prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • स्वीकृति नलिई जेनेटिक अनुसन्धान गरेको भन्दै स्पष्टीकरण माग
स्वीकृति नलिई जेनेटिक अनुसन्धान गरेको भन्दै स्पष्टीकरण माग
banijya office
छापाबाट
शुक्रबार, जेठ २, २०७७ छापाबाट
स्वीकृति नलिई जेनेटिक अनुसन्धान गरेको भन्दै स्पष्टीकरण माग

nepalgunj 081-082

नेपालगन्ज । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ ले सङ्क्रमित एक युवाको अनुवंशिक (जेनेटिक) को परिषद्को स्वीकृतिबेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टीकरण सोधेको छ ।    
    
परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. रञ्जित शाह र प्रयोगशालकै डा. रुना झा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे, महाशाखाकै डा. विवेककुमार लाल र महाशाखाकै डा. हेमन्तचन्द्र ओझालाई स्पष्टीकरण  सोधेको हो ।    
    
ती छ जनाले परिषद्लाई नै थाहा नदिई सङ्क्रमित युवाको स्वाब सङ्कलन गरी अनुसन्धानका लागि विदेशीलाई दिएका थिए । परिषद्ले उनीहरूले नेपालका कोभिड–१९ सङ्क्रमित एक युवाको जेनेटिकको अनुसन्धानमा विदेशीलाई संलग्न गराई ‘माइक्रोबायोलोजी रिसोर्स अनाउन्समेन्ट’मा प्रकाशन गरेको अनुसन्धानमूलक लेखमा परिषद्को स्वीकृत नलिई प्रकाशन गरेको भन्दै परिषद् ऐन २०४७ को दफा १२ (३) बमोजिम स्पष्टिकरण सोधिएको परिषद्का प्रशासन प्रमुख खरेलले जानकारी दिए ।    
    
परिषद्ले लेख प्रकाशित भएपछि गत वैशाख २६ गते स्पष्टीकरण सोध्ने निर्णय गर्दै उनीहरूलाई स्पष्टिकरणका लागि वैशाख २९ गते पत्र पठाएको थियो ।  “नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानवस्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्नेमा स्वीकृति नलिइकन अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख प्रकाशन गरेको हुँदा तपाईँहरूले परिषदबाट स्वीकृति नलिई उक्त अनुसन्धानमूलक लेख प्रकाशन गरेबापत तपाईँहरूलाई किन कारबाही नगर्ने?” स्पष्टीकरणमा भनिएको छ, “कारवाही गर्न नपर्ने कुनै मनासिब कारण भए सोको स्पष्ट लिखित जवाफ प्रमाणसहित यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र परिषद्मा पेश गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा १२ (३) बमोजिम परिषद्को मिति २०७७ साल वैशाख २६ गतेको निर्णय भएको हुँदा निर्देशानुसार जानकारीका लागि अनुरोध छ ।” गोरखापत्र दैनिकमा खबर छ ।



प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  ०७:२०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP