Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप:पोर्चुगल र नेदरल्यान्ड बाहिरिए, बेल्जियम र चेक क्वाटरफाइनलमा
युरोकप:पोर्चुगल र नेदरल्यान्ड बाहिरिए, बेल्जियम र चेक क्वाटरफाइनलमा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार १४, २०७८ बागेश्वरी पोस्ट
युरोकप:पोर्चुगल र नेदरल्यान्ड बाहिरिए, बेल्जियम र चेक क्वाटरफाइनलमा

नेपालगन्ज । डिफेन्डिङ च्याम्पियन पोर्चुगल १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनबाटै बाहिरिएको छ । आइतबार राति स्पेनको सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा भएको खेलमा बेल्जियमसँग पराजित हुँदै पोर्चुगल पहिलो नकआउट चरणबाटै बाहिरिएको हो । 

खेलमा पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो । बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे ।

खेलको ४२ औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे।जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै इटाली क्वार्टरफाइनलमा पुगेको थियो । 

नेदरल्यान्ड-चेक रिपब्लिक

नेदरल्यान्ड्स स्तव्ध हुँदै १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनबाटै बाहिरिएको छ । प्रतियोगिता शुरु हुनुअघि उपाधि दावेदार मानिएको डच टोली चेक रिपब्लिकसग पराजित हुँदै बाहिरिएको हो । 

हंगेरीको पुस्कास एरिनामा आइतबार राति भएको राउन्ड अफ सिक्सटिनको खेलमा चेकले १० खेलाडीमा सीमित नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले पराजित गरेको हो  ।

 चेकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटियो । 

त्यसपछि कमजोर बनेको डचमाथि हावी हुने क्रममा खेलको ६८ औं मिनेटमा टोमसले गोल गर्दै चेकलाई १–० को अग्रता दिलाए । 

८० औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेकलाई २–० गोल अन्तरले जिताए । उनले जारी युरोमा चौथो गोल गरेका हुन् । 

नेदरल्यान्ड्स समूह सी को विजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको थियो । उसले निकालेको शतप्रतिशत जितको यात्रा भने राउन्ड अफ सिक्सटिनमै टुंगियो । 

चेक भने समूह डी बाट तेस्रो स्थानमा रहेर मुस्किलले अन्तिम १६ मा स्थान बनाएको थियो। 

अब चेकले क्वार्टरफाइनलमा डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई ४–० गोल अन्तरको फराकिलो अन्तरले हराएर अन्तिम आठमा स्थान बनाएको हो । 


प्रकाशित मिति: सोमबार, असार १४, २०७८  ०७:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP