नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेसको निष्कर्ष गण्डकी प्रदेश सरकार असफल
काँग्रेसको निष्कर्ष गण्डकी प्रदेश सरकार असफल
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २१, २०७७ बागेश्वरी पोस्ट
काँग्रेसको निष्कर्ष गण्डकी प्रदेश सरकार असफल
मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेश

पोखरा । कोरोना नियन्त्रणमा गण्डकी प्रदेश सरकारले चालेको कदम प्रभावहीन बनेको भन्दै प्रतिपक्षी दल काँग्रेसले प्रदेश सरकार असफल भइसकेको निष्कर्ष निकालेको छ ।

पोखरामा बिहीबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो । आफूहरुले कोरोना नियन्त्रणका लागि सरकारसमक्ष जनमुखी प्रस्ताव राखेको तर सरकारले भने त्यसलाई बेवास्ता गरेको उनीहरुको भनाई छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ बाट प्रदेश र जनतालाई हुनसक्ने क्षतिबाट बचाउन नेपाली कांग्रेस संसदीय दल गण्डकीले विभिन्न समयमा सुझाव दिने, माननीय मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिने, भेटेर छलफल गर्ने लगायत प्रयास भएकै हो ।’

‘एक घर, एक पिसिआर’ लगायत कोभिड १९ सम्बन्धी संकल्प प्रस्ताव समेत प्रदेसभामा दर्ता गराएको तर सरकार गैरजिम्मेवार भएर नेपाली कांग्रेसको जनमुखी सकारात्मक मागलाई नजरअन्दाज गर्ने, अस्वीकृत गर्ने कार्य गरेको दलको आरोप छ ।

नेपाली काँग्रेसले आंकलन गरेको कोभिड १९ को दुष्परिणाम अहिले आएर यथार्थमा परिणत भएको प्रतिपक्षी दल कांग्रेसका मुख्य सचेतक मणिभद्र शर्मा कँडेलले बताए । निर्णयमा भनिएको छ, ‘यस विषम परिस्थितीमा जनताको पिसिआर गर्ने, संक्रमित र अन्य रोगको उपचार समेत गर्न सरकार असफल भएको सिद्ध भएको छ ।’

संघ सरकारले कोरोना संक्रमितको निशुल्क उपचार र पिसिआर नगर्ने निर्णयको पनि काँग्रेसले विरोध गरेको छ । ‘नागरिकहरुको निशुल्क पिसिआर गर्ने, उपचार गर्ने तथा समस्यामा परेका अन्य नागरिकको उपचार, समस्याको सम्बोधन तत्काल गर्न गण्डकी प्रदेश सरकारलाई जोडदार माग गर्दछौं,’ दलका सचेतक ओमकला गौतमले भनिन् ।

बैठकले नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीको असामयिक निधनप्रति कांग्रेसले शोक व्यक्त गरेको छ । बिहीबार नै केसीको घरमा दलका पदाधिकारी पुगेको सांसद कुमार खड्काले बताए ।

शोकप्रस्तावमा भनिएको छ, ‘उहाँको निधनले नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेश स्तब्ध र दुखित बनेको छ । उहाँको असामयिक निधनले लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुर्‍याएको छ ।’
1604626014.jpg


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  ०९:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP