नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप:'ग्रुप अफ डेथ'अन्तर्गत पोर्चुगल र हंगेरी भिड्दै
युरोकप:'ग्रुप अफ डेथ'अन्तर्गत पोर्चुगल र हंगेरी भिड्दै
बागेश्वरी पोस्ट
मंगलबार, असार १, २०७८ बागेश्वरी पोस्ट
युरोकप:'ग्रुप अफ डेथ'अन्तर्गत पोर्चुगल र हंगेरी भिड्दै

नेपालगन्ज ।युरोकप फुटबलको १६औं संस्करणमा आज राती सबैभन्दा कडा मानिएको समुहको खेल हुँदै छ। ग्रुप एफमा रहेका  जर्मनी,फ्रान्स र पोर्चुगल युरोकपका मुख्य दाबेदार मानिएका देशहरु हुन् । २०१६ को विजेता पोर्चुगलले आजको पहिलो खेलमा  हंगेरीको सामना गर्नेछ। समूह एफ 'ग्रुप अफ देथ' मा  हंगेरीलाई वाचडगका रुपमा हेरिएको   छ।  विश्व विजेता फ्रान्स र विश्व फुटबलमा बलियो टोली मानिने जर्मनी पनि भिड्दै छन्।

सन् २०१६को युरो प्रतियोगितामा पोर्चुगल, फ्रान्स र जर्मनी सेमिफाइनल पुगेका थिए । फाइनलमा पोर्चुगलले फ्रान्सलाई पराजित गर्दै उपाधि जितेको थियो। यो युरोकपमा तीन टोली एउटै समूहमा परेपछि यो समूहलाई 'ग्रुप अफ डेथ' भनिएको छ।

पोर्चुगल-हंगेरी

सन् २०१६को युरोमा पनि एउटै समूहमा रहेका यी दुई टोलीले उक्त समय ३-३ गोलको बराबरी गरेका थिए। तीनै पटक हंगेरीले अग्रता लिए पनि जित भने हात पार्न सकेको थिएन।

पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो र पेपे अनुभवी खेलाडीका रूपमा रहेका छन्। २०१६ को विजेता पोर्चुगलले अनुभवी खेलाडीहरूका साथै प्रिमियर लिगमा खेलिरहेका ब्रुनो फर्नान्डेज, डिएगो जोटा, वरनान्डो सिल्भा , रुबेन डियास, रुबेन नेवेस जस्ता युवा एवं भरपर्दा खेलाडीहरू रहेका छन्। जोआओ क्यान्सिलो कोरोना सङ्क्रमणका करण टोलीबाट बाहिरिएका छन्।


यी दुई टोलीले अहिलेसम्म १३ खेल खेलिसकेका छन् जसमा ९ खेलमा पोर्चुगल विजयी भएको छ भने ४ खेल बराबरीमा टुङ्गिएका छन्। हंगेरीले सन् २०१६को युरोमा समूह चरणमा अपराजित रहेको थियो। एक खेलमा विजयी रहेको हंगेरीले दुई खेल बराबरीमा टुङ्गाएको थियो।

गत युरोको विजेता पोर्चुगलको यो आठौं सहभागिता हो। पोर्चुगल अहिलेसम्मको सबै सात प्रतियोगितामा दोस्रो चरण पुगेको छ। पोर्चुगल आफ्नो विजेताको उपाधि आफैसँग राख्न चाहन्छ। यो खेल नेपाली समय अनुसार मङ्गलवार २१:४५मा हुनेछ।

जर्मनी-फ्रान्स

तीन पटकको विजेता जर्मनी र दुई पटकको विजेता बीचको खेल रोमाञ्चक हुने निश्चित छ। यी दुई टोलीको खेल नकआउट चरणमा पहिले भएको भए पनि समूह चरणमा पहिलो पटक भिड्दै छन्। ठुला प्रतियोगिताहरूमा छैटौं पटक यी दुई टोली भिड्दै छन्। पाँच खेलमा दुवै टोलीले दुई-दुई पटक जित हात पारेका छन् भने एक खेल बराबरीमा टुङ्गिएको छ।

गत युरोको  सेमिफाइनलमा दुई टोली भिडेका थिए जसमा फ्रान्स २-० गोलले विजयी भएको थियो। फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले दुवै गोल गरेका थिए। जर्मनीमा खेलिएको पछिल्लो पाँच खेलमा फ्रान्स अपराजित रहेको छ। तीन खेलमा विजयी फ्रान्स दुई खेल बराबरीमा टुङ्गाएका छन्।

जर्मनीको यो तेह्रौँ युरो प्रतियोगिता हो भने फ्रान्स दसौँ पटक भाग लिइरहेको छ। यो खेल नेपाली समय अनुसार बुधवार १२:४५ बजे हुनेछ। 


प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP