वव्यापी बहस’ विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले नेपालको जनसांख्यिक अवस्थामा युवाको ठूलो हिस्सा रहेको उल्लेख गर्दै उनीहरूको सीप, क्षमता र ऊर्जालाई देश विकासमा उपयोग गर्न तीनै तहका सरकारले प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष तथा गैरसरकारी संस्था महासंघ बाँके शाखाका सदस्य शिवकुमार वर्माले स्वागत मन्तव्य दिएका थिए भने शाखाका उपाध्यक्ष ताराप्रसाद खत्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।


प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  २०:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
लुम्बिनीमा गरिबीको दर २४.३५ प्रतिशत, बाँकेमा नरैनापुरमा सबैभन्दा बढी गरिबी
लुम्बिनीमा गरिबीको दर २४.३५ प्रतिशत, बाँकेमा नरैनापुरमा सबैभन्दा बढी गरिबी
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP