नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बैदाम प्रहरीमा पहिलोपटक महिला इन्चार्ज
बैदाम प्रहरीमा पहिलोपटक महिला इन्चार्ज
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ७, २०७७ बागेश्वरी पोस्ट
बैदाम प्रहरीमा पहिलोपटक महिला इन्चार्ज
प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङ

नेपालगन्ज । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इन्चार्जको जिम्मेवारी प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङले सम्हाल्ने अवसर पाएकी छन् । केही दिनअघि मात्र जिम्मेवारी सम्हालेकी प्रमुख तामाङलाई पोखरामा क्रियाशील महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले कार्यकालको शुभकामनासहित पोखरामा स्वागत गरेको छ ।

मञ्चकी अध्यक्ष पार्वती पाण्डेले सुरक्षा चुनौती रहिरहने लेकसाडइको वडा प्रहरी कार्यालयमा पहिलोपल्ट महिला इन्चार्ज पाएको उल्लेख गर्दै यस क्षेत्रको शान्तिसुरक्षा र अमनचैनमा थप सुधार आउने विश्वास व्यक्त गरिन् । “हामीले पहिलोपटक महिला इन्चार्ज पाएका छाैं, यो निकै खुशीको कुरा हो, महिला व्यवसायीले अब निर्धक्कका साथ आफ्नो कुरा राख्न सहज हुने विश्वास हामीले गरेका छौँ”, पाण्डेले भनिन् ।

इन्चार्ज तामाङले सुन्दर शहरमा सुन्दर मनहरुको स्वागतले आफूलाई थप हौसला मिलेको बताइन् । उनले भनिन्, “यो स्वागतले मलाई अझै बढी जिम्मेवार बनाएको छ । आफ्नो क्षेत्राधिकारभित्र रहेर शान्तिसुरक्षामा जोड दिँदै अपराध न्यूनीकरणका लागि पहल गर्नेछु ।” उनले आफू आएदेखि चोरीडकैती ‘केस’ अलि बढी आएको जनाउँदै सबै व्यवसायीलाई सिसी टिभी राख्नसमेत आग्रह गरिन् । उनले भनिन्, “नेपाल प्रहरीले सीमित स्रोत र साधनबाट अपराध अनुसन्धानमा काम गरिरहेको छ, कतिपय घटनाहरुको अनुसन्धान निकै जटिल हुने गर्छ, सिसी टिभी राख्नुभयो भने अपराध अनुसन्धानमा सहयोग पुग्छ ।”

उनले समाजलाई अपराधरहित बनाउन नागरिकको पनि साथ आवश्यक रहने बताइन् । “हामी बर्दीसहितका प्रहरी हौँ, नागरिक बर्दीविनाका प्रहरी हुन्, अपराधरहित समाजका लागि हामी सबैको हातेमालो आवश्यक छ ।” उनले पर्यटकीय क्षेत्रको जिम्मेवारीलाई आफूले अवसरसँगै चुनौतीका रूपमा लिएको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबमा नपरी नागरिकका लागि काम गर्ने बताइन् ।

मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष उमा भण्डारी, सचिव ममता न्यौपानेलगायतले लेकसाइडका विभिन्न ठाउँमा हुने गरेका अवाञ्छित गतिविधिले व्यवसायीलाई असर गरेको जनाउँदै समाधानका लागि प्रहरी प्रशासनको सक्रियता बढाउन आग्रह गरेका थिए । लेकसाइडमा राति ‘मोडिफाई’ गरेका मोटरसाइकलका आवाज र डान्स डिस्कोबारका ध्वनि प्रदूषणसँगै लागू औषध, मादक पदार्थ सेवन गरेर मध्यरातमा होहल्ला गर्ने र चोरीडकैतीसमेत बढ्दै गएकाले पर्यटकीय क्षेत्रको शान्तिसुरक्षा र पर्यटनमैत्री वातावरणका लागि प्रहरी प्रशासनले विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो ।


प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  ०८:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
चाडपर्वमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ : एसपी जिसी
चाडपर्वमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ : एसपी जिसी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP