Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्फा प्रेसिडेन्ट लिग: मनकामना युवा क्लब रौतहटको पहिलो जीत
एन्फा प्रेसिडेन्ट लिग: मनकामना युवा क्लब रौतहटको पहिलो जीत
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत १०, २०७७ बागेश्वरी पोस्ट
एन्फा प्रेसिडेन्ट लिग: मनकामना युवा क्लब रौतहटको पहिलो जीत

नेपालगन्ज । प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहटले  कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई १–० ले पराजित गरेको छ ।

मनकामनाको तर्फबाट भुवन बस्नेतले ३७औं मिनेटमा गोल गरेका थिए । पेनाल्टी अवसरमा भुवनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।  प्रतियोगितामा मनकामनाले पहिलो जीत निकालेको हो । जीतसँगै मनकामनाले ३ अंक जोडेको छ । लेकालीले भने अहिलेसम्म जीत हासिल गर्न सकेको छैन । खेलमा लेकाली युवा क्लबका कप्तान युद्ध शाही म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई लुम्बिनी फुटबल संघका उपाध्यक्ष सुर्यमणि अधिकारीले पुरस्कृत गर्नुभयो । 

लगातार हारको सामना गरेपनि मनकामनाले आज लेकाली विरुद्ध सम्हालिएर खेलेको थियो । यसअघिका तीन खेलमा मनकामना युवा क्लब रौतटह स्टार सिटी, धम्बोझी क्लब र धादिङ समाज संगको तीनै खेलमा ३–० ले पराजित भएको थियो । लेकाली युवा क्लब भने झापाको सैनिक युथ क्लबसँग १–१ को बराबरी खेल्दै १ अंक बटुलेको थियो । लेकाली धादिङ समाज विरुद्धको खेलमा ९–१ ले पराजित भएको थियो भने त्रिवेणी युवा क्लब लमजुङसँग २–१ खेल गुमाएको थियो । 

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । 

अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिष्पर्धा गरिरहेका छन्  ।


प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  २०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP