prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • देउवा सरकारमा मन्त्री बन्न हानथाप, यी हुन् मन्त्रीमा हुनुपर्ने २५ गुणहरू
देउवा सरकारमा मन्त्री बन्न हानथाप, यी हुन् मन्त्रीमा हुनुपर्ने २५ गुणहरू
banijya office
छापाबाट
शनिबार, साउन १६, २०७८ छापाबाट
देउवा सरकारमा मन्त्री बन्न हानथाप, यी हुन् मन्त्रीमा हुनुपर्ने २५ गुणहरू
प्रधानमन्त्री शेरबहादुर देउवा

नेपालगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पुर्‍याए पनि गठबन्धन दलमा कसलाई मन्त्री बनाउने भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।

nepalgunj 081-082

गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरहँदा देउवाका सारथीका रूपमा कस्ता मन्त्री भित्रिएलान् भन्ने कोभिडका कारण संकट निम्तिरहेको छ । यो संकटबाट मुलुकलाई पार लगाउन सरकार परम्परागतभन्दा क्रान्तिकारी र कामयाबी चरित्रको हुनुपर्ने र यसका लागि देउवालाई काबिल, दक्ष र रातदिन काम (रेडी टु वर्क)गरेर परिणाम निकाल्न सक्ने दक्ष सारथी आवश्यक पर्ने राजनीतिक विश्लेषक एवं प्रशासनविज्ञको सुझाव छ ।

देउवा नेतृत्वको सरकारले लक्ष्य र सफलता हासिल गर्न सारथिका रूपमा आउने मन्त्री इमान्दार, जनउत्तरदायी, विषय विज्ञ र शतप्रतिशत परिणाम दिन सक्षम हुनुपर्ने विज्ञको जोड छ ।

१७ मन्त्रालयको जिम्मेवारी आफैंले बहन गर्नुपर्दा सरकारको कामकारबाही प्रभावकारी हुन नसकेपछि प्रधानमन्त्री देउवा छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी अन्तिम गृहकार्यमा जुटेको उनीनिटस्थ बताउँछन् । यद्यपि उनलाई मन्त्रिपरिषद् विस्तारको सकस भने टरिसकेको छैन ।

कोभिड संकटले मुलुकको आर्थिक मात्रै नभएर सामाजिक अवस्थासमेत थला परेको छ । संकट अवस्थाबाट देश जोगाउनुपर्ने मुख्य दायित्व देउवा सरकारको काँधमा छ ।

हाल प्रधानमन्त्री, ४ मन्त्री र १ राज्यमन्त्री गरी ६ मन्त्री छन् । अब १९ मन्त्री आएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । देउवा सरकारको मुख्य चुनौती भनेकै कोभिडसँग जुधिरहेका आमनागरिकलाई समयमै खोप लगाउनु, कोभिड नियन्त्रण र व्यवस्थापन गर्नु हो । कोभिडकै कारण थिल्थिलो आर्थिक अवस्था तंग्राउनुपर्ने दायित्व छँदैछ ।

स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवाले गठबन्धन दलसँग सूची माग गरिसकेको र आफ्नै दल कांग्रेसबाट मन्त्री छनोटका लागि विभिन्न नेतासँग घनीभूत छलफल समेत थालेका छन् ।

सम्भवतः केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ । प्रधानमन्त्री र उनको संयन्त्रले मन्त्री छनोट आधार र मापदण्ड भने बनाएको छैन ।

त्यसो त यसअघिका सरकारले पनि त्यस्तो कुनै मापदण्ड र आधार बनाउने गरेका थिएनन् । विज्ञका अनुसार विकसित देशमा स्वास्थ्य, अर्थ, शिक्षा, परराष्ट्रजस्ता मन्त्रालयमा सम्बन्धित विज्ञ नै मन्त्री बनाउने मापदण्ड छ । धेरै देशमा केही महत्त्वपूर्ण मन्त्रालयमा सम्बन्धित क्षेत्रका विज्ञ नै मन्त्री बनाउने अभ्यास छ ।

प्रधानमन्त्री देउवाले ऋण गरेरै भए पनि सबै नेपालीलाई खोप लगाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । साथै, मुलुकको विकास र समृद्धिसँगै हिँडाउनुपर्ने थप चुनौती उनीसामु छ ।

प्रशासनविज्ञ शारदाप्रसाद त्रिताल कोभिड महामारीका कारण मुलुकले ठूलो संकट बेहोरिरहेको अवस्थामा संकट समाधान गर्न पनि विज्ञलाई मन्त्रीका रूपमा ल्याउनुपर्ने आवश्यकता औंल्याउँछन् ।

हाल कोभिड संकट भएकाले विशेषगरी परराष्ट्र, स्वास्थ्य र शिक्षाजस्ता मन्त्रालयमा मन्त्री बनाउँदा विशेष ध्यान दिनुपर्ने त्रितालको सुझाव छ । ‘बाह्य देशबाट भ्याक्सिन ल्याउन सक्ने परराष्ट्र र कूटनीतिक क्षेत्र राम्ररी बुझेकालाई परराष्ट्रमन्त्री बनाउनुपर्छ,’ त्रितालले शुक्रवार भने, ‘स्वास्थ्य क्षेत्र राम्ररी बुझेको इमान्दार व्यक्ति नै स्वास्थ्यमन्त्री बनाइनुपर्छ ।’

नयाँ मन्त्री सुशासन ऐन २०६४ अनुसार चल्न सक्ने, समग्रतामा गतिवान्, जनप्रिय कार्यक्रम ल्याउनसक्ने तथा नीति बजेट परिणाममुखी बनाउन सक्ने गुणयुक्त हुनुपर्ने सुझाव विज्ञको छ ।

कोभिड–१९ द्वारा सिर्जित संकट समाधान, नवीनत्तम योजना तथा कार्यक्रम बनाउन सक्ने भिजेनरी मन्त्री बनाउनुपर्ने आवश्यकता राजनीतिक तथा प्रशासन विज्ञले औंल्याएका छन् ।

निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्न सक्ने, उच्चस्तरको नैतिकता र आचरण प्रदर्शन गरिरहेका तथा जनताका समस्या आफ्नै ठानेर आत्मसात् गर्न सक्ने मन्त्री चुन्न सुझाइएको छ । जनताका घरदैलो र छहारीमै बस्न रुचाउने सादा जीवन उच्च विचारका कर्तव्यनिष्ट व्यक्तिलाई मन्त्रीका रूपमा ल्याउन सकिए सरकार छोटो समयमै सफल हुने त्रिताल विश्लेषण गर्छन् ।

देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्ति प्रकरणमा भने आलोचना खेपेका छन् । आफूलाई सहयोग गर्दै आएको गठबन्धन दलका नेतासँग समेत स्वास्थ्य राज्यमन्त्री नियुक्ति गर्दा गल्ती गरेको भन्दै उनले आगामी दिन त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाइसकेका छन् । उनको सोही प्रतिबद्धता विश्वास गर्ने हो भने आगामी दिनका मन्त्री स्वस्च्छ छविका र कुनै विवादमा नपरेका हुन सक्ने आशा गर्न सकिन्छ ।

देउवा सरकारले नै आवधिक निर्वाचन गराउने सम्भावना अत्यधिक रहेकाले धेरै सांसद पुनः निर्वाचन जित्न मन्त्रीका रूपमा जाँदा सहज हुने भएकाले दौडमा छन् । त्यसैले पनि गठबन्धन दलका नेतालाई मन्त्री छान्न हम्मे परेको हो ।

क्षमता र योग्यताभन्दा निकटकालाई मन्त्री बनाउन उच्चनेता स्वयं अस्वाभाविक ‘लबिङ’मा रहेको स्रोतको दाबी छ । यसै कारण पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

स्रोतका अनुसार मन्त्री बन्ने होडबाजीमा रहेकाले आफूलाई मन्त्री पदमा पुर्‍याउन विभिन्न ‘अस्त्र’ प्रयोग गरिरहेका छन् । यद्यपि सरकारलाई सफल वा असफल बनाउने महत्त्वपूर्ण जिम्मेवारीमा रहने मन्त्रीका गुण, योग्यता र दक्षताबारे सत्तारूढ दलभित्र खासै बहस र समीक्षा नहुँदा नागरिकस्तरमा केही निराशा छाउन पुगेको देखिएको छ ।

मन्त्री बन्न २५ गुण
१. योग्यमध्ये असल र उत्कृष्ट क्षमताका ‘भिजन’ दिन सक्ने
२. पार्टी कमिटीमा इमान्दारीतापूर्वक योगदान पुर्‍याएको
३. बहुदलीय व्यवस्थामार्फत समाजवादमा पुग्ने स्पष्ट दृष्टिकोण भएको
४. कोभिड व्यवस्थापनमा समेत स्पष्ट योजना बुन्न सक्ने
५. विगतमा सार्वजनिक जिम्मेवारीमा रहँदा उत्कृष्ट कार्य गरेको
६. व्यापारिक हित वा स्वार्थ समूहसँग साँठगाँठ नभएको
७. समष्टिगत राष्ट्रिय हित केन्द्रविन्दुमा राख्न सक्ने
८. मन्त्रालयको नीति बनाउन र कार्यान्वयनमा दक्ष
९. सधैं जनताकै निकट रही काम गरिरहेको
१०. निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको
११. उच्चस्तरको नैतिकता र आचरणमा रहेको
१२. सम्पति विवरण वर्षैपिच्छे सार्वजनिक गर्न सक्ने हिम्मतिला
१३. राजनीति–प्रशासन सीमा र अन्तरसम्बध प्रस्ट बुझ्न सक्ने
१४. राज्य कोषमा खराब दृष्टि नलगाउने र अथाह सुविधा नखोज्ने
१५.मन्त्री भएपछि तडकभडक नअपनाई सादा जीवनशैली अपनाउने
१६. उच्च निर्णय क्षमता र सूचना प्रविधिबारे जानकार
१७. सम्बन्धित विषयमा स्पष्ट र वस्तुगत किसिमले प्रस्तुति दिन सक्ने
१८. अन्य मन्त्रालयको काममा समेत सहजीकरण, समन्वय र सहकार्य गर्न सक्ने
१९. कर्मचारी परिचालन गर्न सक्ने खुबी र ल्याकत भएको
२०. भ्रष्टचारको जालो बुझेर तोड्न र माफियालाई तिरस्कार गर्न सक्ने
२१. काबिल, रातदिन काम गरेर परिणाम दिनसक्ने (रेडी टु वर्क)
२२. जोखिम र चुनौती सहजै मोल्न सक्ने, जनप्रिय कार्यक्रम ल्याउन सक्ने
२३. काममा लचिलो, सरल व्यवहार र नतिजामा प्रतिबद्ध
२४. भ्रष्टाचारमा शून्य सहनशीलता नीति मनैदेखि आत्मसात् गर्न सक्ने
२५. राष्ट्रप्रतिको समर्पण, राष्ट्रियताप्रतिको सम्मान र जनताप्रतिको सेवाभाव भएको

सुशासन ऐन २०६४ अनुसार मन्त्रीका जिम्मेवारी
१. सुशासन कायम गर्नु गराउनु
२. जनतालाई सेवासुविधा सहितका शासनको प्रतिफल दिलाउनु
३. सरकारको प्रशासनिक कार्य छिटोछरितो सञ्चालन गराउनु
४. संविधान तथा प्रचलित कानुनमा उल्लेखित जिम्मेवारी पूरा गर्नु
५. मन्त्रालयका नीतिगतलगायत सबै कार्य समयमै सम्पन्न गराउनु
६. कर्मचारीतन्त्रको सशक्त परिचालन गर्नु
राजधानी दैनिकमा खबर छ ।


प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  ०७:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP