नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ओली सरकार अधिनाकयवादतर्फ अघि बढ्यो : वरिष्ठ नेता पौडेल
ओली सरकार अधिनाकयवादतर्फ अघि बढ्यो : वरिष्ठ नेता पौडेल
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १७, २०७७ बागेश्वरी पोस्ट
ओली सरकार अधिनाकयवादतर्फ अघि बढ्यो : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

तनहुँ । तनहुँको ब्यास नगरपालिकाको बुल्दी खोलामा पुल उद्घाटन गर्न जाने क्रममा पक्राउ परेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार अधिनाकयवादतर्फ अघि बढेको आरोप लगाएका छन्।

उनी पुल उद्घाटन गर्न जाँदा नेकपा कार्यकर्ताले विरोध गरेका थिए। प्रशासनले झडप हुने सम्भावना भन्दै निषेध आदेश जारी गर्‍यो। निषेध आदेशकै बीच पुल उद्घाटन हिँडेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर साँझ छोडिसकेको छ। 

पौडेलसँगै प्रदेश सांसद सरिता गुरुङ र अन्य नेताकार्यकर्ता समेत पक्राउ परेका थिए। प्रहरी धरपकडका क्रममा केही नेताकार्यकर्तालाई सामान्य चोटपटक लागेको छ।  रिहाइपछि कार्यकर्तालाई सम्बाेधन गर्दै पौडेलले आफूलाई केपी ओली सरकारले सुनियोजित ढंगले पक्राउ गरेको र यसको देशभर नै प्रतिकार हुने बताए।

उनले आफूलाई उपभोक्ता समिति र नगरपालिकाले प्रमुख अथितिका रुपमा बोलाएकाले पुल उदघाटन गर्न गएको भन्दै ओली सरकार अधिनायकवाद र फासीवादतर्फ अगाडि बढेको आरोप लगाए।

उनले कांग्रेसको सरकारका पालामा बजेट विनियोजन गरेर निर्माण सम्पन्न भएको पुल उद्घाटन गर्न नदिनु अधिनायकवाद भएको जिकिर गरे।

कांग्रेस सरकारले नै बजेट हालेर पुल बनाएको र पुल निर्माण गर्ने उपभोक्ता समिति र सम्बन्धित नगरपालिकाले आफूलाई उद्घाटनका लागि बोलाउँदा सरकार आत्तिएको उनको टिप्पणी छ।

वरिष्ठ नेता पौडेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर आफूले पुल उद्घाटन गर्ने तयारी गरेको, यसबारे प्रमुख जिल्ला अधिकारीलाई हिजो साँझ नै जानकारी दिएको तर सरकारले तस्करहरुसँग मिलेर उद्घाटनमा बखेडा गरेको आरोप लगाए।

प्रहरीले धरपकड गरेर आफूलाई नियन्त्रणमा लिएकोमा आपत्ति प्रकट गर्दै पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली अलोकतान्त्रिक भएको टिप्पणी गरे।

उनले बहुदल र लोकतन्त्र ल्याउन ओलीको कुनै पनि भूमिका नभएको टिप्पणीसमेत गरे।


प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १८:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP