prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप च्याम्पियन बन्यो इटाली
युरोकप च्याम्पियन बन्यो इटाली
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार २८, २०७८ बागेश्वरी पोस्ट
युरोकप च्याम्पियन बन्यो इटाली

नेपालगन्ज । युरोकप  १६ औं संस्करणको फुटबल उपाधि इटालीले जितेको छ । गए राति भएको फाइनलमा इङ्गल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटालीले उपाधि जितेको हो ।

पहिलो पटक युरोकप फुटबलको फाइनलमा पुगेको इङ्गल्याण्ड पेनाल्टीमा ३–२ गोल अन्तरले पराजित भएको हो । इङ्गल्याण्डको लण्डनस्थित वेम्ब्ली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीले बाजी मार्यो ।

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । इङ्गल्याण्डका लागि कप्तान ह्यारि केन र ह्यारि मग्वाएरले मात्र गोल गरे । 

त्यसअघि खेलको दोस्रो मिनेटमै गोल गरेर इङ्गल्याण्डले शुरुआती अग्रता बनाएको थियो । लुक शाले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफसम्म इङ्गल्याण्डले अग्रतालाई कायमै राख्यो । वेम्ब्बलेको ६७ हजार १७३ दर्शकको चिच्याहटबीच इङ्गल्याण्ड जित नजिक पुगेको थियो । 

तर खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा गोल भएन र खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

यो उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यसअघि इटालीले सन् १९६८ मा युरोकप उपचालेको थियो । 

इङ्गल्याण्ड भने ‘लक्की’ मानिएको वेम्ब्ली स्टेडियममै पराजित हुन पुग्यो । पहिलो पटक युरोकपको फाइनलमा पुगेर घरेलु मैदानमै उपाधि जित्ने उसको सपना तुहिएको हो । 

वेम्ब्ली स्टेडियममै सन् १९६६ मा इङ्गल्याण्डले विश्वकप फुटबलको उपाधि जितेको थियो । 


प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ०७:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी–२० विश्वकप  छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
टी–२० विश्वकप छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
धारा नेपालगञ्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर
धारा नेपालगञ्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP