prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सत्ता स्वार्थमा जोडिए फेरि सत्ता स्वार्थमै टुंगिए
सत्ता स्वार्थमा जोडिए फेरि सत्ता स्वार्थमै टुंगिए
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २४, २०७७ बागेश्वरी पोस्ट
सत्ता स्वार्थमा जोडिए फेरि सत्ता स्वार्थमै टुंगिए

नेपालगन्ज। तीन वर्ष अघि तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादीले सत्ता स्वार्थबाट प्रेरित भएर संघीय संसदको निर्वाचनमा दुई पार्टीको चुनावी गठबन्धन गरे ।

paribartan 1

एउटै घोषणपत्रमा निर्वाचनमा भाग लिए र जनतामा गए । जनताले पनि पत्याइदिए झण्डै दुई तिहाइ मत दिएर सरकारमा पठाए । दुई तिहाइ मतको हाराहारीमा पुगेको नेपालको कम्युनिष्ट पार्टीले बलियो सरकार बनायो । त्यसको नेतृत्व हालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । नेपालको इतिहासमा २०१५ सालपछिकै सबैभन्दा बलियो सरकार २०७४ साल फागुनमा बनेको थियो ।

सरकार बने यता प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपाल भन्ने आकर्षक नारा ल्याए । झट्ट हेर्दा र सुन्दा यि र यस्तै नाराले जनताको ध्यान खिच्यो पनि । सरकार बन्नुपूर्व दुई पार्टीको एकिकरण गर्ने र त्यही अनुसार अघि बढ्ने गरी तत्कालिन एमाले अध्यक्ष र तत्कालिन माओवादी केन्द्रका अध्यक्षले सत्ता साझेदारीका लागि तीन बुँदे सहमति गरेका थिए । त्यो सहमति धेरै समयसम्म गोप्य राखियो । तर प्रचण्डले भारत भ्रमण गरेका बेला आधा आधा कार्यकाल सत्ता साझेदारी गर्ने गोप्य सम्झौता गरेको रहस्य खोलेपछि २०७५ जेठ ३ गते गरेको पार्टी एकिकरणमा ७ रेक्टर स्केलको भूकम्प बराबरको कम्पन ल्यायो ।

त्यसपछिका दिनमा नेकपाभित्र सो भूकम्पको ठूल्ठूला पराकम्पनहरु गए । जसले गर्दा आजको अवस्थामासम्म आइपुग्दा दुवै पार्टीलाई सर्वोच्च अदालतले अलग अलग गराउने क्रममा एकिकरण नै भंग गर्ने अवस्थामा ल्याइदियो । सिंगो नेकपा हुन्थ्यो भने निर्वाचन आयोगले दिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले अपहरण गर्ने अवस्था आउदैनथ्यो ।

साथै एकिकरण भंग गर भन्ने अवस्था पनि आउदैनथ्यो । पार्टीभित्र आएको विग्रह र असन्तुलनको फाइदा राज्यका संबैधानिक अंगमा बस्ने व्यक्ति र पात्रले समेत लिएका छन् । त्यसकै असरका रुपमा सर्वोच्च अदालतको फैसलालाई लिन सकिने अवस्था छ ।

जानकारहरुका अनुसार नेकपा नाम मात्रै विवादमा रहेपनि सर्वोच्चले एकिकरण नै भंग गर्ने आदेश दिएपछि भने संसद पुर्नस्थापना गरेर ओलीलाई गरेको "अन्याय" नेकपा नाममा गरेको फैसलाबाट "न्याय" गरेको देखिएको छ । यद्यपि यो विषयलाई यसै भन्ने अवस्था छैन । दुवै पार्टी सत्ताकै लागि जोडिएका र सत्ताकै लागि विभाजित भएको अवस्थामा सर्वोच्चको फैसलालाई पनि अन्यथा मानिहाल्नुपर्ने अवस्था भने छैन ।

सत्ता स्वार्थ मिल्दा एक भएका र सत्तामा भागवण्डा नमिल्दा विभाजित हुने अवस्थालाई सर्वोच्चले ढोका बन्द गराउने कोसिसको रुपमा पनि लिन सकिने अवस्था आएको छ । सत्ता स्वार्थबाट शुरु भएको एकिकरण प्रकृया सर्वोच्च अदालतको एउटा फैसलाले टुंग्याइदिएको भन्न सकिने अवस्था बनेको छ । संसद् विघटनपछि बदलिँदै गएको राजनीतिक माहौल सर्वोच्चबाट संसद् पुनर्स्थापना भएपछि एउटा लयमा आइनपुग्दै पुन विवादित र अन्यौलग्रस्त बनाएपनि दुवै पार्टीका नेताहरुको व्यक्तिगत कुण्ठा र कार्यशैलीबारे यसपल्ट नेपाली जनताले राम्रैसँग सुन्ने र मनन गर्ने मौका भने पाएका छन् ।

जसले गर्दा सुल्झन बाँकी समस्या केपी शर्मा ओली र दाहाल–नेपाल समूहमा मध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक कुन समूह भन्ने अन्योल कायमै रहेका बेला ऋषि कट्टेललाई नाम दिएपछि सत्ता स्वार्थमा मात्रै एकिकरण सम्भव रहेनछ विचार सिद्धान्त र कार्यदिशा पनि प्रष्ट हुनुपर्नेछ भन्ने विषय उठान समेत भएको छ ।

सर्वोच्चमा रहेको अर्को नेकपा नाम सम्बन्धी कानुनी विवाद टुङ्ग्याउँदै आइतबार अदालतले नामसँगै पार्टी एकीकरणको प्रक्रियामा समेत प्रवेश गर्दा नेकपाभित्र चर्किएको राजनीतिक विवाद समाधानको बाटोमा जानुपर्नेमा त्यसो हुन सकेन । नेकपाभित्र ओली समूह र दाहाल–नेपाल समूहको रूपमा गिजोलिएको राजनीतिलाई एकीकरण प्रक्रिया खारेज गर्दै पुन नयाँ प्रक्रियाबाट अगाडि बढ्न आएको अदालतको फैसलाले अन्यौल सिर्जना गरिदिएको छ । अदालतको आदेशसँगै नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएको छ ।

तर यो बिचमा नेकपाको नाममा धेरै राजनीतिक र प्रशासनिक निर्णयहरू भइसकेका छन् । पार्टीको नामको विवादभित्र मात्र सीमित भएर अदालतबाट फैसला आएको भए नयाँ नाम चयन गर्ने प्राविधिक पाटो मात्र बाँकी रहन्थ्यो । त्यसको समाधान निर्वाचन आयोगमा दर्ता नभएको नामको चयनबाट समाधान हुन सक्थ्यो ।

तर एकै हुन नसक्ने गरी ने क पा भित्र विवाद चर्किरहेको र संसदीय अङ्क गणितमा प्रधानमन्त्री ओली कमजोर बन्दै गएको अवस्थामा अदालत नामको मात्र विवाद सुल्झाउनुको साटो पार्टी एकीकरणको प्रक्रियामा समेत प्रवेश गरेर ओलीलाई बलियो बनाइदिदा ओलीले पनि विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना गरिएको छ । यसरी स्वार्थमा जोडिएको सम्बन्ध स्वार्थ पूरा नहुँदा अदालतबाट भंग भएको छ ।हाम्राकुराबाट।


प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १०:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP