नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • योगिनी कप भलिबलमा न्यु एभरेष्ट डिस्लरीको सहप्रायोजन
योगिनी कप भलिबलमा न्यु एभरेष्ट डिस्लरीको सहप्रायोजन
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ ११, २०७७ बागेश्वरी पोस्ट
योगिनी कप भलिबलमा न्यु एभरेष्ट डिस्लरीको सहप्रायोजन

नेपालगन्ज । खजुरा गाउँपालिकामा हुन लागेको योगिनी कप अन्तर क्लब पुरुष भलिबल प्रतियोगितामा न्यु एभरेष्ट डिस्लरी प्रालिले सहप्रायोजन गर्ने भएको छ । आज आयोजक योगिनी युवा क्लबका अध्यक्ष र न्यु एभरेष्ट डिस्लरी प्रालिका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले संयुक्तरुपमा आयोजना गर्न लागेको प्रतियोगितामा स्थानीय क्लबको सहभागिता रहने आयोजकले बताएको छ । खजुराको गौघाटमा आगामी माघको २२ गतेदेखि २४ गतेसम्म प्रतियोगिता गर्ने तयारी भइरहेको छ । प्रतियोगितामा १२ क्लबले प्रतिष्पर्धा गर्ने आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले बताउनुभयो । आज भएको पत्रकार सम्मेलनमा न्यु एभरेष्ट डिस्लरीका अध्यक्ष श्रेष्ठले स्थानीयस्तरमा हुन लागेको प्रतियोगितालाई सहयोग गर्ने उद्देश्यले प्रायोजन गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खेलकुद समाजका युवाहरुलाई संक्रिय बनाउने एउटा सशक्त माध्यम हो । म आफैं पनि खेलाडी भएकोले खेलकुदका प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । हाम्रो सहयोगले प्रतियोगितालाई सफल गर्नमा मद्धत पुग्नेछ । प्रतियोगिताले स्थानीय स्तरबाट राम्रो खेलाडी उत्पादन गर्नेमा पनि हामीलाई विश्वास छ ।’ आयोजक योगिनी युवा क्लबका अध्यक्ष थापाले प्रायोजन गर्ने न्यु एभरेष्ट डिस्लरीलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले आफ्नो समाजको लागि आफ्नो क्षमता अनुसार योगदान गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको छौं । यसलाई सफल बनाउन थुप्रै संघसंस्थाको सहयोग आवश्यक हुन्छ । न्यु एभरेष्टले प्रायोजन गरेर प्रतियोगिता आयोजनामा थप उत्साह जागेको छ । यसका लागि हामी उहाँहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं ।’ खेलकुदको लोकप्रियता भएको गाउँमा भलिबल प्रतियोगिता आयोजना गरेर प्रतिभावान खेलाडी उत्पादन गर्दै त्यस क्षेत्रको आन्तरिक पर्यटन प्रर्वद्धन गर्न पनि भलिबल प्रतियोगिताले सहयोग गर्ने रंगशाला नेपाल मिडिया प्रालिका अध्यक्ष कमल खत्रीले बताउनुभयो । योगिनी माविमा हुने प्रतियोगिताको विजेताले २१ हजार, मेडल ट्रफी र शिल्ड तथा उपविजेताले १० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ । यसैगरी विधागतरुपमा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने आयोजकले बताएको छ ।


प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  २०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP