नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप:पोर्चुगलमाथी जर्मनीको गोलको बर्षा
युरोकप:पोर्चुगलमाथी जर्मनीको गोलको बर्षा
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ६, २०७८ बागेश्वरी पोस्ट
युरोकप:पोर्चुगलमाथी जर्मनीको गोलको बर्षा

नेपालगन्ज ।डिफेन्डिङ च्याम्पियन पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलको समूह चरणको दोस्रो खेलमा बिर्सनयोग्य प्रदर्शन गरेको छ । पोर्चुगल जर्मनीसँग पराजित भएको हो । 

म्युनिखको एलिनाज स्टेडियममा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको हो । जर्मनीले दुई आत्मघाती गोल उपहारमा पाएको थियो । पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे ।

यति ठूलो टिमबाट एकै खेलमा दुई वटा आत्मघाती गोल विरलै देख्न पाइन्छ । जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे । 


पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले अग्रता गोल गरेका थिए । डिएगो जोटाले एक एक गोल फर्काएका थिए ।

खेल विवरण

शुरूआतदेखि नै खेल रोमान्चक बन्यो । 

पाँचौं मिनेटमा जर्मनीका रोबिनले गोल गरेका थिए । तर भीएआरमा सर्जी जिनाब्री अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।

१५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । उनले डिएगो जोटाको पासमा गोल गरे ।

३५ औं मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरे । खेल १–१ को बराबरीमा पुग्यो । 

३९ औं मिनेटमा राफायलले आत्मघाती गोल गरेपछि जर्मनी २–१ ले अग्रता लिन सफल भयो । 

५१ औं मिनेटमा गोसेन्सको पासमा हाभर्टेजले गोल गर्दै जर्मनीलाई ३–१ को अग्रता दिलाए ।

६० औं मिनेटमा गोसेन्सले गोल गर्दै जर्मनीलाई ४९१ को अग्रता दिलाए ।

६७ औं मिनेटमा पोर्चुगलका जोटाले एक गोल फर्काए । 

खेलमा जर्मनीका काइ हार्भाटेज र म्याथ्यिस जिन्टरले पहेँलो कार्ड खाएका थिए । 

जर्मनीले खेलमा ५६ बल आफ्नो नियन्त्रणमा राखेको थियो । पार्चुगलले गोलका लागि २ बल टार्गेट गरेकामा दुवै गोल भयो । जर्मनीले ७ बल टार्गेट गरेको थियो ।

जसमा दुई गोल आफैबाट दुई गोल पोर्चुगलका डिफेन्डरले बचाउन खोज्दा खोज्दै आत्मघाती भयो । 

पोर्चुगलले ६ फाउल खेल्दा जर्मनीले १५ फाउल खेलेको थियो । 

अंक तालिका 
ग्रुप अफ डेथ समूह एफ मा दोस्रो चरणको समाप्तिपछि फ्रान्स ४ अंकसहित पहिलो, जर्मनी ३ अंकबाट दोस्रो, पोर्चुगल ३ अंकसहित तेस्रो तथा हंगेरी १ अंकबाट चौथो स्थानमा छ ।

त्यस्तै  स्पेनले  लगातार दोस्रो बराबरी खेलेको छ । पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको स्पेनले दोस्रो खेलमा शनिबार राति पोल्याण्डसँग बराबरी खेलेको हो । 

घरेलु सेभियाको मैदानमा भएको खेलमा स्पेन १–१ गोलको बराबरीमा रोकिएको हो । स्पेनले दुई वटा महत्वपूर्ण अवसर पाउँदा पनि खेल जित्न सकेन । 


प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ०८:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP