नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप:शुक्रवार राती समूह 'डि' का सबै खेल बराबरी
युरोकप:शुक्रवार राती समूह 'डि' का सबै खेल बराबरी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार ५, २०७८ बागेश्वरी पोस्ट
युरोकप:शुक्रवार राती समूह 'डि' का सबै खेल बराबरी

नेपालगन्ज ।युरोकप फुटबलको १६ औं संस्करणको शुक्रबार रातिका दुवै खेल बराबरीमा सकिएका छन् । समूह डी का दुवै खेलमा क्रोएसियाले चेक गणतन्त्रसँग र इङ्गल्याण्डले स्कटल्याण्डसँग बराबरी खेलेको हो । 

दुवै खेलमा बराबरीको नतिजा आएसँगै राउन्ड अफ सिक्सटिनमा पुग्ने टिमको टुंगो शुक्रबार नै लागेन । अब तेस्रो चरणको खेलबाटै शीर्ष दुईमा रहेर राउन्ड अफ सिक्सटिनमा पुग्ने टिमको टुंगो लाग्नेछ । ६ समूहबाट तेस्रो स्थानका उत्कृष्ट चार टिम पनि राउन्ड अफ सिक्सटिनमा पुग्ने भएकाले त्यसको टुंगो भने समूह चरणका सबै खेल सकिएपछि मात्र लाग्नेछ । 

क्रोएसिया र चेक गणतन्त्रको खेल
क्रोएसिया र चेक गणतन्त्रले हाम्पडेन पार्कमा भएको खेलमा १–१ गोलको बराबरी खेले । प्रतिस्पर्धात्मक बनेको खेलमा शुरूवाती अग्रता भने चेक गणतन्त्रले लियो । 

खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गरे क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेकले पेनाल्टी पाएको थियो । 

४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याए । यसअघि क्रोएसिया इङ्गल्याण्डसँग १–० गोल अन्तरले पराजित भएको थियो । 

इङ्गल्याण्ड र स्कटल्याण्डको खेल 
वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा गोलरहित बराबरीमा खेल टुंगिएको हो। खेलमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । 

खेलमा इङ्गल्याण्ड अभागी सावित भएको थियो। १२ औं मिनेटमा  जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएको थियो ।


अंक तालिका

दोस्रो चरणको खेलपछि समूह डीमा चेक गणतन्त्र २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । चेकले पहिलो खेलमा स्कटल्याण्डलाई २–० गोल अन्तरले हराएको थियो । 

इङ्गल्याण्ड खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ । उसले क्रोएसियालाई १–० ले मात्र हराएको थियो । 

क्रोएसिया र स्कटल्याण्ड समान १–१ अंकबाट तेस्रो र चौथो स्थानमा छन् । 

अन्तिम चरणको खेलमा क्रोएसियाले स्कटल्याण्डसँग र चेकले इङ्गल्याण्डसँग खेल्नेछ। पहिलो र दोस्रो टिमले बराबरी खेलेका खण्डमा दुवै टिम अन्तिम १६ मा पुग्दा अर्को खेलको विजेता उत्कृष्ट चार भित्र परेर उक्त टिम पनि पुग्न सक्नेछ । 

समूह ई अन्तर्गत स्विडेनले स्लोभाकियालाई १-० गोलले पराजित गर्दै अङ्क तालिकामा तीन अङ्क जोड्न सफल भएको छ। दुई खेलमा चार अङ्कका साथ स्विडेन पहिलो स्थानमा रहेको छ भने स्लोभाकिया २ खेलमा तीन अङ्कका साथ दोस्रो स्थानमा रहेको छ।


प्रकाशित मिति: शनिबार, असार ५, २०७८  ०७:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP