prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • प्रधानमन्त्रीको सातौं डायलसिस
प्रधानमन्त्रीको सातौं डायलसिस
banijya office
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १५, २०७६ बागेश्वरी पोस्ट
प्रधानमन्त्रीको सातौं डायलसिस
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ । आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार सातौं पटक डायलसिस गरिएको छ । यसअघि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा चार पटक डायलसिस गरिएको थियो । एपेन्डिसाइटिस भएर प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएयता तीन पटक डायलसिस गरिएको हो ।

nepalgunj 081-082

एपेन्डिक्सको शल्यक्रिया गरिएको पाँचौं दिन शनिबार प्रधानमन्त्री ओलीले उसिनेको अन्डा र साग खाएका छन् । उनलाई आईसीयूभित्रै सहारा दिएर हिँड्डुलसमेत गराइएको छ । दिउँसो डायलसिस गरिएपछि प्रधानमन्त्री ओली ३–४ घण्टा सुतेको अस्पताल स्रोतले जनाएको छ । उपचारमा संलग्न एक चिकित्सकले ओलीलाई अझै संक्रमणको जोखिम रहे पनि समग्र स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको बताए । चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई शल्यक्रियापछि देखिन सक्ने ‘निमोनिया’ को जोखिमबाट जोगाउनुपर्ने र शल्यक्रिया गर्दाको घाउ छिट्टै निको पार्नुपर्ने छ । ‘मिर्गौलाका रोगीहरूको कुनै पनि घाउलगायतका स्वास्थ्य समस्या ढिलो गरी निको हुने गर्छ,’ ती चिकित्सकले भने, ‘उहाँ ९ओली० को रगत र पिसाबमा देखिएको संक्रमणमा एन्टिबायोटिक औषधिले सकारात्मक प्रभाव देखाएकाले समग्र स्वास्थ्यस्थिति सुधारोन्मुख भन्नुपर्छ ।’

‘एपेन्डिसाइटिस’ सहित पेरिटोनाइटिस ९पेटको संक्रमण० देखिएपछि गत मंगलबार प्रधानमन्त्री ओलीलाई आकस्मिक रूपमा सेन्टरमा लगी शल्यक्रिया गरिएको थियो । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे शनिबार रातिसम्म बुलेटिन जारी गरेको छैन । शुक्रबार भने ओलीको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकले पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका डा।रमेश सिंह भण्डारीले संक्रमणको असर पेट र रगतमा अलिअलि भए पनि अनुमान गरिएजति नभएको बताएका थिए ।

मोदीद्वारा स्वास्थ्यलाभको कामना
नयाँदिल्ली–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना गरिएका नेपालका समकक्षी केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । काठमाडौंस्थित भारतीय दूतावासमार्फत् शनिबार सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले ओलीको उपचारमा सहयोग गर्न तयार रहेको संकेतसमेत गरेका छन् ।

‘घनिष्ठ मित्रका हिसाबले भारत सरकार र भारतीय जनताका तर्फबाट प्रम ओलीको आवश्यक थप चिकित्सीय तथा परामर्श सेवासमेत प्रस्ताव गर्छु,’ मोदीले सन्देशमा भनेका छन् । उनले प्रम ओलीको नेतृत्वको प्रशंसा गर्दै आफू दुईबीचको उल्लेखनीय साझेदारीबाट दुवै मुलुकका जनता लाभान्वित भएको समेत उल्लेख गरेका छन् । उनले नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आगामी दिनमा प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्ने चाहना व्यक्त गरेका छन् ।
कान्तिपुर दैनिकबाट


प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  ०८:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP