नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकपको दाबेदार जर्मनी पराजित,इङ्गल्याण्ड क्वाटरफाइनलमा
युरोकपको दाबेदार जर्मनी पराजित,इङ्गल्याण्ड क्वाटरफाइनलमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १६, २०७८ बागेश्वरी पोस्ट
युरोकपको दाबेदार जर्मनी पराजित,इङ्गल्याण्ड क्वाटरफाइनलमा

नेपालगन्ज । जर्मनी १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनबाटै बाहिरिएको छ । मंगलबार राति भएको खेलमा तीन पटकको च्याम्पियन जर्मनीलाई इङ्गल्याण्डले पराजित गरेको हो । लण्डनस्थित वेम्बली स्टेडियममा ऐतिहासिक जित हासिल गर्ने क्रममा इङ्गल्याण्ड २–० गोल अन्तरले विजयी भएको हो । 

५५ वर्षपछि पहिलो पटक जर्मनीलाई नकआउट चरणमा हराउन सफल भएको इङ्गल्याण्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इङ्गल्याण्डलाई शुरूआती अग्रता दिलाए । 

उनको जारी युरोकपमा स्ट्रर्लिङको तेस्रो गोल हो । त्यस्तै खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इङ्गल्याण्डलाई २–० को जित दिलाए । जारी युरोमा उनको यो पहिलो गोल हो। 

जितसँगै दोस्रो पटक युरोकपको क्वार्टरफाइनलमा पुगेको हो । यसअघि इङ्गल्याण्डले जर्मनीलाई सन् १९६६ को विश्वकप फाइनलमा पराजित गरेयता नकआउटमा पहिलो पटक पराजित गरेको हो । 

 यस्तै युक्रेन  क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको राउण्ड अफ सिक्सटिनको अन्तिम खेलमा स्वीडेनलाई पराजित गर्दै युक्रेन क्वार्टरफाइनलमा पुगेको हो। 

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो  । युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे । स्वीडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटको खेलको अन्तिम मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई जिताए । 

यसअघि २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई शुरूआती अग्रता दिलाएका थिए ।  ४३ औं मिनेटमा फोर्सवर्गले गोल गर्दै स्वीडेनलाई १–१ को बराबरीमा ल्याएका थिए। 

९८ औं मिनेटमा स्वीडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका अर्टिमलाई खराब ट्याकल गरेपछि मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए ।


प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०७:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP