prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • तिहारमा बाँकेकै फुल प्रशस्त, भारतीय फुल भित्रिएन्
तिहारमा बाँकेकै फुल प्रशस्त, भारतीय फुल भित्रिएन्
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक ९, २०७६ बागेश्वरी पोस्ट
तिहारमा बाँकेकै फुल प्रशस्त, भारतीय फुल भित्रिएन्

नेपालगन्ज । सयपत्री तथा मखमली फूलमा बाँके आत्मनिर्भर बन्दै गएको छ। यसैले अहिलेको तिहारमा जिल्लामा भारतीय फूल नभित्रिने भएको छ। बाँके तथा आसपासका जिल्लामा उत्पादन भएका फूल पर्याप्त भएपछि भारतबाट सयपत्री र मखमली फूल नल्याउने भएको व्यवसायी बताउँछन्।

नेपालगञ्जस्थित हिमाली नर्सरीले मात्र झण्डै पाँच क्विन्टल सयपत्री फूल बजारमा पठाउने भएको नर्सरीका सञ्चालक अङ्कित श्रेष्ठ बताउछन्। उनकाअनुसार दाङ, सुर्खेत, प्युठानका फूल व्यवसायीले अहिलेसम्म दुई क्विन्टल फूलको माग गरिसकेका छन्। यहाँ उत्पादन भएका सयपत्री फूल भारतको भन्दा गुणस्तरीय छन्। प्रतिकिलो रु ४०० का दरले सयपत्री फूल बिक्री हुँदै आएको पुष्प व्यवसायी बिन्दु चर्तीमगर बताउछन्। दुई हजार सयपत्री र दुई हजार मखमली फूलका माला बिक्री गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

उनले भने, “तिहारमा झण्डै रु १६ लाखको फूलका माला बिक्री गर्ने मेरो लक्ष्य छ।” कोहलपुर, दाङ र पाल्पाबाट फूलको माग रहेको चर्ती फ्लोराकी सञ्चालकसमेत रहनुभएकी चर्तीमगरले बताए। पछिल्लो समय यहाँ मखमली तथा सयपत्री फूलको खेतीमा किसानको आकर्षण बढेको छ। सभा समारोह, जन्मदिन, विवाह, पूजाआजा, व्रतबन्ध, भोजलगायतमा फूल प्रयोग हुने गरेको छ। होटल, कार्यालय, पसलमा समेत फूल प्रयोग हुन थालिएपछि अहिले फूलको माग बढेको व्यवसायी चर्तीमगर बताउछन्।

“तिहारमा धेरै माग हुने सयपत्री, मखमली, सुपारीलगायतका फूल बाँकेमै उत्पादन भएका छन्, जसले गर्दा भारतीय फूल विस्थापित भएका छन्”, उनले भने। आधुनिकतासँगै प्राकृतिक फूल र वातावरणमैत्री सामान प्रयोग हुन थालेका उहाँको भनाइ छ। फूल उत्पादक व्यवसायीले पनि फूलको माग बढ्दै गएको बताएका छन्। सबैभन्दा बढी सयपत्री तथा मखमली फूलको कारोबार हुने व्यवसायीको भनाइ छ।

नेपालगञ्ज नाकाबाट मखमली र सयपत्री फूल अहिलेसम्म नआएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए। नेपालगञ्ज नाकाबाट आर्टिफिसियल ९कृत्रिम० माला आए पनि सयपत्री र मखमली फूल आएको तथ्याङ्क भन्सार कार्यालयसँग नभएको उनले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा रु चार लाख ५६ हजार ६९४ र आर्थिक वर्ष २०७५/०७६ मा रु पाँच लाख ८९ हजार ८३३ बराबर प्लास्टिकका कृत्रिम माला नेपाल भित्रिएका थिए।रासस।


प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६  १५:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला उद्यमी संघ बाँकेमा नयाँ नेतृत्व, रेवती सिंह अध्यक्ष
महिला उद्यमी संघ बाँकेमा नयाँ नेतृत्व, रेवती सिंह अध्यक्ष
स्वर्गीय प्रसाईंको सम्झनामा दीप प्रज्वलन
स्वर्गीय प्रसाईंको सम्झनामा दीप प्रज्वलन
नेपालगञ्ज-दिल्ली उडानका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइने
नेपालगञ्ज-दिल्ली उडानका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइने
बुद्धभूमि ब्राण्डका पदार्थ विक्री वितरण गर्न ग्लोबल डेरीको वितरण केन्द्र अब नेपालगञ्जमा पनि
बुद्धभूमि ब्राण्डका पदार्थ विक्री वितरण गर्न ग्लोबल डेरीको वितरण केन्द्र अब नेपालगञ्जमा पनि
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP