नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप: इटाली र डेनमार्क क्वाटरफाइनलमा
युरोकप: इटाली र डेनमार्क क्वाटरफाइनलमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १३, २०७८ बागेश्वरी पोस्ट
युरोकप: इटाली र डेनमार्क क्वाटरफाइनलमा

नेपालगन्ज।युरोकप फुटबलका दोस्रो चरणका खेल अन्तर्गत  डेनमार्क र इटली क्वार्टर फाइनल प्रवेश गरेका छन्। डेनमार्कले वेल्सलाई ४-० गोलले पराजित गरेको थियो भने इटलीले अष्ट्रियालाई २-१ गोलले जित हात पर्दै आफ्नो यात्रा तय गरेको छ।

खेलको २७औं मिनेटमा क्यासपर डोल्वर्गले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। उनले ४८औं मिनेटमा अर्को गोल गर्दै खेलको अन्तर २-० बनाएका थिए। उनको दोस्रो गोल पछि वेल्समाथि दबाब बढेसँगै उसको खेल अनियन्त्रित हुन थाल्यो। त्यही कमजोरीको फाईदा उठाउँदै डेनमार्कले थप दुई गोल गर्न सफल भएको थियो। खेलको ८८औं मिनेटमा जोकिम महिलेले गोल गरेका थिए भने ९४औं मिनेटमा मार्टिन व्रेथवेटले चौथो गोल गरेका थिए।

डेनमार्कको खेलको अगाडि वेल्सले कुनै पनि समय आफ्नो दबाब कायम गर्न सकेको थिएन। पहिलो हाफमा केही संयमित देखिएको वेल्स दोस्रो हाफमा झन् अलमलिएको देखिएको थियो।

त्यसैगरि अर्को खेलमा इटली र अष्ट्रियाले प्रतिस्पर्धात्मक रूपमा उपस्थित भएका थिए। ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेलमा समय थपिएको थियो। उक्त थपिएको समयमा भएका गोलहरूले खेलको निर्णय गरेको थियो।

खेलको ९५ औं मिनेटमा इटलीका फेड्रिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए। थपिएको समयको पहिलो हाफको अन्तमा मातियो पेसिनाले गोल गर्दै खेल २-० बनाएका थिए। अष्ट्रियाका लागि खेलको १ सय १४औं मिनेटमा अष्ट्रियाका सास कालद्जिकले गोल गर्दै खेलमा फर्किने सम्भावना कायम राखेका थिए। त्यसपछिका कुनै पनि आक्रमणहरू गोलमा परिणत हुन नसक्दा खेल इटलीले जितेको थियो।

डेनमार्कले क्वार्टर फाइनलमा नेदरल्याण्ड्स र चेक रिपब्लिकको विजेतासँग खेल्ने छ भने इटलीले बेल्जियम र पोर्चुगल बीचको खेलको विजेतासँग खेल्नेछ।

आइतबार २१:४५मा नेदरल्यण्डसले चेक रिपब्लिकको सामना गर्ने छ भने नेपाली समय अनुसार सोमबार ००:४५मा बेल्जियम र पोर्चुगलको खेल हुने छ। 


प्रकाशित मिति: आइतबार, असार १३, २०७८  ०८:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP