prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • महामारीमा पनि घटेन लैङ्गिक हिंसा
महामारीमा पनि घटेन लैङ्गिक हिंसा
banijya office
रासस
आइतबार, वैशाख २६, २०७८ रासस
महामारीमा पनि घटेन लैङ्गिक हिंसा

नेपालगन्ज । मुलुक कोरोना भाइरस सङ्क्रमणको जोमिखमा परिरहेका बेला पनि लैङ्गिक हिंसाका घटनाहरुमा कमी आउन सकेको छैन। हाल देशमा बढ्दो रुपमा रहेको कोरोना महामारीका बीच पनि यस्ता घटनाहरु सार्वजनिक भइरहेका सुनिएको छ ।

nepalgunj 081-082

धनुषामा गत शुक्रबार सुशीलादेवी मण्डलले आफ्ना पति शम्भु मण्डलको हत्या गरिन्। धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीकीमा २७ वर्षीय सुशीलाले आफ्ना देवरसँग मिलेर पतिको हत्या गरेको रहस्य पछि खुल्न आयो ।

प्रहरीसमक्ष उनले देवरहरु सञ्जय र अनिससँग मिलेर पतिको हत्या गरेको स्वीकार गरेकी छन्। दुई देवरसँग अनैतिक सम्बन्ध भएको शम्भुले थाहा पाएपछि मिलेर हत्या गरेको खुल्न आएको छ । उनीहरुले शुक्रबार राति २ बजे तीन जना मिलेर घरमै शम्भुकै मोबाइलका तीनवटा चार्जरको तारले घाँटी कसेर र छुराले रेटेर हत्या गरेको प्रहरीसँग बयान दिएका छन् ।

लैङ्गिक हिंसाका घटनाहरु दैनिकजसो समाजमा बढिरहेका छन् । कोरोना भाइरसको जोखिमका कारणले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ। महामारीको अवस्थामा पनि यस्ता घटना रोकिएको देखिदैन ।

कोरोना भाइरसको जोखिमबाट बचाउनका लागि सरकारले गरेको बन्दाबन्दीकै अवस्थामा गत वर्ष क्वारेन्टिमकै एक महिलामाथि सामूहिक बलात्कार भयो। कैलालीको लम्कीचुहास्थित क्वारेन्टिनमा ती महिलाले हारगुहार गर्दा क्वारेन्टिननजिकै घर भएका सर्वसाधारणले थाहा पाएपछि घटना बाहिर आएको थियो। महामारीबाट ज्यान बचाउनका लागि बनाएको क्वारेन्टिनमा बसेकी महिला त्यहीँ सुरक्षित रहन सकिनन् ।

कोरानाको महामारी फैलिन लागेकै अवस्थामा गत फागुनमा झापा भद्रपुरमा ६० वर्षीय साहिबा उराउले ५७ वर्षीया पत्नी फुलसिता उराउको मदिरा सेवन गरी हत्या गरे। दुवैले मदिरा सेवन गरेको र आपसमा विवाद भएपछि पतिले पत्नीलाई ढुंगा प्रहारी गरी हत्या गरेका थिए ।

महामारीका समयमा पनि हिंसा, हत्याका घटनाहरु एकपछि अर्को  गर्दै धरै घटना सार्वजनिक भइरहेका छन्। आर्थिक वर्ष २०७७–०७८ को चैत महिनामा महिला तथा बालबालिकाविरुद्ध भएका अपराधको तथ्याङक हेर्दा कूल एकहजार ९२७ घटना भएको नेपाल प्रहरीको प्रतिवेदनमा देखिन्छ। त्यसमध्ये सबैभन्दा बढी घरेलु हिंसाका एकहजार ४६७ घटना भएको छ। त्यसमा पनि सबैभन्दा बढी प्रदेश नम्बर २ मा ४२५ घटना भएको छ भने सबैभन्दा कम प्रदेश नम्बर १ मा ४७ देखिन्छ। केही बढी र कम भन्ने मात्रै सबै प्रदेशमा घरेलु हिंसाका घटना भएको देखिन्छ ।

घरेलु हिंसापछि जबरजस्ती करणीका घटना धेरै भएको देखिन्छ। चैत महिनामा मात्र यस्ता घटना २४४ भएका छन् । त्यसमा सबैभन्दा बढी प्रदेश नम्बर १ मा ५३ वटा घटना भएका छन्। सबैभन्दा कम प्रदेश नम्बर ६ मा १२ वटा मात्र घटना भएका छन् । तेस्रोमा हेर्दा बहुविवाहका घटना ८९ देखिन्छन्। प्रदेश नम्बर १ मा सबैभन्दा बढी १७ वटा बहुविवाहका घटनाको उजुरी आएको देखिन्छ भने सबैभन्दा कम उपत्यकामा ५ ओटा  देखिएको छ। त्यस्तै, जबरजस्ती करणी उद्योगमा ६२ घटना, बालयौन दुराचारमा ३३, बोक्सीको आरोपमा ७, बालबिवाह ६, अवैध गर्भपतन ५ तथ्याङक छ ।

महामारीको समयमा यस्तै हिंसाका घटना बढ्दै गएपछि प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिइसकेको छ ।

“महामारीका अवस्थामा घरेलुहिंसा, महिलाहिंसा, लैङ्गिक हिंसाका धेरै हुने गरेका छन्”–समितिका सभापति निरुदेवी पालले भनिन्, “कोभिड–१९ सङ्क्रमणको दोस्रो लहरले मुलुक प्रभावित भएको  छ, यस्तो समयमा लैङ्गिग हिंसाका घटना हुन नदिन र भएमा तत्काल उद्वार, क्षतिपूर्ति तथा उचित न्याय दिनका लागि सरकारले दिनुपर्छ ।”

देशमा देखिएको कोभिड–१९ को दोस्रो लहर नियन्त्रण एवं रोकथामका लागि विभिन्न क्षेत्रमा गरिएका निषेधाज्ञा एवं बन्दाबन्दीको क्रममा विगतको अनुभवबाट शिक्षा ग्रहण गर्नुपर्ने समितिले सरकारलाई निर्देश गरेको छ। यही वैशाख १४ गते बसेको समितिको बैठकले दिएको निर्देशनमा भनिएको छ, “महिला, बालबालिका, ज्येष्ठ नागरिक, फरकरुपले सवल एवं लैंगिक अल्पसङ्ख्यकहरुमाथि हुनसक्ने हिंसा न्यूनीकरण, नियन्त्रणमा पूर्व तयारी गर्न उल्लेखित लिङ्ग, वर्गमैत्री क्वारेन्टिनको प्रवन्ध समयमा नै मिलाउनु जरुरी छ।” समितिले सङ्घ, प्रदेश, स्थानीय तह सबैले मिलेर यस्ता खालको घटना नियन्त्रणमा निर्देशन दिएको हो ।

समितिले आगामी दिनमा देखिन सक्ने चुनौतीहरुलाई पूर्व आँकलन गरी कार्य सम्पादन गर्न, गराउन समिति सरकार, गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले विभिन्न जिल्लामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, पिछडिएको वर्ग र अपाङ्गतासम्बन्धी विद्यमान अवस्था र सम्बन्धित कानूनको कार्यान्वयनको अवस्थाको सम्बन्धमा गरेको स्थलगत अध्ययन समेत गरेको थियो। त्यसको आधारमा सरकारलाई निर्देशन दिएको हो ।

महामारीको समयमा सरकारले आफ्ना नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि काम गर्नुपर्छ। सरकार नै नागरिकको अभिभावक हो। सरकारका साथै सरकारका संयन्त्र र सरोकारवाला निकायहरु सबैले लैङ्गिक हिंसा नियन्त्रण र न्यूनीकरण गर्नका लागि काम गर्नुपर्छ ।

राष्ट्रिय महिला आयोगले समग्र महिलाको न्यायका लागि काम गर्दै आएको छ। अहिलेको विषम परिस्थितिमा पनि आयोगले सरकार तथा सम्बन्धित सरोकारवाला निकायसँग मिलेर लैङ्गिक हिंसाका नियन्त्रण र न्यूनीकरणका लागि योजना बनाएर काम गरिरहरेको  छ ।

“कोरोना भाइरकसको जोखिममा लैङ्गिक हिंसाका नियन्त्रण र न्यूनीकरणका लागि स्थानीय तह, गृहमन्त्रालय, प्रहरी, महिला तथा बालबालिका सेल, महिला बालबालिका मन्त्रायलयसँग अनुरोध गरेका छौँ”–आयोगका अध्यक्ष कमला पराजुलीले भनिन्, “यस्ता प्रकृतिका घटना हुनै नदिने, भइहालेको अवस्थामा पीडितलाई न्याय र क्षतिपूर्ति गराउने र पीडकलाई दण्ड दिने कामको भूमिका खेलिरहेका छौँ ।”

महामारीबाट बचाउनका लागि गतवर्ष सरकारले गरेको बन्दाबन्दीको अवस्थामा पनि क्वारेन्टिनमै हिंसा तथा दुव्र्यवहारका घटना भए। अहिलेको अवस्थामा त्यो हुन नदिन आयोगले शुरुदेखि नै क्रियाशील भएर काम गरिरहेको छ। आयोगका अध्यक्ष पराजुलीको संयोजकत्वमा सरोकारवाला निकायहरुसहित एउटा समिति समेत गठन भएको छ। त्यो समितिले यो अवधिमा महिलामाथि हुने सबै प्रकारका घटनाको अध्ययन गर्नेछ ।

“क्वारेन्टिमा बस्ने महिलामाथि पनि हिंसा तथा दुव्यवहारका घटना भए”–आयोगका अध्यक्ष पराजुलीले थपिन्, “त्यस्ता घटना हुन नदिनका लागि लैङ्गिकमैत्री, बालबालिका, अपाङ्गमैत्री बनाउनका लागि सुझाव दिएका छाैँ, यसो भएमा लैङ्गिक हिंसाका घटनाहरु कम हुन्छ।” उनका अनुसार आयोगले महामारीको अवस्थामा हिंसामा परेका महिलालाई राहतको उठाएको छ। हिंसामा परेका महिलामा पनि वृद्धा, सुत्केरी, गर्भवतीजस्ता हुन्छन्। त्यस्ता महिलालाई सहयोग गर्न सम्बन्धित निकायमा समन्वय गरेर सहयोग गरिरहेको छ ।

देशको कुनै पनि ठाउँमा लैङ्गिग हिंसा भएमा आयोगको हटलाइन ११४५ मा सिधै खबर गर्न सकिन्छ। यो अवधिमा आयोगले पीडितका लागि विशेष व्यवस्था गरेको छ। “उजुरीका प्रक्रियामा पीडितलाई सुरक्षित स्थानमा पठाउने, औपधिउपचार गर्नुपर्ने भए गर्ने, मनोसामाजिक परामर्श गराउने, प्रहरीमा उजुरी गर्नुपर्ने भएमा त्यस्तो पनि सहयोग गर्छौ”–आयोगका अध्यक्ष पराजुलीले भन्नुभयो, “हिंसा पीडित महिलालाई कस्तो सहयोग गर्नुपर्ने हो, आयोगले देशभर समन्वय गरेर सहयोग गर्छ ।” उक्त आयोग महिलाको हक अधिकार सुनिश्चित गर्ने र हिंसामा परेका महिलालाई न्याय दिलाउनका लागि काम गर्दै आएको छ ।

आयोगले हिंसामा परेका महिलालाई देशभर सम्बन्धित जिल्लामा समन्वय गरेर सो क्षेत्रमा महिलाको संरक्षण गर्ने र देशभर अनुगमन गर्ने काम समेत गरिरहेको छ। सेवाप्रदायक संस्थागत मिलेर पनि आयोगले यस्तो काम गरिररहेको छ ।

देशको समग्र मानव अधिकारको विषयमा काम गर्दै आएको राष्ट्रिय मानवअधिकार आयोगले पनि लैङ्गिग तथा घरेलु हिंसा नियन्त्रणका छुटै संयन्त्रण बनाएर काम गरिरहेको छ। आयोगले नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, नेपाल बारलगायत सबै सरोकारवालाको एउटा उच्चस्तरीय संयन्त्र गठन गरेको छ। त्यो संयन्त्रले देशव्यापीरुपमा भएका मानवअधिकारकार उल्लंघनका घटनाको अध्ययन तथा अनुगमन गर्ने काम गर्छ ।

महामारीका समयमा देशभरबाट आएका सुझावलाई समेटेर आयोगले सरकारलाई १३ बुँदे सुझाव पनि बुझाइसकेको छ। “लैङ्गिक हिंसा भएमा न्यायका लागि छुट्टै व्यवस्था समेत गरेको  छ”, आयोगका लिली थापाले भनिन्, “महिला, बालबालिका, सिमान्तकृत समुदाय समस्यामा परिरहेका छन् र पर्न सक्ने भनेर देशभर अनुगमन पनि गरिरहेका छौँ ।” आयोगले त्यस्ता समस्यामा परेमा कहाँ गएर उजुरी गर्ने, कसरी गर्ने सबै कुरा समेटेर लैङ्गिक हिंसा अन्त्यका लागि नौ बुदे आचारसंहिता बनाएको छ ।

“विशेष गरी महिला र बालबालिकामाथि हुने हिंसाको अन्त्यका लागि काम गरिरहेको छौँ” –उनले थपिन्, “विपद् तथा महामारीका अवस्थामा जोखिममा पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत नै हो, उनीहरुको मानवअधिकारका लागि आयोगले काम गर्छ।” आयोगले अहिले लैङ्गिक हिंसा तथा घरेलुहिंसा भएको अवस्थामा सहसचिवले फोन उठाउने गरी हटलाईनको समेत व्यवस्था गरेको छ ।

विपद् तथा महामारीका बेला सवैभन्दा बढी महिला, बालबालिका, ज्येष्ठ नागरिक र सिमान्तकृत समुदायका मानिसहरु पर्ने गरेका छन्। विपद्का समयमा यस्ता व्यक्ति तथा समुदायलाई सरकार तथा सरोकारवाला निकायले मिलेर सहयोग गर्ने काम गर्नुपर्छ। लैङ्गिक हिंसा नियन्त्रण गरी सभ्य र सुसंस्कृत समाजको निर्माणमा सबैले भूमिका खेल्नुपर्ने देखिन्छ ।


प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १५:१७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP