नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • रारा–सिञ्जा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि
रारा–सिञ्जा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ३०, २०७६ बागेश्वरी पोस्ट
रारा–सिञ्जा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि
फाइल फोटो

काठमाडौँ, ३० असोज । चारै तिर मनमोहक हिमाल, वरीपरि हरीयाली जंगल, बिचमा सुन्दर ताल रारा । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको मुगुको रारा तालले पर्यटकलाई मनै लोभ्याएको छ ।

मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा ताल हेर्ने पर्यटकहरु अहिले बढेका छन् । दशैँ सकिएपछि रारा हेर्ने पर्यटकको भीड हवात्तै बढेको हो । नाग्म–गमगडी राजमार्गमा अहिले रारा हेर्न आउने पर्यटकका गाडीहरु बाक्लो रुपमा देखिन थालिएको स्थानीयवासीले बताएका छन् ।

रारा तालले दिनमा निकै चोटि रङ्ग फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । रारा तालले मौसम अनुसार दिनमै चार पाँच चोटी रङ्ग र्फछ । त्यही रङ्गफेर्ने रारातालको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया । अनि रारा साँच्चिकै स्वर्गको अप्सरा जस्तै देखिन्छ र पर्यटकलाई मनै लोभ्याएको हुन्छ । काठमाडौंबाट पहिलो चोटि रारा ताल घुम्न आएका डा अशोक महासेठले यस्तै अनुभव गरे ।

दशैँयता मात्रै पाँच हजारभन्दा बढी पर्यटकले रारा र सिञ्जा अवलोकन गरिसकेको प्रहरी चौकी गोठीज्यूलाको अनुमान छ । सिञ्जा क्षेत्रको गोठीज्यूला, जुम्ला र कालिकोटको सिमाना नाग्मबजार, राराताल र जुम्लाको खलङ्गा बजार तथा कर्णाली राजमार्गका विभिन्न स्थानमा अहिले रारा जाने र फर्किने पर्यटकको भीड बढेको व्यवसायीहरु बताउँछन् । नाग्म–गमगडी राजमार्गमा पर्यटक सवार गाडीहरु बाक्लो रुपमा गुडिरहेका छन्, तर बाटो हिलो र धुलोले सास्ती व्योहोर्नु परेको पर्यटकहरु बताउँछन् ।

कनकासुन्दरी गाउँपालिका–३ सिञ्जामा रहेको राराटफ शोभा होटलमा अहिले रारा जाने र आउने पर्यटकलाई खाना खुवाउन र बास बसाल्न चटारो भएको होटलका सञ्चालक भक्तबहादुर बुढाले बताए । उनका अनुसार दैनिक ५०÷६० बढीलाई खाना खुवाउने अवसर मिलेको छ । गोठीज्यूलामा अहिले करीब तीन दर्जन बढी सानातिना होटल रारा र सिञ्जा आउने पर्यटकले धानेका छन् ।

“देशकै ठूलो ताल राराको विषयमा धेरै पहिलादेखि सुनेका थियौं । धेरैपटक जाने योजना पनि बुन्यौ । तस्बिर र टिभीमा रारा देख्दा कहिले पुग्न पाइएला जस्तो लाग्थ्यो, तर हामी यसपाली पुग्यौं र तालको सौन्दर्यमा रमायौं”, एक साताको समय लिएर रारा र सिञ्जा घुम्न आएका उर्लाबारी नगरपालिका मोरङका नवीन श्रेष्ठले भने, “राराले पर्यटकलाई मनै लोभ्याएको छ तर बाटो विस्तार तथा कालोपत्र नहुँदा सास्ती व्योहोर्नु परेको छ ।” यो राजमार्गमा बढीजसो स्कार्पियो गाडी लिएर पर्यटक आउने गरेका छन् । स्कार्पियो कच्ची बाटोका लागि बलियो भएकाले धेरैजसो स्कार्पियो गाडी आउने गरेको स्थानीय चालक मोती न्यौपानले बताए ।

यसैगरी रारा जाने पर्यटक फर्किँदा वा आउँदा एकपटक प्रायःगरी जुम्ला बजारमा आउने गरेका छन् । अहिले पर्यटक बढेको दौतरी होटल जुम्लाका प्रबन्धक पदमबहादुर महतले जानकारी दिए । लामो यात्रा भएकाले आरम गर्न तथा घुम्न पनि पर्यटक जुम्ला सदरमुकाम खलङ्गामा आउने गरेका छन् । यहाँको सिञ्जा सभ्यतासहित सदरमुकाममा रहेको ऐतिहासिक चन्दननाथ मन्दिर, डुडुल चैत्य गुम्बा, स्याउ बगैँचा, तातोपानीलगायत विभिन्न सम्पदामा पर्यटक रमाउने गरेका छन् ।

केही पर्यटक तत्कालीन विशाल साम्राज्यको राजधानी सिञ्जा र यहाँको कनकासुन्दरी मन्दिर, पाण्डवगुफा, विराट दरबारदेखि विभिन्न पुरातात्विक सम्पदाको अवलोकन गर्न पर्यटक आउने गरेको सिञ्जा कनकासुन्दरी–४ का सूर्यमणि हमालले जानकारी दिए । उनका अनुसार रारा र सिञ्जामा दशैँ र तिहारमा मात्रै करीब २० हजार पर्यटक आउने गर्दछन् ।

सडक स्तरवृद्धि भए समृद्धि

रारा आउने पर्यटक बढे पनि सडक स्तरवृद्धि नहँुदा आएर फर्किने मानिस फेरि नफर्किने गुनासो गर्दै आएका छन् । तर कर्णाली राजमार्ग दुईलेन, नाग्म–गमगडी राजमार्ग कालोपत्र भएमा पर्यटक अहिलेको भन्दा तीन गुणा बढ्ने अनुमान गरिएको छ । सोहीअनुसारको आर्थिक लाभ स्थानीय होटल व्यवासायी र किसानले लिनेछन् । यहाँको अग्र्यानिक स्याउ, सिमी, ओखर, मार्सी चामल बिक्री उत्तिकै बढ्नेमा दुईमत छैन ।


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०८:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा
सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार
सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP