prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको हो: देउवा- कांग्रेस सभापति
प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको हो: देउवा- कांग्रेस सभापति
banijya office
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ७, २०७६ बागेश्वरी पोस्ट
प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको हो: देउवा- कांग्रेस सभापति
फाइल फोटो

पोखरा ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप लगाएका छन्।

nepalgunj 081-082

भारतले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि नेपालमा विरोध भइराखेको छ। सरकारले सीमा मिचिएकोबारे अध्ययन गर्न पनि समिति बनाउने निर्णय गरिसकेको छ। तर देउवाले ओलीसँग सल्लाह गरेरै भारतले नक्सा जारी गरेको दाबी गरेका छन्। पोखरामा शनिबार भएको चुनावी सभामा सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको पनि बताए। ‘ओलीले राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर पहिले चुनाव जितेको होइनरु ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा टेकेको छ,’ देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ। ओली राष्ट्रवादी पनि होइन।’

भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप देउवाले लगाए। ‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो। ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै सक्दैन,’ देउवाले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख छ। महाकालीको पानी पनि आधा हक लाग्छ।’ ओली सरकारले जनताका आँखामा छारो हाल्ने काम गरिराखेको देउवाको आरोप छ। ‘यिनीहरू राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन्,’ उनले भने, ‘जनताका आँखामा छारो हानेका छन्।’ ओली सरकारले भ्रष्टाचार बढाएको पनि उनले बताए। ‘हर ठाउँमा भ्रष्टाचार बढेको छ। सरकारले अनावश्यक कर बढाएको छ,’ उनले भने, ‘यतिमात्र होइन, संवैधानिक परिषदलाई शाही आयोगजस्तो बनाउँदैछ।

कठपुतली बनाउन खोजिँदैछ।’ कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने चुनावबाट सरकारका पक्षमा जनता छैनन् भन्ने सन्देश दिन पनि उनले मतदातालाई आग्रह गरेका छन्। ‘यो महत्वको चुनाव हो। यसले सरकार बनाउने त होइन। सरकार अलोकप्रिय भइराखेको छ भनेर देश र अन्तर्राष्ट्रिय जगतमा मेसेज दिने हो,’ उनले भने, ‘सरकार अलोकप्रिय भइसक्यो भनेर उपनिर्वाचनबाट देखाउनुपर्छ। उपनिर्वाचन सरकारको पक्षमा जनमत छैन भन्ने देखाउने ऐना हो।’ ओली सरकारले उद्योगी, होटल व्यवसायीलाई पनि कर बढाएर दुस्ख दिइराखेको उनले आरोप लगाए। ‘पोखराका दाजुभाइ दिदीबहिनीहरू सरकारले होटल र उद्योगपतिलाई कर नै कर लगाइदिएको छ,’ उनले भने, ‘यति कर बढाएको छ।

कर बढाएको खिलापको चुनावबाट मेसेज दिनुपर्छ।’ सरकारले उपभोक्ता समितिका नाममा लुटतन्त्र मच्चाएको उनले बताएका छन्। ‘उपभोक्ता समितिका नाममा लुटतन्त्र भएको छ। भ्रष्ट्राचार र कर बढाएको छ,’ उनले भने, ‘हाम्रा उम्मेदवारलाई जिताए सरकारविरूद्ध मेसेज जान्छ। जवाफ हुन्छ।‘ खेमराज पौडेललाई पहिलोपटक पार्टीले न्याय गरेको बताएका देउवाले मत दिएर जिताउँदै न्याय दिन माग गरे। ‘पार्टीले पौडेलजीलाई न्याय गर्‍यो। अब न्याय गर्ने पालो जनताको हो,’ उनले भने, ‘पार्टीका साथीहरूले अहोरात्र खटिएर जिताउनुपर्नेछ।’

देउवासहित कांग्रेसका शीर्ष नेता शुक्रबारदेखि चुनाव केन्द्रीत कार्यक्रममा सहभागी भइराखेका छन्। बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू रामशरण महत, शेखर कोइराला, मिनेन्द्र रिजाल, गगन थापालगायत नेता चुनावी सभामा सहभागी भएका छन्।सेतोपाटीबाट साभार।


प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  २०:३३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP