नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप:दोश्रो चरणका खेल यस्ता छन् ...
युरोकप:दोश्रो चरणका खेल यस्ता छन् ...
बागेश्वरी पोस्ट
बिहीबार, असार १०, २०७८ बागेश्वरी पोस्ट
युरोकप:दोश्रो चरणका खेल यस्ता छन् ...

नेपालगन्ज ।युरोकप फुटबलको १६औं संस्करणमा पहिलो चरणका खेलहरू सकिएका छन्। दोस्रो चरण (राउण्ड अफ सिक्सटिन)का टोलीहरूको अन्तिम टुङ्गो लागेको छ।

समूह 'एफ' का खेलहरू सकिएसँगै दोस्रो चरण पुग्ने टोलीहरू छानिएका हुन्। जर्मनी र हंगेरीबीचको खेल र पोर्चुगल-फ्रान्स बीचको खेल दुवै बराबरीमा सकिँदा फ्रान्स समूहमा पहिलो हुँदा जर्मनी दोस्रो र पोर्चुगल तेस्रो हुँदै दोस्रो चरण प्रवेश गरेका हुन्। दुवै खेल २-२ गोलको बराबरीमा सकिएको थियो।

त्यसैगरि समूह 'ई' बाट स्विडेन पहिलो हुँदा स्पेन दोस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन्।बुधवार भएका अन्तिम समूह चरणका खेलहरूमा स्पेनले स्लोभाकियालाई ५-० गोल अन्तरले पराजित गर्दा स्विडेनले पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको छ।

समूह 'डी'बाट ईङल्याण्ड ईङल्याण्ड, क्रोएसीया र चेक गणतन्त्र दोस्रो चरणमा खेल्नेछन्। ।तीन खेलमा ७ अङ्क ल्याएको ईङल्याण्ड पहिलो हुँदै दोस्रो चरण पुगेको हो भने क्रोएसिया र चेक गणतन्त्र चार-चार अङ्क सहित क्रमशः दोस्रो र तेस्रो हुँदै दोस्रो चरण प्रवेश गरेका हुन्।

उता समूह 'सी'बाट नेदरल्याण्ड्स, अष्ट्रिया र युक्रेन दोस्रो चरण प्रवेश गरेका छन्। तीन खेलमा सबै खेल जित्दा नेदरल्याण्ड्स ९ अङ्क सहित पहिलो हुँदा दुई खेल जितेको अष्ट्रिया ६ अङ्क सहित दोस्रो हुँदा एक खेल जितेको युक्रेन तीन अङ्क सहित तेस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको हो।

समूह 'बी'मा पहिलो दुई टोली मात्र दोस्रो चरण प्रवेश गरेका छन्। बेल्जियमले तीन खेल जित्दै ९ अङ्क सहित दोस्रो चरण प्रवेश गरेको हो भने डेनमार्कले जम्मा १ खेल जितेर तीन अङ्क सहित दोस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको हो। यो समूहबाट १-१ खेल जितेका फिनल्याण्ड र रसिया बाहिरिएका छन्।

उता समूह 'ए'बाट तीन टोली ईटली, वेल्स र स्विजरल्याण्ड दोस्रो चरण प्रवेश गरेका छन्। ईटली पहिलो हुँदा वेल्स र स्विजरल्याण्ड क्रमशः दोस्रो र तेस्रो हुँदै दोस्रो चरण प्रवेश गरेका हुन्।

यस्तो छ समीकरण

शनिवारदेखि दोस्रो चरणका खेलहरू शुरु हुँदै छन्। पहिलो दिनको खेलहरूमा डेनमार्क -वेल्स र ईटली-अष्ट्रिया खेल्दै छन्। डेनमार्क-वेल्सबीचको खेल आमस्टरडममा हुनेछ भने ईटली-अष्ट्रिया लण्डनमा खेल्नेछन्।

नेदरल्याण्ड्सले चेक गणतन्त्रको सामना हंगेरीको बुडापेस्टमा गर्ने छ भने बेल्जियम र पोर्चुगल बीचको खेल सेभियामा हुनेछ। उता स्पेनले क्रोएसियाको सामना डेनमार्कको कोपेनहेगनमा गर्दै छ भने फ्रान्स र स्विजरल्याण्ड बुखारेस्टमा भिड्ने छन्। ईङल्याण्ड र जर्मनी लण्डनमा खेल्नेछन् भने स्विडेन र युक्रेनले ग्लासगावमा खेल्नेछन्।


प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP