prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गण्डकीका मुख्यमन्त्री नेपालीले पाए बिश्वासको मत
गण्डकीका मुख्यमन्त्री नेपालीले पाए बिश्वासको मत
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार ४, २०७८ बागेश्वरी पोस्ट
गण्डकीका मुख्यमन्त्री नेपालीले पाए बिश्वासको मत

हरि पन्त/ पोखरा  ।गण्डकीका मुख्यमन्त्री पोखरेल विश्वासको मत हासिल गर्न सफल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत हासिल गरेका छन् । शुक्रबार गण्डकी प्रदेशसभामा भएको मतदान प्रक्रियामा पोखरेलको पक्षमा बहुमत सांसद उभिएका हुन्। 
पोखरेल गत शनिबार संविधानको धारा १६८ उपधारा ५ बमोजित मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आफू मुख्यमन्त्रीमा नियुक्त भएको एक साता नबित्दै उनले विश्वासको मत लिने निर्णय गरेका थिए । 
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने निर्णय गरेका थिए । 
प्रदेशसभामा कायम ५९ सांसदमध्ये नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टी (जसपा) का दुई जना र जनमोर्चाका दुई जना र स्वतन्त्र सांसद एब गरी ३१ जना सांसद पक्षमा मतदान गरे । मुख्यमन्त्री पोखरेलको विपक्षमा नेकपा एमालेका २७ जना सांसदले मतदान गरे । 

विश्वासको मत लिनुअघि विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले राजनीतिक घटनाक्रम परिवर्तनका सन्दर्भमा आफूहरुमाथि थप जिम्मेवारी आइपरेको बताए । 
उनले संघीयतालाई मजबुत बनाउनका लागि आफू दृढ संकल्पित रहने बताए । जनताले पाँच वर्षका लागि मतादेश दिइसकेपछि त्यसअघि नै जनतामा जानु कुनै पनि दृष्टिले उपयुक्त नहुने उनको भनाइ थियो ।
सरकार गठन भएको एक हप्ता पनि नपुगेको स्मरण गराउँदै यसबीचमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरेको र आगामी आर्थिक वर्षको बजेट ल्याएको चर्चासमेत गरे ।
नीति तथा कार्यक्रम र बजेटमा प्रदेशका नागरिकलाई कोरोनाविरुद्धको खोप र स्वास्थ्यसम्बन्धी स्रोत साधन उपलब्ध गराउने बाचा गरेको पनि उनले स्मरण गराए ।
यस्तै, महिलाहरुले भोग्नु परेको धेरै पीडामध्ये एक रहेको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको उपचारमा शल्यक्रिया गर्दा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको पनि उनले सुनाए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताए ।

भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्ने र त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्ने भन्दै पूर्व मुख्यमन्त्री समेत रहेका उनले संघीयतालाई बलियो बनाउन सरकार डटेर लागेमा आफूहरुले खुलेरै सहयोग गर्ने प्रतिवद्धता जनाए ।

संघीयताको चर्को कुरा गर्ने तर भूमिका नखेल्ने प्रवृत्ति देखिएको उनले आरोप लगाए । गुरुङले संघीयता कार्यान्वयनमा केन्द्रका नेताहरुको मानसिकतामा समस्या रहेको आरोप लगाए । तर शासकीय क्षमता र सिस्टम भत्काउन खोजे डटेर प्रतिवाद गर्ने समेत उनले चेतावनी दिए ।
संसद बैठकमा सत्ता पक्ष र विपक्षका १० सांसद छलफलमा सहभागी भएका थिए । बैठकमा विपक्षी सांसदहरुले सरकार अपवित्र गठवन्धन भएकाले धेरै दिन टिक्न नसक्ने ठोकुवा गरेका थिए भने सत्ता पक्षीय सांसदहरुले विपक्षीको प्रतिवाद गर्दै पोखरेल नेतृत्वको सरकारले प्रदेशलाई समृद्धिको नयाँ उचाइमा पुर्याउने दावी गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP