नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्ड-नेपाल समूहले गर्यो कांग्रेस कार्यकर्तामाथि चक्कु प्रहार
प्रचण्ड-नेपाल समूहले गर्यो कांग्रेस कार्यकर्तामाथि चक्कु प्रहार
RSG-2
दुई वडा अध्यक्षसहित नेकपा कार्यकर्ता पक्राउ
बागेश्वरी पोस्ट
बुधबार, माघ ७, २०७७ बागेश्वरी पोस्ट
प्रचण्ड-नेपाल समूहले गर्यो कांग्रेस कार्यकर्तामाथि चक्कु प्रहार

रुकुम पश्चिम । पटक पटक विवादमा आईरहने रुकुम पश्चिमको आठबिसकोट क्षेत्रमा मंगलबार नेकपा (प्रचण्ड-माधव समुह) र नेपाली कांग्रेसका कार्यकर्ता बिचको झडपले राडिबजार तनाव ग्रस्त बनेको छ । प्रहरी कार्यालयमै हतियार सहितका नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेपछि कांग्रेस समर्थित कार्यकर्ताले ईलाका प्रहरी कार्यालय आठबिसकोटमा ढुंगा प्रहार गरे र नाराबाजि गरेका छन् । दुबै पक्षका कार्यकर्ताहरुबिच पटक पटक भईरहने विवाद मिलाउन प्रहरी कार्यालयमा बसेका कांग्रेसबाट उम्मेद्वार बनेका वडा नम्बर ९ का वडाध्यक्ष तारक बहादुर शाहीमाथि तत्कालिन माओवादीबाट उम्मेद्वार बनेका वडा नम्वर ३ का वडाध्यक्ष केशरमान बि।क। र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनारा लगायतले आक्रमण गरेर घाईते बनाए । त्यसपछि प्रहरी कार्यालय भित्रै झपडको अवस्था आएको थियो । आक्रमणमा परेर घाईते एक जना वडाध्यक्षसहित तीन जनालाई थप उपचारको लागि बुधबार कोहलपुर रिफर गरिएको छ । नगरपालिकाको वडा नम्वर ९ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका कार्यकर्ता तारक बहादुर शाही, नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष तेजबिक्रम आरसी र कांग्रेसका सक्रिय कार्यकता दिपक के।सीलाई थप उपचारका लागि रिफर गरिएको छ । घाईते शाहीको अनुहारमा, आरसीको टाउकोमा र केसीको ढाडमा गम्भिर चोट लागेको छ । उनीहरु माथि प्रहरीकै सामुन्ने ढुंगा र चक्कु प्रहार गरिएको थियो । मंगलबार राती जिल्ला अस्पताल सल्ले पुर्‍याईएका उनीहरुको अवस्था गम्भिर भएपछि रिफर गरिएको र कोहलपुर शिक्षण अस्पताल लिईएको नेपाली कांग्रेस आठबिसकोट नगरपालिकाका नगर सभापति कमल शाहले जनाए । घटनामा संलग्न दुई जना वडाध्यक्षसहित ५ जनालाई प्रहरीले पक्राउ गरेर मंगलबार राति नै जिल्ला ल्याएको छ । आठबिसकोट नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष केशरमान बि.क., वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनारा, नेकपाका कार्यकर्ताहरु बिरेन्द्र बि.क.(गोपाल), जेडि भनिने जयबहादुर बि.क. र धिरेन्द्र बि.क.लाई पक्राउ गरी जिल्ला ल्याईएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय आठबिसकोटको कार्यालयमै झपड तथा तोडफोड भएको र एकजना प्रहरी सहायक निरिक्षक र दुई जना प्रहरी जवान सामान्य घाईते भएको बताईएक छ । नेपाली कांग्रेसले वडा नम्बर ३ का वडाध्यक्ष केशरमान बि.क.र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनारा लगायतका कार्यकर्ताले प्रहरीकै अगाडि चक्कु र बोतल प्रहार गरेको जनाएको छ । प्रहरीकै अगाडि वडाध्यक्ष शाही माथि आक्रमण भएपछि नेपाली कांग्रेस समर्थित कार्यकर्ताले प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेका थिए । दिनभर आठबिसकोट तनाव ग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले उक्र क्षेत्रमा मंगलबार साझ ५ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा समेत जारी गरेको छ । मंगलबार दिनभर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३६ राउण्ड हवाई फायर समेत गर्नुपरेको प्रहरीको भनाई छ । दुबै राजनीतिक दलका कार्यकर्ता बिच आठबिसकोटमा खानेपानी, बस काउन्टर लगायतका बिषयमा बेला बेला विवाद हुने गरेको छ । स्थानीयवासीहरु दुबै दलका यस्ता गतिबिधिबाट असुरक्षित भएको बताउँदै आएका छन्।हाम्राकुराबाट।


प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १९:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP