prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक चलखेलमा नेपालगन्ज उपमहानगरपालिकामा नियम मिचेर टेण्डर स्वीकृत
आर्थिक चलखेलमा नेपालगन्ज उपमहानगरपालिकामा नियम मिचेर टेण्डर स्वीकृत
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ३, २०७६ बागेश्वरी पोस्ट
आर्थिक चलखेलमा नेपालगन्ज उपमहानगरपालिकामा नियम मिचेर टेण्डर स्वीकृत
null

नेपालगन्ज ।नेपालगन्ज  उपमहानगरपालिकाको मुख्य सडक सरसफाईको लागि आव्हान गरिएको बोलपत्रमा चलखेल गरी नियम मिचेर कार्यक्षेत्र भन्दा बाहिर गई टेण्डर पारिएकोे छ । उप–महानगरले मुख्य सडक सरसफाईका लागि गत भदौ २ गते १ करोड ३४ लाखको ईबिड मार्फत बोलपत्र आव्हान गरेको थियो ।

nepalgunj 081-082

कुनै पनि हार्डकपी मन्य नहुनेगरी आव्हान गरिएको बोलपत्रमा सो बोलपत्र देव सरसफाई सेवा प्रा।लि कोटेश्वर काठमाण्डौलाई पारिएको छ। बोपलपत्र पेश गर्दा देब सरसफाईले कुनै पनि प्रमाणित कागजपत्र पेश नगरेको हुँदा हुँदै पनि उपमहानगर बोर्ड समेतलाई प्रभावमा पारेर मुख्य सडकको सरसफाईको जिम्मा दिईएको हो । सो बोलपत्रमा देव सरसफाईले १ करोड ८ लाख ८८ हजार ६ सय ८०, खुकुरी नेपाल सेक्युरेटिज प्रालि काठमाण्डौले १ करोड २४ लाख १३ हजार ७ सय ७८ रुपैयाँ ८५ पैसा, स्वच्छ नेपाल हाम्रो अभियान नेपालगञ्जले १ करोड २७ लाख ४४ हजार ३ सय ५४ रुपैया ७० पैसा र डिलक्स सेक्युरिटि काठमाडौले १ करोड ३० लाख ९५ हजार ४ सय रुपैया ५० पैसामा बोलपत्र पेश गरेको भएपनि खरिद नियमावलीलाई टेकेर सबैभन्दा थोरै रकमको बोलपत्र हाल्ने देव सरसफाईलाई कामको जिम्मा दिएको उपमहानगरले दाबी गरेको छ ।

जबकी बोलपत्र आव्हानको सूचनामा तोकिएको प्रकृया नै पुरा नगरेको देव सरसफाईलाई उपमहानगरको आर्थिक प्रशासनले प्रकृयामा समावेश गरी बोलपत्र उसैको पक्षमा दिनुले अनियमतता भएको हुनसक्ने देखिएको छ । ‘रित नपुगेका र शर्त राखिएका बोलपत्रहरु आफै खारेज हुने वा प्रकृयामा सामेल नहुने बोलपत्रको बुँदा नं।८ मा उल्लेख भएपनि त्यसतर्फ आँखा चिम्लेर बोलपत्र पारिएको छ’– उपमहानगर निकट स्रोतले भन्यो । देव सरसफाईले बोलपत्र पेश गर्दा र खोल्दासम्म पनि बुटवल कार्यक्षेत्रको मात्र श्रमिक आफूर्ति ईजाजत लिएको तर, नेपालगञ्ज कार्यक्षेत्रका लागि ईजाजत नलिएको भन्दै श्रम तथा व्यावसाय जन्य सुरक्षा विभागले देव सरसफाईलाई आफ्नो कार्य क्षेत्र भन्दा बाहिर नजानको लागि असोज २८ गते ध्यानाकर्षण पत्र समेत पठाएको छ । ‘थोरै रकम राखेर प्रकृया नै पुरा नगरी पेश गरेको बोलपत्र कसरी पास भयो यो आश्चर्यको विषय बनेकोले हामीले सूचनाको हक सम्बन्धित अधिकारको प्रयोग गरी कात्तिक ३ गते सुचना माग्यौ तर उपमहानगरले कुनै रेस्पोन्स नै गरेन’–खुकुरी नेपाल सेक्युरिटिजका मार्केटिङ्ग म्यानेजर रतन चलाउनेले भने ।

रित नपुगी परेको देव सरसफाईको बोलपत्र पहिलो चरणमै खारेज हुनु पर्नेमा खारेज नगरी टेण्डर पारिनु आर्थिक चलखेलको उपज नै भएको उनको दाबी छ । नेपालगञ्ज उपमहानगरले श्रम ईजाजत लिएर सम्झौताको लागि आउनको लागि देव सरसफाईलाई पत्रकाटे पनि तोकिएको समयमा ईजाजत ल्याउन नसक्दा पनि सम्झौता गरिनुले आर्थिक अनियमितता भएको छर्लङ्ग छ । नेपालगन्ज उपमहानगरलालिकाको आर्थिक प्रशासन शाखाले सबै रित पुराएर देव सरसफाईलाई बोलपत्र परेको जनाएको छ । ‘हामीलाई अरु प्रकृया भन्दा पनि खरिद ऐन अन्तरगत सबै भन्दा थोरै रकम कबुल गर्ने कम्पनीलाई बोलपत्र स्वीकार गरी सम्झौता गरेको हो’–आफुलाई कोड नगर्ने सर्तमा एक कर्मचारीले बताए ।सदरलाइनबाट साभार।


प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  १०:२४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP