prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • छाउगोठ भत्किए पनि प्रथा कायमै
छाउगोठ भत्किए पनि प्रथा कायमै
RSG-2
रासस
मंगलबार, कात्तिक ४, २०७७ रासस
छाउगोठ भत्किए पनि प्रथा कायमै

कैलाली (भजनी) । छाउपडी प्रथा उन्मूलनका लागि स्थानीय तहले धेरै प्रयास गरे र  ग्रामीण बस्तीमा छाउपडी गोठ भत्काइए पनि यो प्रथा अझै कायमै रहेको पाइएको छ ।

कैलालीको टीकापुर नगरपालिका–७ बैदीकी १७ वर्षीया किशोरी रेनुका साउँद गाउँघरमा अझै पनि छाउपडी प्रथा कायमै रहेको बताउँछिन् । उनका अनुसार अझै केही घरमा  छाउगोठ छन् । छाउगोठमा बस्दा सर्प, किरा–फट्याङ्ग्राको डरैडरले सुत्नुपर्ने,  रातभर निद्रा नलाग्ने र  आफू कसैबाट बलात्कारको सिकार पो भइन्छ कि भन्ने चिन्ताले पिरोल्ने गरेको साउदको गुनासो छ ।

यस्तै सोही नगरपालिका–७ सत्तीकी जानू जैसी केहीवर्ष पहिले घरभन्दा टाढा बनाइएको छाउगोठमा बस्नु परेको स्मरण गर्दै आजभोलि छाउगोठमा बस्नु नपरे पनि छाउपडी प्रथा चाहिँ कायमै रहेको बताउँछिन्  । यस्तो बेला घरको एक कुना अर्थात् बरन्डा वा घरको पालीमा सुत्नुपर्छ । पहिलाभन्दा अलि सुरक्षित भएको महसुस चाँही भएको छ । जानू भन्छिन्, “परिवारको विभेद र सर्प किरा– फट्याङ्ग्राको डर त अझै कायमै छ ।”

सोही वडाको रामजानकी टोलकी सञ्जिता ढुङ्गानाको पनि  त्यस्तै भनाइ छ । गर्मीमा किरा–फट्याङ्ग्राको डर र जाडोकोे समयमा प्रशस्त लुगा नहुँदा चिसोमा सुत्नुपर्ने बाध्यता रहेको बताउँदै ढुङ्गाना जतिबेला आफूहरूलाई पोषिलो खानाको आवश्यकता हुन्छ, त्यतिबेला दूध, दही, घिउ खान नपाएको गुनासो गर्छन् ।

“यस्ता खाद्य पदार्थ महिनावारी भएका बेला खाएमा देवीदेउता रिसाउँछन्  र घरमा अनिष्ट हुन्छ भनेर वृद्धवृद्धाले पोषिलो खाना खान र छुनसमेत दिँदैन”, उनी भन्छन्, “हामीहरू छाउपडी प्रथाका बारेमा सचेत त छौँ तर बुढापाकाको चेतनामा परिवर्तन नल्याएसम्म यो प्रथा हटाउन सकिन्न  ।”सोही नगरपालिका–७ की अस्मिता धामी अधिकांश ग्रामीण बस्तीमा अन्धविश्वास रहँदै आएकाले  रजस्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने भन्दै घरका बुढापाकाले पोषिलो खाना दिने नगरेको उल्लेख गर्छिन्  । 

टीकापुर–७ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी शान्ति नेपाली महिनावारी भएकी महिलालाई झन् सफा राख्नुपर्ने र प्रशस्त पोषिलो आहार खुवाइ आराम गराउनुपर्ने अवस्थामा ग्रामीण स्तरका महिला झनै अप्ठ्यारो अवस्थामा रहेको बताउँछिन्  ।

उनका अनुसार परम्परागत अन्धविश्वासका कारण यस्ता महिलालाई छोए  अशुद्ध  होइने भएकाले छोए पनि सुनपानी छर्कने, घरका कुलदेवता चोख्याउनुपर्नेजस्ता प्रचलन कायमै छन् । सोही नगरपालिका–९ का वडासचिव लोकबहादुर बुढा छाउपडी बसेका बेला बलात्कार हुने र सर्पले टोकेर मर्नेजस्ता घटनामा कमी नआएको उल्लेख गर्दैै कतिपय महिला छाउपडी बसेका बेला चिसोले कठ्याङ्ग्रिएर र कतिपय बढी रक्तस्राव भएर पनि मर्ने गरेको  छ भन्छिन् ।

कर्णाली माध्यमिक विद्यालयकी शिक्षिका सरस्वती साउँदका अनुसार विगतका दिनमा स्कूल पढ्दै गरेका साना नानीहरूमा महिनावारी हुँदा गरिने भेदभावपूर्ण व्यवहारले विद्यालय नआउने घटना पछिल्लो समयमा कम हुँदै गएको छ ।

महिनावारी भएका छात्राका लागि विद्यालमा स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ भन्दै उनी अझै जनचेतनामूलक कार्यक्रमलाई  निरन्तरता हुनुपर्ने आवश्यकता औँल्याउँछिन् ।महिनावारीको समयमा महिलाले आफ्नो स्वास्थ्यप्रति अझ बढी जागरुक हुनु जरुरी भएकाले सरसफाइमा ध्यान पुर्याउनाका साथै दैनिक आहारमा पोषिलो खानेकुराको मात्रा बढाउनुपर्ने स्वास्थ्यकर्मी गोविन्द कठायत जोड दिन्छन् ।

गत वर्ष उक्त नगरपालिकाले छाउपडी प्रथाजस्ता कुरीतिविरुद्घ जनचेतना फैलाउने र छाउपडी गोठ भत्काउने अभियानमा ६० जति छाउगोठ भत्काइएको नगरपालिकाका महिला तथा बालबालिका शाखाप्रमुख सङ्गीता शाह बताउँछिन्  ।

विगतका दिनमा छाउपडी प्रथा तथा छाउगोठ मुक्त गर्नका लागि नगरपालिकाले विभिन्नखाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको र  आगामी वर्ष पनि त्यसलाई निरन्तरता दिनका लागि रू एक लाख  विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्ला जानकारी दिन्छन् ।

अझै पनि छाउपडी प्रथा नहटेका कारण महिलाहरू छाउगोठमा बस्ने गरेको पाइन्छ भने केहीले छाउगोठमा नबसी घरको पालीमा बस्ने गरेको पाइन्छ । छाउगोठ बनाउने र छाउगोठमा बसेको कसैले वडा कार्यालयमा उजुरी गरेमा त्यस्ता घरपरिवारलाई वडा कार्यालयबाट दिइने सेवा तथा सुविधा रोकिने टीकापुर वडा नं.७ का वडाध्यक्ष रामलाल डगौरा थारू जोड दिन्छन् ।

संस्कृतिको आडमा महिलामाथि गरिने यस्ता अमानवीय व्यवहारविरुद्ध सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहे पनि त्यसको प्रभावकारी परिणाम आउन  सकेको छैन ।यस्तो प्रथाका कारण कैयौँ महिला जङ्गली जनावरको सिकार हुने, विभिन्न रोगको सिकार भइ शिशु र मातृमृत्युदर बढाउनाका साथै महिलाको  मानवअधिकारको हनन भइरहेको महिला अधिकारकर्मीको भनाइ छ ।

महिलाको जीवनस्तर र चेतनास्तर उठाउने कामलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने बताउँदै यसविरुद्ध आवाज उठाउन अब कति पनि ढिलो गर्नु नहुने भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका  अध्यक्ष देवेन्द्र जैसी जोड दिन्छन् ।

छाउपडी प्रथामा समुदायलाई नै दोषी मान्ने  र जबर्जस्ती उनीहरूमा बाहिरी संस्कृतिको प्रभाव पार्नाको साटो सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएर, जनताको शैक्षिकस्तर बढाएर र  प्रकृतिक कुराको वास्तविकता बुझाएर यस्ता प्रथा र कुरीतिहरूलाई बिस्तारै कम गर्न सकिने महिला अधिकारकर्मी शान्ति अर्याल बताउँछन् ।


प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १६:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलपूर्वक बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा 'संक्रमणकालीन न्याय र पीडितको न्याय' विषयक अन्तरक्रिया
बलपूर्वक बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा 'संक्रमणकालीन न्याय र पीडितको न्याय' विषयक अन्तरक्रिया
क्रियाशील पत्रकारलाई मात्रै सदस्य बनाउन प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष केसीको निर्देशन
क्रियाशील पत्रकारलाई मात्रै सदस्य बनाउन प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष केसीको निर्देशन
संघसंस्था ऐन २०८२ को मस्यौदामा नागरिक समाजको असहमति
संघसंस्था ऐन २०८२ को मस्यौदामा नागरिक समाजको असहमति
विशाल रक्तदान शिविरमा ११९१६ पिन्ट रगत संकलन, नेपालगञ्ज क्षेत्रमा ५६२ पिन्ट
विशाल रक्तदान शिविरमा ११९१६ पिन्ट रगत संकलन, नेपालगञ्ज क्षेत्रमा ५६२ पिन्ट
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP